काठमाडौं, २० साउन । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई पुनः गम्भीर ध्यानाकर्षण गराउँदै विशेष निर्देशन दिएका छन् ।
सोमबारको प्रतिनिधिसभा बैठकमा सभामुखले यस्तो निर्देशन दिएका हुन् । सभामुख महराले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारको प्रतिबद्धता कायमै रहे तापनि पुनः गम्भीर ध्यानाकर्षण गराएको बताएका छन् ।
मधेश–थरुहट आन्दोलनका क्रममा घटेका घटनाहरुको छानबिनका लागि सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको संयोजकत्वमा गठित आयोगको प्रतिवेदन सार्वजनिकका लागि राष्ट्रिय जनता पार्टी नेपालले पटक–पटक आवाज उठाउँदै आएको छ ।
सभामुखको बारम्बारको रुलिङ्गलाई अहिलेसम्म सरकारले बेवास्ता गर्दै आएको आरोप राजपाका सांसदहरुले लगाएका छन् ।
तपाईको प्रतिक्रिया