वीरगन्ज, ६ माघ । वीरगंज महानगरपालिकाको वडा नं. १० बजरंगटोलमा जनमत पार्टी पर्साको कार्यालय संचालनमा आएको छ ।
पार्टीको कामकाज गर्न र सम्पर्क कार्यालयको रुपमा वीरगंज आदर्शनगरस्थित बजरंगटोलमा पार्टी कार्यालय संचालनमा आएको जनमत पार्टी पर्साका इन्चार्ज सरोज चौरसियाले बताए ।
यसैबीच जनमत पार्टी पर्साका पदाधिकारी बैठक पनि सम्पन्न भएको छ । पार्टी कार्यालयमै बसेको बैठकमा विभिन्न स्थानीय तहमा जनपरिचालन समिति गठन गर्न सम्बन्धमा छलफल भएको थियो ।
पर्सा इन्चार्ज चौरसियाको अध्यक्षता र केन्द्रिय सदस्य संजय साहको विशेष उपस्थितमा बसेको बैठकमा महिला नेतृ अनिता रौनियार, सबु खातुन, पर्सा संयोजक श्याम शंकर चौरसिया लगायतको उपस्थिती रहेको थियो ।
तपाईको प्रतिक्रिया