समाजवादी युवा संघले संघर्ष गर्ने चेतावनी

राजनीति

9/19/2019

दिलिप कुमार यादव, कपिलवस्तु, २ असोज । समाजवादी पार्टी निकट समाजवादी युवा संघले महंगी र भ्रष्टाचार नियन्त्रण गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमार्फत प्रधानमन्त्रीलाई बढ्दो भ्रष्टाचार, महंगी, बेतिथि र विभिन्न स्वदेशी तथा विदेशी कम्पनीहरुले सरकारलाई तिर्नुपर्ने कर लगायतको विषयमा ध्यानाकर्षण गराएको हो ।

संघका केन्द्रीय सदस्य नवाब शाहको नेतृत्वमा गएको नेता कार्यकर्ताहरुको टोलीले प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर क्षेष्ठ मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ