काठमाडौं, २८ साउन । उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी पार्टी नेपालका सप्तरी निर्वाचन क्षेत्र १ बाट प्रतिनिधिसभामा निर्वाचित सूर्यनारायण यादवले राजीनामा दिएका छन् ।
स्वास्थ्य समस्याका कारण राजीनामा दिएको सांसद यादवले बताएका छन् । उनले अब आराम गर्नुपर्ने आवश्यकता रहेकाले राजीनामा दिएको उनी बताउँछन् ।
डाइबिटिज र स्ट्रेस बढिरहेकोले आराम गर्नका लागि राजीनामा दिएको बताएका छन् ।
यादवको राजीनामापछि सप्तरीको निर्वाचन क्षेत्र नं. १ रिक्त हुने भएको छ । आगामी मंसिरमा हुने उपनिर्वाचनमार्फत् सप्तरी १ का जनताले अर्को प्रतिनिधि चुन्न पाउनेछन् ।
तपाईको प्रतिक्रिया