जनकपुरधाम, ३ जेठ । तत्कालीन संघीय समाजवादी फोरम नेपालको मधेश प्रदेश समितिको प्रदेश अधिवेशनबाट निर्वाचित सदस्यहरुको सपथ ग्रहण सम्पन्न भएको छ ।
समाजवादी पार्टी नेपालको व्यानर मुनी नवनिर्वाचित प्रदेश समितिका सदस्यहरुले शुक्रबार शथप ग्रहण गरेका हुन् ।
समाजवादी पार्टीका केन्द्रीय उपाध्यक्ष एवम् प्रदेश नं. २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीको प्रमुख आतिथ्यमा नवनिर्वाचित अध्यक्ष विजय कुमार यादवले सदस्यहरुलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् ।
शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि राउतले प्रदेशमा पार्टी संगठन सुदृढिकरणको जिम्मा नवनिर्वाचत समितिमा आएको उल्लेख गर्दै पार्टीलाई एक ढिक्का बनाएर अघि बढ्न सुझाव दिएका हुन् ।
शपथ ग्रहण समारोहमा केन्द्रीय सदस्य शैलेन्द्र प्रसाद साह, योगेन्द्र राय यादव, कौशल कुमार यादव लगायतको उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया