काठमाडौं, ८ मंसिर । सत्तारूढ समाजवादी पार्टीले सरकार र सत्तारुढ दल नेकपासँग वार्ता गर्ने भएको छ ।
मन्त्रिपरिषद् पुनगर्ठनप्रति असहमति जनाउँदै सरकारसँग वार्ता गरिने एक नेता बताएका छन् ।
उपप्रधान तथा स्वास्थ्यमन्त्री रहेका बेला समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव भारत भ्रमणमा थिए ।
उनी भारत भ्रमणमा रहेकै बेला सरकारले उनको मन्त्रालय हेरफेर गरेको र आफ्ना राज्यमन्त्रीलाई समेत प्रधानमन्त्रीले हटाइदिएको छ ।
यादव नेपाल फर्किएपछि शनिबार बसेको समाजवादी पार्टीको बैठकले असहमति जनाउँदै सरकारसँग वार्ताको तयारी गरेको छ ।
सो बैठकमा सरकारबाट बाहिरिनेबारे कुनै निर्णय नभएको स्रोतले बताएको छ ।
सरकारसँग वार्ता गर्ने जिम्मा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोक राई र राजेन्द्र श्रेष्ठलाई दिइएको हो ।
तपाईको प्रतिक्रिया