सीमा विवाद समाधानका लागि सरकारले पहल गर्न सकेन : देउवा

राजनीति

11/17/2019

कञ्चनपुर, ३० कार्तिक । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सीमा विवाद समाधानका लागि प्रधानमन्त्रीले पहल गर्न नसकेको बताएका छन् ।

उनले कूटनीतिक र वार्ताको माध्यमद्वारा सीमा विवाद समाधान गनुपर्ने बताएका हुन् । उनले सरकाले राष्ट्रवादको नारा दिएपनि त्योअनुसार काम गर्न नसकेको आरोप लगाए ।

नेपाल प्रेस युनियन कञ्चनपुरले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले सीमा विवाद समाधानका लागि सरकारले पहल गर्न नसकेको आरोप लगाए ।

पत्रकार सम्मेलनमा देउवाले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूमि भएको बताए ।

महाकाली सन्धिअनुसार महाकाली नदीको पानी आधा भारत र आधा नेपालको भएको उनको भनाइ थियो । भारतले महाकाली सन्धि कार्यान्वयन गर्नुपर्ने उनले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ