सीमा समस्या समाधानका लागि आवश्यक तहमा वार्ता गर्न निर्देशन

राजनीति

12/13/2019

काठमाडौं, २७ मंसिर । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सीमा समस्या समाधानका लागि भारत सरकारसँग आवश्यक तहमा वार्ता गर्न सरकारलाई निर्देशन दिएको छ ।

बैठकले सीमा समस्या समाधान गर्न गृह मन्त्रालय, भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, परराष्ट्र मन्त्रालयसहित अन्य आवस्यक मन्त्रालय र निकायहरुको संयुक्त समन्वयकारी संयन्त्र गठन गर्न सुझाएको छ ।

संयन्त्रमार्फत एकिकृतरुपमा प्रभावकारी काम गर्न सरकारलाई बैठले सुझाएको छ ।

त्यस्तै नेपाली भूमीको रक्षा तथा नेपाली नागरिकको सुरक्षा गर्न दार्चुलाको कालापानी, क्षेत्रमा बसोबास गरिरहेका नेपालीहरुलाई सहज रुपमा आवतजावत गर्न बाटो र अन्य सेवा सुविधा उपयुक्त व्यवस्था गर्न बैठकले भनेको छ ।

समितिले सरकारलाई दिएको ५ बुँदे निर्देशन र सुझावमा भारत सरकारसंग राजनीतिक र कुटनीतिक तहमा अविलम्व बार्ता गरी समस्याको समाधान गर्नसमेत निर्देशन दिइएको समाचार कान्तिपुर डटकममा समाचार प्रकाशित भएको छ ।

सरकारले सिमा समस्या समाधान गर्न चासो नदिएको भन्दै सत्तारुढ दलका सांसदहरुले नै बैठकमा सरकारको आलोचना गरेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ