काठमाडौं, १९ मंसिर । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीले लिम्पियाधुरा, लिपुलेक र कालापानीबारे सरकारले अहिलेसम्म पनि कुटनीतिक पहलका लागि गम्भीर्यता नदेखाएको आरोप लगाएका छन् ।
रिपोर्टर्स क्लब नेपालमा बिहीबार आयोजित कार्यक्रममा उनले सरकारले कुटनीतिक पहलमार्फत सीमा विवादको समाधान गर्नुपर्ने बताए ।
उनले भने, ‘तर, सरकारले अहिलेसम्म कुटनीतिक पहल चाल्नको लागि कुनै गाम्भिर्यता देखाएन् । यो अवधिमा अहिलेसम्म एउटा पत्रमात्रै पठाएको छ । जनतालाई जानकारी दिनुपर्छ । यो विषयमा संसदलाई पनि थाहा दिनुपर्छ ।’
यसैगरी, उनले सभामुखमा आफ्नो पार्टीको प्रमुख दाबी रहेको सुनाए । उनले भने,‘हामी अपोजिशन पार्टी हौं, सभामुखमा हाम्रो दाबी छ ।’
तपाईको प्रतिक्रिया