रौतहट, ४ जेठ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजय कुमार चौरसियाले सरकार दुई तिहाईको दम्भ देखाउँदै मिडिया र मानवअधिकारलाई नियन्त्रण गर्ने प्रयास गरेको भन्दै आपत्ति जनाए ।
कांग्रेस नगर कार्य समिति फतुवा विजयपुर रौतहटको आयोजनामा आयोजित राष्ट्रिय जागरण अभियानलाई सम्बोधन गर्दै नेता चौरसियाले सरकारले प्रस्तुत गरेको मिडिया विधेयक कुनै पनि हालतमा कांग्रेसलाई स्विकार्य नहुने बताए ।
नेपाली सेनालाई प्रधानमन्त्रीको अधिनममा ल्यान लागेको विधेयक, मानवअधिकारको रक्षाको खातिर र देशबाट भ्रष्टाचार समाप्त पार्नका लागि नेपाली काँग्रेसले देशव्यापी जागरण अभियान गर्न लागेकोमा नेता चौरसियाले जोड दिए ।
नगरसभापति बाबुराम अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा नेका रौतहटका सभापति कृष्ण प्रसाद यादव, संविधानसभा सदस्य सुनिल कुमार यादव, त्यसैगरी हृदयनारायण यादव, राम श्रेष्ठ, रामअयोध्या राय, रामभरोशी यादव, गोपाल यादव लगायतकाले आ–आफ्ना बिचार राखेका थिए ।
सो अवसरमा नेकाका नेताहरु नेविसंघ पर्साका नेता सरोज चौरसिया अन्नत कोईराला, रामनारायण यादव, कुमार चौलागाई, रुपेस पटेल, नितेस गुप्ता, श्याम चौलागाई लगायतको सहभागीता रहेको थियो ।
तपाईको प्रतिक्रिया