संसदमा कांग्रेसले देखाएको व्यवहार अमर्यादित : प्रधानमन्त्री ओली

राजनीति

6/19/2019

काठमाडौं, ४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा मंगलबार आफूलाई बोल्न रोकेर प्रमुख विपक्षी कांग्रेसले अमर्यादित चरित्र देखाएको बताएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मंगलबार पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले संघीयताविरुद्ध अलोकतान्त्रिक शक्तिहरुको मोर्चाबन्दीप्रति खेद व्यक्त गरेका छन् ।

“संसदमा कांग्रेसले अमर्यादित कृयाकलाप देखाएको छ । यसले संकेत गर्न खोजेको विषय गम्भीर हो” प्रधानमन्त्री ओलीले भने, “लोकतन्त्र, गणतन्त्र र संघीयताका विरुद्ध अलोकतान्त्रिक शक्तिहरुको मोर्चाबन्दी भएको छ । यसमा घोर दक्षिणपन्थीदेखि अति वामपन्थीहरुसम्म एकजुट भएका छन् ।”

लोकतान्त्रिक शक्तिले आफूबाहेक अरु पनि सत्तामा आए भने स्वीकार्नुपर्ने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यत्रो बलिदानबाट प्राप्त गरेको उपलब्धीको रक्षा गर्नु सबैको दायित्व भएको बताए । जनपक्षीय शक्तिहरुलाई देखिनसहने कारणले १७ साल आएको प्रधानमन्त्रीले स्मरण गराए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ