राकेश यादव, रौतहट । जनता समाजबादी पार्टी नेपालका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार योगेन्द्र राय यादवले चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन् ।

लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए आइसिसी) का पूर्व अध्यक्ष कुल आचार्यले एनआरएन नागरिकताको कार्यान्वयन तथा एनआरएन कार्ड वितरण प्रक्रिया सहज बनाउन माग गर्दै प्रधानमन्त्री सुशीला कार्कीलाई एक ज्ञापन पत्र पठाएका छन्।

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशलाई जेनजी आन्दोलनको हत्यारा, दमनकारी, भ्रष्टाचारी र हाईज्याकरहरुबाट बचाउनको लागि देशभक्त र राष्ट्रवादी शक्तिहरुबीच एकताको खाँचो औंल्याएका छन् ।

काठमाडौं । भारतीय राजदूतावास काठमाडौंले ७८औँ भारतीय सेना दिवस मनाएको छ ।

राकेश यादव, रौतहट । जिल्लाको राजदेवी नगरपालिका वडा नम्बर ०१ पथरा स्कुल नजिक गौर पिपरा सडकखण्डमा शुक्रबार सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

सर्लाही । मधेश र मधेशवादप्रति समर्पित क्रान्तिकारी छविका युवा अभियन्ता एवं नेता सुनिल प्रसाद गुप्ता सर्लाहीवालाले जनमत पार्टीको तर्फबाट आसन्न प्रतिनिधिसभा सदस्यका लागि सर्लाही निर्वाचन क्षेत्र नं. ३ बाट उम्मेद्वारी दिएका छन् ।

नेपालगन्ज । जैविक चौतारीको माध्यमबाट संरक्षणको सवाल, चुनौती तथा अवसर सम्बन्धी छलफल तथा संवाद कार्यक्रम सम्पन्न भएको छ ।

सप्तरी । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सप्तरीको प्रसिद्ध धार्मिकस्थल डाक्नेश्वरी मन्दिरमा पूजाआजा गरी आफ्नो चुनावी अभियानको शुभारम्भ गरेका छन्।

इमरान खान, कपिलवस्तु र साजन सप्लायर्सका प्रमुख विश्व शाह (सजहर पाखिया) को आयोजनामा जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता तथा बुद्धभूमि नगरस्तरीय अन्डर–१७ ब्याडमिन्टन प्रतियोगिता बुद्धभूमि नगरपालिका वडा नं. ८ हरिहरपुरमा सुरु भएको छ ।

महोत्तरी । संघीय गणतान्त्रिक गठबन्धनका संयुक्त उम्मेदवार पूर्वगृह राज्यमन्त्री तथा नेपाल संघीय समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष मो. रिजवान अन्सारीले महोत्तरी जिल्लाको क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा निर्वाचनका लागि चुनावी प्रचार–प्रसार अभियानलाई तीव्ररूपमा अघि बढाएका छन् ।

कैलाली । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेमबहादुर आलेले कैलालीको धनगढी उपमहानगरपालिका–३ मा रहेको फाप्ला खेल मैदानलाई अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला र खेलग्रामका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

इमरान खान, कपिलवस्तु । जिल्लाको सदरमुकाम तौलिहवास्थित कपिलवस्तु नगरपालिका वडा नम्बर ३ आँखा अस्पताल टोलमा दिपेन्द्र श्रीवास्तवको घरबाट बुधबार राति लाखौंको चोरी भएको छ ।

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि भारतीय दूतावासका नियोग उपप्रमुख तथा निमित्त राजदूत डा. राकेश पाण्डेले शिष्टाचार भेट गरेका छन् ।

राकेश यादव, रौतहट । फाल्गुन २१ मा हुने प्रतिनिधि सभाको निर्वाचनको लागि मनोयन पत्र दर्ताको कार्य सम्पन्न भएको छ । पहिलो हुने निर्वाचित हुने निर्वाचनको लागि देशभरिको १६५ निर्वाचन क्षेत्रमा मनोयन पत्र दर्ता भएको छ ।

नेपालगञ्ज । युवा गैर सरकारी संस्था महासंघ बाँके शाखाले नेपालगञ्मा जेनजी युवाहरु र सरोकारवालाहरु बिच संवाद कार्यक्रम सम्पन्न गरेका छ ।

काठमाडौं । भारत सरकारले नेपालमा निर्वाचनसम्बन्धी सहायताको पहिलो किस्ता प्रदान गरेको छ ।

रौतहट । संविधानसभाका सदस्य एवं जनता समाजवादी पार्टी नेपाल (जसपा) का नेता आत्माराम साहले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

काठमाडौं । आम जनता पार्टी (आजपा)ले काठमाडौं उपत्यकाको १५ वटै निर्वाचन क्षेत्रको उम्मेदवार टुंगो लगाएको छ ।

काठमाडौं । आम जनता पार्टी (आजपा)संग पार्टी एकीकरणका साथै पार्टी प्रवेश गर्ने लहर चलेको छ । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन मिति नजिकिदै जाँदा पार्टी एकीकरण र पार्टी प्रवेश दिनदिनै भइरहेको छ ।

काठमाडौं । आम जनता पार्टी (आजपा) ले भक्तपुर निर्वाचन क्षेत्र नं. २ बाट देवकुमारी साहलाई उम्मेदवार बनाएको छ ।

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवं पूर्व श्रममन्त्री रामेश्वर राय यादवसहित सर्लाहीका दर्जनौं नेता कार्यकर्ता जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।

बारा । हिन्दू राष्ट्रको पुनःस्थापना, राष्ट्रिय स्वाभिमान र सुदृढ राष्ट्रिय एकताको मूल एजेन्डासहित राष्ट्रिय एकता दल बारा–४ को क्षेत्रीय सम्मेलन भव्य रूपमा सम्पन्न भएको छ।

काठमाडौं । सांसद प्रत्यासी, समाजसेवी एवं विभिन्न क्षेत्रमा कार्यरत व्यक्तित्वहरु आम जनता पार्टी (आजपा) मा प्रवेश गरेका छन् ।

कतार । मधेशी एकता समाज कतारको आयोजनामा अंग्रेजी नयाँ वर्ष २०२६ तथा माघे संक्रान्ति पर्वको अवसरमा स्वागत–सम्मान तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

‎काठमाडौं । समाजवादी विद्यार्थी युनियन, नेपालले २०६२/६३ को ऐतिहासिक मधेश जनविद्रोह तथा जनआन्दोलनका प्रथम महान वीर शहीद रमेशकुमार महतोको बलिदानी दिवस विविध कार्यक्रमसहित मनाउने भएको छ ।

ट्रेन्डिङ