प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार राति नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा भारतको पाहुना बनेर आराम गरिरहेका बेला यता पुल्चोकस्थित गृहमन्त्रीको क्वार्टरमा प्रधानमन्त्रीविरुद्ध माओवादी मन्त्रीहरुको गोप्य बैठक बस्यो ।
कलाकार मदनकृष्ण श्रेष्ठलाई पत्नीशोक परेको छ । उनकी पत्नी ६७ वर्षीया यशोदा श्रेष्ठको सोमबार राति पौने ११ बजे निधन भएको हो ।
मन्त्रिपरिषद्को आजको बैठकले यही चैत १५ गते दिउँसो ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्मा सम्बोधन गर्ने कार्यक्रम तय गरेको छ ।
दाउद इब्राहिम नेतृत्वको आतंककारी समूह डी–कम्पनी अन्य थुप्रै क्षेत्रहरुमा फैलिएको र शक्तिशाली अन्तरदेशीय आतंकवादी तथा अपराधिक संगठनका रुपमा विकास भएको अमेरिकी विधायकहरु समक्ष बताइएको छ ।
सरकारले निःशुल्क उपलब्ध गरेको औषधिलाई मनोमानी ढंगले शुल्क लिने स्वास्थ्य चौकीका कर्मचारीलाई रामप्रसाद राई गाउँपालिका वडा नं ५ मानेभञ्जाङ कार्यालयले गाउँपालिकामा कारबाहीको माग गरेको छ।
राजधानी काठमाडौंसँग कर्णाली प्रदेशको राजधानी सुर्खेत अबको दुई हप्ताभित्र सिधा हवाई उडानमार्फत जोडिने पक्का भएको छ ।
सातवटै प्रदेशका मुख्यमन्त्रीहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशका समस्याहरु समाधान गर्दै अगाडि बढ्न निर्देशन दिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको राम्रो विकास, उन्नति र समृद्धिका लागि प्रदेश सरकारबीच प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् ।
नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक तथा प्रदेश नं ७ का प्रहरी प्रमुख माधवप्रसाद नेपालले रेशम चौधरीको नेतृत्वमा टिकापुरमा नरसंहार भएको र उनी अपराधी भएको बताएका छन् ।
सोमबार गृह मन्त्रालयले विज्ञप्ति जारी गरी मन्त्रालयले सरकारी गाडी दुरुपयोगको धेरै गुनासो आएको भन्दै अनुमति नलिइ विदाको दिन गाडी नचलाउन आग्रह गरेको छ ।
कर्मचारीमाथि दोहोरो निर्देशन आएको छ । एकै दिन प्रधानमन्त्री केपी ओली र पूर्वप्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाको छुट्टाछुट्टै निर्देशन आएको छ ।
पेस्तोल र गोलीसहित पक्राउ परेको भन्दै प्रहरीले काँग्रेस नेता गणेश लामालाई फसाइएपछि रिहाइको माग गर्दै मसाल जुलुस निकालिएको छ ।
उपराष्ट्रपतिका लागि आज भएको मनोनयनमा नन्दबहादुर पुनको मात्रै उम्मेदवारी परेपछि उहाँ दोस्रो कार्याकालका लागि निर्विरोध उपराष्ट्रपति बन्नुभएको हो ।
लामो समयदेखि विवाद भइ रोकिएको नलगाड हाइड्रो पावर कम्पनीले पीडित परिवारलाई अब मुआब्जा दिने भएको छ ।
सोमबार नेपालमा यू.एस.–बङ्लाको विमान अवतरणको क्रममा दुर्घटना भयो । उक्त विमान दुर्घटनामा २२ नेपालीसहित ४९ जनाको ज्यान गयो ।
एस बंगला एयरलाइन्सको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना हुँदा ४९ जनाको मृत्यु भएको छ ।