एसिड पीडित चेलीको मनोव्यथा ‘एसिड कथा’ सार्वजनिक

कला/संस्कृति

2/9/2021

काठमाडौं, २७ माघ । समाजमा महिला हिंसाका श्रृंखलाबद्ध घटना घटिरहेको अवस्थामा गायक बसन्त अर्यालले एसिड पीडित चेलीको मनोव्यथा बोलेको निकै मार्मिक गीत “एसिड कथा” बजारमा ल्याएका छन् ।

धिरज विक्रम सिंहको संगीत संयोजन रहेका गीतमा लय र शब्द बसन्त अर्याल स्वयंको रहेको छ ।

महिला हिंसाले समाजमा जरा गाढेको अवस्थामा यो गीतले हिंसाका विरुद्ध आवाज उठाएको छ ।

एसिड पीडित महिलाले भोग्नुपरेको पीडा र मनोभावलाई निकै मार्मिक ढंगले प्रस्तुत गरेका छन् बसन्त अर्यालले ।

समाजमा यसका विरुद्ध एक हुनुपर्ने र महिला स्वतन्त्रताका लागि आवाज उठाउनुपर्ने मूल विषय उठान गरिएको छ ।

आमा, चट्टपियारी लगायत गीतहरु बजारमा ल्याइसकेका गायक बसन्त अर्यालको यस एसिड कथा नामक गीतले सामाजिक उत्थानको विषय गहन ढंगले उठाएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ