सर्लाही, २० जेठ । सर्लाहीको बलरा नगरपालिकामा मलेरियाका थप ४ जना बिरामी भेटिएका छन् । गाउँमा स्वास्थ्यकर्मी खटाएर रगत परीक्षण गर्दा थप ४ जना बिरामी थपिएका जिल्ला स्वास्थ्य कार्यालय मलंगवाले जनाएको छ ।

2/25/2020

काठमाडौं, १३ फागुन । अर्थोपेडिक अस्पताल शाल्बीले नेपालमा पनि आफ्नो सेवा सुरू गर्ने भएको छ । भारतको अहमदाबादमा रहेको उक्त अस्पतालले यहाँका विभिन्न अस्पतालसँग सहकार्य गरेर सेवा सुरु गर्न लागेको जानकारी दिएको छ ।

2/11/2020

जनकपुरधाम, २९ माघ । प्रदेशको स्वास्थ्य नीति बनाउन सरकारले गठन गरेको कार्यदलले आफनो मस्यौदा सरकारलाई हस्तान्तरण गरेको छ ।

1/20/2020

वीरगंज, ६ माघ । एल.एस.न्यूरो एण्ड जेनरल हस्पिटल प्रा.लि. वीरगंजद्वारा एक महिनाभित्र ब्रेन टीयूमर, ब्रेन हेमरेज, डीपरेस फैक्चर, क्रोनिक सबडीयूरल हेमाटोमा, टाउकोमा पानी जमेको १२ वटा बिरामीको सफल उपचार गरेको छ ।

1/15/2020

जेनेभा, १ माघ । विश्व स्वास्थ्य संगठनले चीनको वुहान सहरमा देखिएको नयाँ प्रकारको कोरोनाभाइरस त्यहाँ महामारीको रुपमा फैलिएको हुनसक्ने आशंका गरेको छ । कोरोनाभाइरस यस्तो प्रकारको भाइरस हो जसले सामान्य रुघाखोकीदेखि सार्स जस्तो जटिल संक्रमण हुनसक्दछ ।

12/2/2019

पर्सा, १६ मंसिर । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय पर्साको परिसरभित्र प्रभु हस्पिटल र माट्रिका आई फाउण्डेशनको सहयोगमा संचालित प्राथमिक उपचार कक्षको सोमबार बिहान उद्घाटन भएको छ ।

8/2/2019

रौतहट, १७ साउन । महेन्द्र नारायण निधि मेमोरियल अस्पताल बसुन्धरा काठमाडौंको आयोजनामा एक दिवसीय निःशुल्क स्वास्थ्य शिविर रौतहटको राजदेवी नगरपालिका वडा नम्बर ५ हजमिनियाँ पताहीस्थित आधारभूत विद्यालयमा बिहीबार सम्पन्न भएको छ ।

7/31/2019

इटहरी, १५ साउन । इटहरी अस्पतालमा २४ घण्टे आकस्मिक (इमरजेन्सी) सेवा सुरु भएको छ ।

7/27/2019

काठमाडौं, ११ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीको आकस्मिक तथा बहिरंग सेवा भवनको उद्घाटन गरेका छन् ।

7/2/2019

काठमाडौं, १६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मानव संसाधन प्रक्षेपण कार्यदलले प्रतिवेदन बुझाएको छ ।

7/2/2019

काठमाडौं । उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले स्वास्थ्य नीति २०७६ सार्वजनिक गरेका छन् ।

6/10/2019

कपिलवस्तु, २७ जेठ । मायादेवी गाउँपालिका वडा नं. १ पकडीमा निशुल्क आयुर्वेद सेवा कार्यक्रममा ४ सय ५ जनाले सेवा लिएका छन् ।

5/16/2019

काठमाडौं, २ जेठ । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले आगामी आर्थिक वर्षको कुल बजेट मध्येबाट दश प्रतिशत बजेट स्वास्थ्य सेवालाई विनियोजन गर्न आफूले पहल गरिरहेको बताएका छन् ।

4/9/2019

राजविराज, २५ चैत । स्वास्थ्यमा गरिने बजेट लगानी खर्च होइन भनी यसले स्वास्थ नीति र स्वास्थ योजनालाई मूल प्रवाहीकरण गरेर सहश्राब्दि दिगो लक्ष्य हासिल गर्ने गतिलाई बढाउनका लागि भएको सहभागीहरूले बताएका छन् ।

3/15/2019

भक्तपुर, ३० फागुन । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले मरणोपरान्त अङ्ग दान गर्ने घोषणा गरेका छन् ।

12/9/2018

काठमाडौं, २३ मंसिर । चिकित्सकहरुको साझा संस्थाको रुपमा २०७४ सालमा स्थापना गरिएको युनाईटेड नेशनल मेडिकल सोसाईटी अफ नेपालको बिधिवत रुपमा उद्घाटन गरिएको छ ।

12/5/2018

नेपालगञ्ज, १९ मंसिर । नेपाल नेत्रज्योति सङ्घअन्तर्गत यहाँ सञ्चालित फत्तेबाल आँखा अस्पतालले ३२ वर्षको अवधिमा दुई लाख २८ हजारभन्दा बढीको आँखाको शल्यक्रिया गरेको छ ।

11/28/2018

काठमाडौं, १२ मंसिर । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले अब सबै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने तयारी गरेको जानकारी दिएका छन् ।

11/7/2018

बनियानी, २१ कार्तिक । जिल्ला बालकल्याण समिति झापाले एकमहीने शिशु खुशी कार्कीलाई एसओएस बालग्राम इटहरी सुनसरीको जिम्मा लगाइएको छ ।

11/7/2018

बुटवल, २१ कार्तिक । मिर्गौलाको नियमित डायलाइसिस गर्दै आएका बिरामीलाई लक्षित गरी गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले पाल्पामा नै डायलाइसिस सेवा सञ्चालन गर्ने भएको छ ।

11/5/2018

चन्द्रकात खनाल, रुपन्देही, १९ कार्तिक । सामाजिक विकासमन्त्री सुदर्शन बरालले आयुर्वेदलाई अनुसन्धान र वैज्ञानिकताको प्रमाणिकरण गर्दै अघि लैजानुपर्ने बताएका छन् ।

11/4/2018

राकेश यादव, रौतहट, १७ कार्तिक । रौतहट जिल्लाको ईशनाथ नगरपालिका वड़ा नंबर २ औरैयामा १८ लाखको लगतमा निर्माण हुने प्रसूति गृहको एक कार्यक्रमबीच शिलान्यास सम्पन्न भएको छ ।

11/4/2018

बाँके, १७ कार्तिक । बाँकेको डुडुवागाँउपालिकामा पछिल्लो एक वर्षमा प्रजनन स्वास्थ्यका क्षेत्रमा उल्लेखनीय सुधार देखिएको छ ।

10/30/2018

चितवन, १३ कार्तिक । चाडपर्व शुरु भएसँगै जिल्लामा रगतको अभाव देखिएको छ । क्षेत्रीय रक्त सञ्चार केन्द्र भरतपुरका अनुसार दशैँको फूलपातीयता एक पटक मात्र रक्तदान कार्यक्रम भएको छ ।

10/29/2018

जनकपुरधाम, १२ कार्तिक । प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले गरिबीको रेखामुनी रहेको यस प्रदेशका जनताहरुको स्वास्थ्य सेवामा सहज पहुँचका लागि सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताएका छन् ।

ट्रेन्डिङ