मैले चुनावताका नै स्पष्टरुपमा भनेको थिएँ कि वीरगन्जवासीको दैनिकीसँग जोडिएका समस्याहरुलाई निदान गर्नु मेरो पहिलो प्राथमिकता छ । जसअन्तर्गत सरसफाइ, सडक, नाला, बिजुली बती, विकास निर्माण लगायतका थुप्रै कामहरु छन् ।
डा.सीके राउत अहिले नवसिखुवा राजनीतिज्ञ जस्तो व्यवहार प्रदर्शन गर्दै हुनुहुन्छ । उहाँ अहिले गठबन्धनमा पनि हुनुहुन्छ तर गठबन्धनकै निर्णय मानिरहनु भएको छैन । हरेक चीजमा उहाँ बार्गेनिङ्ग गर्दै हुनुहुन्छ । जब गठबन्धनमा उपराष्ट्रपति जसपालाई दिने निर्णय भइसकेको थियो भने कि यो पदन देउ कि यो पद देउ भन्दै बच्चाजस्तो खेल गर्दै हुनुहुन्छ ।
संसदमा मधेशको मुद्दा उठाउनु भनेको सत्ता साझेदारीमा आफ्नो सेयरका लागि मात्रै हो । मुद्दा स्थापित गर्न वा मागहरु सम्बोधन गराउनका लागि मधेश मुद्दा उठाएका छैनन् । त्यसप्रति उहाँहरुको प्रतिबद्धता पनि छैन । अधिकारविहीनहरुका लागि सडकको आवाज धेरै महत्वपूर्ण हुन्छ ।
यो मन्त्रालयमा म यदि एक–डेढ वर्षसम्म पनि बस्न पाएँ भने काठमाडौंभित्र पानीको अभाव हुने समस्यालाई दीर्घकालीनरुपमा समाधान गर्छु । यस्तै, तराई–मधेशको पानीमा आर्सेनिकयुक्त लगायतका जुन समस्याहरु छन्, त्यसलाई समाधान गर्न कम्तीमा दुई वर्ष चाहिन्छ । पहाडको भीरपाखामा पानी पु¥याउनका लागि विभिन्न योजनाहरु छन् ।
दुई तिहाइभन्दा बढी जनसंख्या भएको आदिवासी जनजाति र मधेशीको प्रतिनिधित्व यो राज्यका प्रमुख अंगहरुमा छैन । यो दुर्भाग्यपूर्ण र विभेदकारी अवस्था हो । यस्तै अवस्था रहिरह्यो भने भयावह परिस्थिति आउन सक्ने कुरा शासन सत्तामा बसेका व्यक्तिहरुले यो कुराको ख्याल गर्नु पर्दथ्यो ।
महन्थ ठाकुरको सादगीपन, व्यक्तित्व, निर्विवाद र निर्दागी व्यक्तित्व हुनुहुन्छ । उहाँप्रति आमनेपाली जनताको आशा र भरोसा पनि छ । यसमा कसैको दुईमत हुनै सक्दैन ।
प्रदेश नं. १ मा कांग्रेसले १२ सांसद पाउँदा ६ जनजाति, ३ खसआर्य, १ मधेशी, १ थारु र १ दलित गरी कलष्टर छुट्याइएको थियो । मधेशी कलष्टरमा पनि कांग्रेसले जनजातिलाई हाल्यो । प्रदेश १ मा कांग्रेसले एक जना पनि मधेशीलाई समावेश गरेको छैन ।
साझा उम्मेद्वारको रुपमा हरेक किसिमले महन्थ ठाकुरजी राष्ट्रपतिका लागि उपयुक्त पात्र हुनुहुन्छ । यो विषय थुप्रै पार्टीहरुमा उठेको हो । बारम्बार नेपाली जनताले महन्थ ठाकुरजीलाई नेतृत्वको ठाउँमा हेर्न चाहेका छन् । राष्ट्रपति भनेको गरिमामय सम्मानार्थ पद हो ।
डा.सीके राउतको जुन भिजन छ, उहाँको कुरालाई मधेशमा मात्रै होइन, पहाड र हिमालका जनताले पनि गम्भीरतापूर्वक लिने गरेका छन् । त्यसले गर्दा मधेश मात्र होइन, देशको नेतृत्व उहाँको हातमा जानुपर्छ ।
किसानका पक्षमा बोल्ने नेता संसदमा नपुगून् भनेर मेराविरुद्ध धेरै षड्यन्त्रहरु भएका छन् । धेरै षड्यन्त्रको म भुक्तभोगी पनि हुँ । मेराविरुद्ध भएका केही षड्यन्त्रहरु सप्रमाण पछि बाहिर ल्याउनेछु । अन्य किसानका समस्याहरु समाधान गर्न धेरै संघर्ष गर्नुपर्ने आवश्यकता छ ।
म सम्पूर्ण छोरी चेलीलाई भन्न चाहन्छु, आफ्नो लागि आफै हिम्मत गर्नुस् । अरुले के भन्ला भनेर कहिल्यै पनि सोच्नु हुँदैन । हामी आफ्नो उद्देश्यप्रति केन्द्रित हुँदै अगाडि बढ्नुपर्छ । समाजमा विभिन्न थरि सोच भएका मानिसहरु हुन्छ । हामी केही गर्न खोज्यौं भने खुट्टा तान्नेहरु धेरै हुन्छन् ।
हामीसँग मुद्दा मिल्ने विद्यार्थी संगठनहरुसँग चुनावी सहकार्य वा गठबन्धन गरेर जान सक्छौं । लोकतान्त्रिक विद्यार्थी संघ, विद्यार्थी जनमत संघलगायत हामीसँग मुद्दा मिल्नेहरुसँग सहकार्य गरेर चुनाव लड्छौं । अहिलेसम्म सहकार्यका लागि पहल भएको छैन । यासको पहलकदमी हामी नै गर्छौं ।
विचार र मुद्दा मिल्ने विद्यार्थी संगठनहरुबीच चुनावी मोर्चाबन्दी हुनुपर्छ भनेर मैले पहल सुरु गरिसकेको छु । जसपाको समाजवादी विद्यार्थी संघका अध्यक्ष रमेश यादवजीसँग पनि मेरो कुरा भइरहेको छ । जनमत विद्यार्थी संघका साथीसँग पनि सम्वाद थालेका छौं । हामी छलफलमा छौं ।
कुनै पनि मन्त्रालय आफैमा खराब हुँदैन । देश चलाउने एउटा टुल्स हो मन्त्रालय । हामीले पाएको खानेपानीमै राम्रो काम गर्न सक्छौं । काम गर्न चाह्यो भने जुनसुकै मन्त्रालयमा बसेर गर्न सकिन्छ । हामीले गरेका प्रतिबद्धताहरुलाई पनि पछि निरन्तरता दिन्छौं ।
मधेशका सबै दलहरु र माओवादी एक ठाउँमा आउनुपर्छ । यदि त्यो किसिमको वातावरण बन्यो भने राष्ट्रपतिका लागि महन्थ ठाकुर सबैभन्दा उत्कृष्ट उम्मेद्वार हुनुहुन्छ । यसमा कांग्रेसलाई पनि आपत्ति हुँदैन ।
चुनावका बेला पनि मैले स्वराजी साथहिरुसँग प्रतिबद्धता गरेको थिएँ कि पछि हामी पार्टी गठन गर्छौं । त्यो प्रतिबद्धता पूरा गर्नका लागि अहिले हामी नयाँ पार्टी गठनको प्रक्रियामा छौं । अब हामी क्रान्तिकारी स्वराजीहरुलाई संगठित गरेर नयाँ पार्टीको घोषणा गर्दैछौं ।
हरेक क्षेत्रमा जनताको सहभागिता र प्रत्यक्ष निगरानीमा हामी काम गर्छौं । जनताले सुशासनको वातावरण महसुस गर्न सकोस् भनेर हामीले जनता राज ल्याउन नितान्त आवश्यकता छ । त्यसका लागि हामी लागिपरेका छौं ।
हाम्रो पार्टीले मधेश प्रदेशमा पाँच वर्षसम्म नै सरकार चलायो तर एक जना पनि क्याबिनेट मिनिष्टर महिलालाई दिएको छैन । त्यो त्रुटिपूर्ण निर्णय थियो । उत्पीडित, शोषित, पीडितहरुका लागि आवाज उठाउने जसपा नै हो । आगामी दिनमा जसपाले योग्य, शिक्षित महिलालाई अवसर दिनुपर्छ ।
केही प्राविधिक कुराहरुले गर्दा हाम्रो सिट संख्यामा कमी आएको हो । नेतृत्वपक्तिले समयमै गर्नुपर्ने कामहरु गर्न नसकेकोले समस्या आएको हो । यो समस्या हामी छिट्टै समाधान गर्छौं । अहिले सरकार गठनको प्राक्रिया टुंगिएपछि हामी मधेश प्रदेशमा संगठनलाई विस्तार गर्दै सशक्त बनाउँदै जानेछौं । मधेश प्रदेशमा हामी नेतृत्वविहीन भएकोले पनि यस्तो अवस्था आयो ।
विगत केही वर्षमा एमालेलाई मधेश विरोधी भनेर भ्रमात्मक प्रचार गािरएको थियो । तर अब ती भ्रमहरु हट्दै गएको छ । एमाले कहिल्यै पनि मधेश विरोधी काम गरेको छैन । मधेशको विकास, समृद्धि र अधिकारका कुरालाई एमालेले जहिले पनि प्राथमिकतामा राख्दै आएको छ ।
जनमत पार्टी जनताको लागि काम गर्ने भएकोले प्रतिपक्षमा बसेर समस्याको समाधान हुँदैन । यदि प्रतिपक्षमै बसेर समस्याको समाधान हुन्थ्यो भने विगत १० वर्षदेखि हामी सडकमै छौं । विभिन्न चरणका आन्दोलनहरु पनि गरेका छौं । त्यसैले, जनताको समस्या समाधान गर्न हामी सरकारमा जानैपर्छ ।
वर्तमान समयमा हेर्ने हो भने रेशम चौधरीको रिहाइका लागि कांग्रेसकै सरकारले अध्यादेश ल्याएर प्रक्रिया अगाडि बढाएको छ । विगतमा रेशम चौधरी निर्दोश छन् भन्ने एमालेका नेताहरु पनि अहिले अध्यादेशको विरोध गरिरहेका छन् ।
रेशम चौधरीलाई छुटाउनु नै छ भने सरकारले सकारात्मक पहलहरु गर्नुपर्छ । त्यसकारण अदालती प्रक्रियामा गइसकेको कुरालाई अदालतबाटै यसको छिनोफानो भयो भने सबैलाई विश्वास हुन्छ । जो दोषीहरु छन्, तिनीहरुका लागि पनि यो अध्यादेश ल्याइएको हो भनेर हल्ला छन् ।