० हालै तपाइँले तराई–मधेश महिला फाउण्डेशन नेपाल गठन गनुृभएको छ, यसले के गर्छ ?
— हाम्रो समाजका महिलाहरु जो दबिएका, पिछडिएका, शिक्षा र अवसरबाट वञ्चित छन् उहाँहरुको लागि काम गर्ने यो तराई–मधेश महिला फाउण्डेशन नेपाल गठन भएको हो । म एउटा महिला भएको नाताले मैले जुन अवस्थाहरु हेरेको छु, ती पिछडिएका महिलाहरुलाई कसरी अगाडि ल्याउन सकिन्छ, बेरोजगारी कसरी अन्त्य गर्ने, शीपमूलक कसरी बनाउने, आत्मनिर्भर कसरी बनाउने कुरालाई उठान गर्नेछौं । केही पितृसत्तात्मक सोच भएका पुरुषहरुले महिलाहरुको योगदान, बलिदान, क्षमताबाट अगाडि बढेका छन्, तर ती महिलालाई नै अवहेलना गर्दै आएका छन् । महिलाको योगदान कहिल्यै पनि सम्मान नगर्ने प्रवृत्ति पनि छन् । शोषण, दमन र उत्पीडनमा परेका महिला दिदीबहिनीहरुलाई आत्मनिर्भर बनाउनका लागि हामीले यो संस्था खडा गरेका छौं । महिलामा भएका क्षमतालाई उजागर गर्न यो संस्थाले मद्दत गर्नेछ ।
० यो फाउण्डेशनले तराई–मधेशका महिलाका लागि गर्छ ?
— तराई–मधेशका महिलाहरु धेरै समस्यामा छन् । एक त बेरोजगारीका समस्या छन्, जसले पुरुषहरु विदेसिन बाध्य छन् । म महिलाका लागि दुई दशकदेख वकालत गर्दै आएको छु र बाँचुन्जेल गरिरहने छु । जो दिदीबहिनीहरु पढेलेका छैनन्, तर उहाँहरुसँग धेरै सिपहरु छन् । स्वीटर बुन्ने, चिप्स् बनाउने, विभिन्न किसिमका पकौरा (अदौरी) बनाउने लगायत थुप्रै सीप भएका दिदीबहिनहिरु छन् । उहाँहरुको सीपलाई व्यवसायसँग जोड्न सकियो भने यसले हाम्रो देशको आर्थिक अवस्थामा पनि टेवा पु¥याउँछ । पढलेखेका होस् वा नपढेका सीप बिना कोही पनि छैनन् । ती सीपहरुलाई हामीले कसरी दिनचर्यासँग जोड्ने, आर्थिक उपार्जनसँग जोड्ने भन्ने अभियानमा हामी लागेका छौं । उहाँहरुको सीपलाई हामीले सदुपयोग गर्न सक्यौं भने उहाँहरुले पनि आर्थिक आम्दानी गर्न सक्नुहुन्छ र आत्मनिर्भर बन्न सक्नुहुन्छ ।
० यसको थालनी कसरी गर्नुहुन्छ ?
— तराई–मधेशका हरेक महिला दिदीबहिनीहरुलाई आत्मनिर्भर र व्यवसायसँग जोड्ने हाम्रो अभियान हो । यसका लागि हामी प्रत्येक वडा–वडामा गएर एउटा समूह बनाउने, त्यो समूहभित्र एउटा लिडर बनाइदिने र त्यो लिडरले आवश्यकताको आधारमा उहाँहरुलाई सामानहरु उपलब्ध गराउने काम गर्नुहुन्छ । जुन समूहले जुन सामान बनाउन चाहनुहुन्छ, सोहीअनुसारको वस्तुहरु उपलब्ध गराउने । ती समूहरुले उत्पादन गरेको सामानहरुको बजार व्यवस्थापन गर्नका लागि छुट्टै एउटा समूह बनाउने । यसरी बजार व्यवस्थापन भइसकेपछि त्यासबापत आएको रकमबाट ती महिलाहरुको उचित पारिश्रमिक दिने । त्यसरी गरियो भने महिला आफ्नो काममा व्यस्त हुन्छन् र विभिन्न विकृतिहरु पनि रोकिन्छ । सरकारले मात्रै गरेर हुँदैन । देशमा आर्थिक संकटको अवस्था छ, त्यसबाट निस्किनका लागि हामी नागरिक स्वयम् पनि जागरुक हुनुपर्छ । हामीसँग भएका सीपलाई हामीले सदुपयोग मात्रै ग¥यौं भने हामी आफ्नो परिवार चलाउन र बच्चालाई पढाउन पनि सक्छौं । हामीले यस्ता कामहरु पहिलादेखि नै सप्तरी जिल्लामा गर्दै आएका पनि छौं । हिंसापीडित महिलालाई हामीले यस्ता काममा लगाएका पनि छौं । उहाँहरुको जीवनशैलीमा धेरै परिवर्तन भइसकेको छ । अब हामी बोलेर मात्रै होइन, गरेर देखाउनुपर्छ ।
० यो संस्थाले महिलाहरुलाई स्वरोजगार बनाउँछ ?
— निश्चितरुपमा हामीले जुन किसिमको योजना बनाएका छौं, त्यसबाट महिला स्वरोजगार र आत्मनिर्भर हुन्छन् । साथसाथै हामीले महिलालाई विभिन्न किसिमका चेतनामूलक तालिमहरु पनि दिन्छौं । महिला हुने विभिन्न समस्याहरुबाट कसरी बच्ने, स्वास्थ्यसम्बन्धी समस्याबाट कसरी बच्ने लगायतका कार्यहरु पनि गर्छौं । हामीले नियमितरुपमा महिलाहरुको स्वास्थ्य चेकजाँचका लागि स्वास्थ्य शिविरहरु पनि सञ्चालन गर्छौं ।
० स्वरोजगार बनाउनका लागि त ठूलै रकमको आवश्यकता पर्छ, यसको जोहो कसरी गर्नु हुन्छ ?
— अहिले मुलुकमा तीन तहको सरकार छ । जसमा सबभन्दा जनताको नजिकको सरकार भनेको स्थानीय सरकार हो । हामी स्थानीय सरकारसँग समन्वय र सहकार्य गर्छौं । हामी आफ्नो योजना लिएर उहाँहरुसँग जान्छौं र सहयोग माग्छौं । स्थानीय सरकारहरुले यस्ता स्वरोजगारमूलक कार्यहरु गरिरहेको हुन्छ । प्रत्येक वडामा हामीले यो कार्यको सुरुवात गर्ने हो । तीा वडाका प्रतिनिधिहरुकै वार्डमा हामीले कार्यक्रम सञ्चालन गर्ने हो ।
० यो कार्य गर्न कतिको चुनौती छ ?
— चुनौती त हरेक काम गर्न हुन्छ । यदि तपाइँ परिवर्तन र रुपान्तरण गर्ने बाटोमा लाग्नु हुन्छ भने निश्चितरुपमा चुनौती आउँछन् । यो मेरो लागि ठूलो चुनौती नै हो । तर मलाई चुनौतीसँग सामना गर्न बडो रमाइलो लाग्छ । मेरो सामाजिक कार्यको यो दुई दशक चुनौतीसँग नै लड्दै यहाँसम्म आइपुगेको छु । म अब चुनौतीसँग रमाउन थालें । जब मलाई कसैले विरोध गर्छ, मेरो काममा अवरोध ल्याउँछ भने मलाई लाग्छ कि अब मेरो सफल भइसक्यो । किनभने मेरो चालेको कदम राम्रो छ र पो चुनौती आयो । मैले यो कार्य गर्दा चुनौतीको रुपमा लिएको छैन, यसलाई समभावको रुपमा लिएको छु । मेरो यो समभाव नै सम्भावना बन्नेछ र भोलि सफल हुनेछ ।
तपाईको प्रतिक्रिया