देवागन्जलाई कृषिमा आत्मनिर्भर मात्र नभई देशकै नमुना पालिका बनाउने थुप्रै आधारहरु छन् । यहाँ जनजीवन कृषिमा नै आधारित छन् । यहाँ वर्षमा चार पा“च किसिमका खेती गरिन्छ । आलु, मकै, धान, गहु“ लगायतका खाद्यान्नहरु उब्जनी हुने गरेका छन् ।

किसानहरुको समस्या हाम्रो प्राथमिकतामै पर्छ । त्यसका लागि हामी पहल सुरु गरिसकेका छौं । किसानलाई सिंचाइका लागि निःशुल्क कृषि मिटर उपलब्ध गराउने र त्यसका लागि किसानले पैसा तिर्नु पर्दैन । मधेश प्रदेशको कृषिमन्त्री पनि हाम्रै पार्टीका हुनुहुन्छ ।

स्थानीय सरकारको स्वायत्त अधिकारलाई केही राज्यसत्ताका ठेकेदारहरुले खोसेका छन् । तसर्थ, सिंहदरबार गाउँ–गाउँमा जुन आधारमा भनिएको छ, त्योअनुसार हामीले पाएका छैनौं । जनताले ती स्थानीय सरकारबाट अपेक्षाकृत सेवा सुविधा पाउन संघ सरकारको नियत ठिक हुनुपर्छ । गाउँ–गाउँमा गएको सिंहदरबारलाई बलियो बनाउनुपर्छ ।

नमुना वार्ड बनाउन धेरै काम गर्नुपर्छ । बाटोघाटो, शिक्षा, स्वास्थ्य, स्थानीय वातावरण, युवालाई आफ्नै गाउँमा रोजगारी लगायतका धेरै योजनाहरु तयार पारेको छु । हाम्रो वार्ड ३ वटा वार्ड बराबर एउटै वार्ड छ । जनता पनि धेरै छन् । पहिला एउटा टोलबाट अर्को टोलसम्म जानका लागि हिलो, पानी भएर जानुपथ्र्यो ।

आधारभूत आवश्यकताहरू पूर्ति गर्ने मेरो पहिलो प्राथमिकता रहनेछ भनेको थिएँ । त्यहींअनुसार यहाँका जनताले मलाई विश्वास गरेर मतदान गरेका थिए । यसपटक पनि मैले घरदैलोमा जाँदा मतदातालाई भनेको थिएँ कि मेरो विगत पाँच वर्षको काम गराइको आधारमा मत दिनुस् । जनताले मेरो मूल्यांकन गरे र फेरि मतदान गरेर विजयी बनाएर पठाएको हो ।

सरकारले सहयोग गरे गौर नगरपालिकालाई नमुना नगरपालिका बनाउँछु । यहाँ खेलकुद मैदानको पनि कमी रहेको छ । गौरमा एउटा राइस मिल छ । जुन विवादास्पद छ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मन्त्रिपरिषद्बाट अधिग्रहणका लागि प्रक्रिया थाल्नुभएको थियो ।

हामीले सिंहदरबार गाउँ–गाउँमा होइन, जनता राज भन्ने स्थापित गराउँछौं । विगतका पाँच वर्षमा जनताले गाउँ–गाउँमा सिंह मात्रै पाए, तर दरबारको अनुभूति गर्न सकेनन् । हामीले सिंहदरबार होइन, जनताले चाहेको, खोजेको कुरा पूरा गर्न आएका हौं । हामी दरबारमा बसेर जनतामाथि राज गर्ने होइन, जनतालाई मालिक बनाउन आएका हौं ।

मैले गर्ने आधारहरू के–के छन् भने विगत ५/१० वर्षमा राजकुमार महतोले के–के काम गरेका छन् भन्ने कुरा मूल्यांकन गरेर जनताले विश्वास गर्न सक्छन् । सायद त्यहीं आधार मानेर जनताले मलाई मत दिएर जिताएका हुन् । मलाई जनताले पाँच वर्षको समय दिएका छन्, मैले पहिलो ६ महिनामा आफ्ना प्रतिबद्धताहरू पूरा गर्ने छाँटकाँट देखाउन सकिन्नँ भने मेरो राजीनामा माग्न तयार हुनु भनेर जनताको बीचमा भनेर आएको छु ।

हामीले जनकपुरधाम उपमहानगरपालिकामै आन्दोलन गर्दागर्दै कुनै सुनुवाई नभएपछि हामी संघीय राजधानी काठमाडौं आउन बाध्य भयौं । हाम्रो मुख्य केन्द्र त यही हो । हामीले यत्रो दिनसम्म मेयरलाई गुहार लगायौं, प्रदेश सरकारलाई आग्रह ग¥यौं तर कुनै सुनवाई भएन ।

कतिपय वडाध्यक्ष, उपमेयर, मेयरहरुले आफूलाई राजा ठानेका छन् । जनताले आफ्नो कामका लागि जनप्रतिनिधिसमक्ष जाँदा उहाँहरु भन्नुहुन्छ कि तपाइँले मलाई भोट नै दिनुभएको छैन अनि कसरी काम गर्ने भन्छन् । त्यस्ता मान्छेहरु सबै पालिकाहरुमा छन् । चुनाव जितेर आइसकेपछि कुनै विशेषको नेताको रुपमा मात्र काम गर्नुभएन, सबै जनताका लागि काम गर्नुपर्छ ।

7/4/2021

हामी जनप्रतिनिधिको रुपमा निर्वाचित भएर आउँदा शून्यबाट सुरु गरेका थियौं । यो हाम्रो लागि ठूलो चुनौती थियो । यो नगरपालिका ग्रामीण क्षेत्र र छिमेकी मित्रराष्ट्र भारतको सीमामा रहेको छ । विगतको चारवटा गाउँ विकास समितिलाई मिलाएर यो नगरपालिका बनाइएको हो । पहिला यहाँ लथालिङ्ग अवस्थामा थियो । आवतजावत गर्न पनि समस्याहरु थिए ।

5/28/2021

अहिलेसम्म औषधि र अक्सिजन सिलिण्डर एक हजारभन्दा बढीलाई पु¥याइसकेका छौं । अति विपन्न तथा खाना खान नपाएकाहरुका लागि विभिन्न संघसंस्थाहरुले जुन अभियान चलाइरहेका छन्, त्यसलाई महानगरले रासनहरु उपलब्ध गराउन सुरु गरेको छ । अर्को कुरा जब अस्पतालमा धेरै विरामीहरु थपिन थाले त्यसपछि हामी आफ्नै कोरोना अस्पताल र आइसोलेसन सेन्टर बनायौं । जसमा एक सय बेडको कोभिड अस्पताल र करिब १३० बेडको आइसोलेसन सेन्टर गरी २३० बेडको हामी आफ्नो व्यवस्थापनमा चलाइरहेका छौं ।

5/12/2021

कोरोना महामारी आउँदा यसको सम्पूर्ण व्यवस्थापन स्थानीय तहहरुले नै गरिरहेका छन् । अहिलेसम्म मूर्तरुपमा फिल्डमा काम गरेको स्थानीय तह नै हो । अहिले क्वारेन्टाइन वा आइसोलेसन बनाउने होइन । किनभने नेपाल सरकारको मापदण्डअनुसार होम आइसोलेशनको व्यवस्था गरिएको छ र त्यसको नियमन स्थानीय तहले गर्ने हो । अहिलेको दोस्रो लहरको कोरोना धेरै नै खतरनाक भएकोले अक्सिजनसहितको आइसोलेसन चाहिएको छ ।

11/5/2020

अहिलेको अवस्थामा निश्चितरुपमा निरहुत गाउँपालिका कोरोनारहित नै हो । अहिले हाम्रो गाउँपालिकामा एक जना पनि कोरोना संक्रमित छैन । तर, यहाँ अहिले कोरोना टेष्ट भइरहेको छैन । टेष्ट हुँदा पक्कै पनि एक दुई जना संक्रमित फेला पर्छन् नै । टेष्ट नहुँदा यहाँ कोरोना छैन जस्तो देखिएको छ ।

10/8/2020

पूर्णरुपमा राजधानी भालुवाङ लुम्बिनी प्रदेशको उपयुक्त स्थान हो । आर्थिक, सामाजिक, सांस्कृतिक हिसावले उपयुक्त छ । भालुवाङले मगरात, थारु, अवध, मधेश, मुस्लिम समुदायको समेत बसोबास भएको क्षेत्र हो ।

10/2/2020

अब लकडाउन गर्नु हुँदैन, हामी सतर्कता अपनाउनुपर्छ । अब हामीले ठोस नीति निर्देशन ल्याएर कोरोना रोकथामका लागि अगाडि बढ्नुपर्छ । अब हामीले कोरोनासँगै बाँच्न सक्नुपर्छ । किनभने अहिलेसम्म कुनै औषधि वा खोप नआइसकेकोले एक दुई वर्ष हामी सचेत भएरै बाँच्नुपर्छ ।

9/25/2020

संघीय सरकारबाट प्राप्त भएका स्वास्थ्य उपकरणहरु भीटीएमलगायत हामीले प्रदेश सरकारमार्फत् प्राप्त गरेका छौं । तर, त्यो पर्याप्त छैन । उपमहानगरपालिका आफैले पनि बजारबाट खरिद गरेर टेष्ट गरिरहेका छौं । यो महामारीका बेला संघीय सरकारबाट जेजति सहयोग प्राप्त हुनुपर्ने त्यो अझै पनि छैन ।

9/18/2020

कोरोना भाइरस (कोभिड–१९) ले विश्वलाई आतंकित बनाइसकेको अवस्थामा कर्जन्हा नगरपालिका पनि अछुतो छैन ।

9/11/2020

ठूलो जनघनत्व र क्षेत्रफलको हिसावले कोरोना नियन्त्रणमा चुनौतीहरु छन् । अहिलेसम्म हामीलाई संघीय सरकारले कुनै किसिमको सहयोग गरेको छैन । प्रदेश सरकारले सुरुमा राहतस्वरुप १५ लाख रुपैयाँ दिएको थियो । अहिले जे जति हामी गरिरहेका छौं, स्थानीयस्तरबाट नै गरिरहेका छौं । यसबाट हामी विचलित भएका छैनौं ।

9/6/2020

जबसम्म यसको भ्याक्सिन आउँदैन तबसम्म यो महामारी नियन्त्रण हुनेवाला पनि छैन । तर अब जनजीवन पनि सहज हुनुपर्छ । अहिले सबै क्षेत्र बन्द भएर भोकमरीको अवस्थामा पुग्ने परिस्थिति बन्दैछ । संक्रमणको जोखिम छँदैछ । त्यसैले अब हामी कोरोना सँगसँगै जिउनुपर्छ ।

8/30/2020

प्रदेश सरकारले कति खर्च ग¥यो, कहाँ खर्च ग¥यो हामीलाई केही पनि थाहा छैन । प्रदेश सरकारबाट कोरोना रोकथामको नाममा वा स्वास्थ्य सामग्री तथा स्वास्थ्यकर्मी केही पनि पठाएको छैन । कलैया अस्पतालमा प्रदेश सरकारको तर्फबाट न त स्वास्थ्यकर्मीको व्यवस्थापन हुन सकेको छ न त स्वास्थ्य सामग्रीको ।

8/14/2020

यस्तो गम्भीर महामारी फैलिरहेको बेलामा सरकार संवेदनशील हुन सकेको छैन । प्रदेशको भूमिका के त यस्तो बेलामा ? प्रदेश र संघीय सरकारलाई दिनको दिन ५ बजेभित्र मृतक र संक्रमितको तथ्यांक मात्रै चाहिन्छ प्रेस मिटमा जानकारी दिनका लागि । त्यसबाहेक अरु केही पनि छैन ।

7/24/2020

कोरोनाका कारण मृत्यु भएका व्यक्ति लकडाउनभन्दा पहिला नै आफ्नी श्रीमतीको उपचारका लागि भारत जानुभएको थियो । उहाँ नेपाल आएको १० दिनपछि विरामी पर्नुभयो, त्यसपछि उपचारका लागि धरान जानुभयो । त्यसपछि उहाँको निधन भयो त्यसपछि मात्रै हामीलाई थाहा भयो ।

3/19/2020

जनताका इच्छा, आंकाक्षा फरक–फरक हुन्छन् । अहिले हामी ऐन, नियम, निर्देशिका, कानुन, नियमावली निर्माण गर्ने आफैंले कार्यक्रमहरू संचालन गर्ने गर्दै गर्दा जनताले आशा गरेका इच्छा, आकांक्षा पूरा गर्नेगरी काम गर्न नसक्ने अवस्थामा पनि छौं । यो अवधि होइन अर्को एउटा पाँच वर्षे अवधि काम गर्ने अवसर प्राप्त हुने हो भने बल्ल जनताले महसुश गर्ने गरी काम गर्न सकिएला । यहि अवधिमा नगरपालिकाभित्र रहेका व्याप्त समस्याहरू सबै समाधान गर्न सकिँदैन त्यसको लागि समय चाहिन्छ ।

3/12/2020

शान्तिका अग्रदुत गौतम बुद्धको गृहजिल्ला कपिलवस्तुको पश्चिमी क्षेत्रमा अवस्थित ऐतिहासिक स्यूराज क्षेत्र तथा प्रशिद्ध धार्मिक स्थल शिवगढीका नामबाट नामाकरण गरिएको शिवराज नगरपालिका नेपाल सरकारको मिति २०७१।०१।२५ को निर्णयबाट साविकका शिवपुर, विरपुर, चनई, विसुनपुर र जवाभारी गा.वि.स.लाई समावेश गरि स्थापना गरिएको हो । नेपाल सरकारको मिति २०७३।११।२७ को निर्णयले साविकका शिवगढी, थुन्हिया र लालपुर गा.वि.स. गाभेर हालको शिवराज नगरपालिका विस्तार गरिएको हो ।

ट्रेन्डिङ