स्पष्ट नीति निर्माण नभएकाले कार्यान्वयन पक्ष कमजोर देखिएको छ । त्यसैले सिंहदरबार अवधारणागतरूपमा छ तर कार्यान्वयन पक्ष बढ्न सकिरहेको छैन । त्यसैले हामीले जनतालाई पूर्णरूपमा सिंहदरबार गाउँमा भन्ने नारालाई अनुभूति गराउन सकिरहेका छैनौं ।
हामीले जसरी स्थानीय निर्वाचनपश्चात् सिंहदरबार गाउँ–गाउँमा भन्ने नारा लगाएका थियौं, त्यो कुरा पूरा गर्न सकेका छैनौं । यो कुरा म स्वीकार गर्छु । तर, त्यसका पूर्वाधारहरू तयार गरिसकेका छौं । मुख्य समस्या भनेको हामीसँग कर्मचारी छैन । हाम्रो नगरपालिकामा जम्मा चार जना कर्मचारी छन् ।
प्राचीन कोलीय राज्यको राजधानी देवदह नेपालको प्रदेश नं. ५ अन्तर्गत रूपन्देही जिल्लामा पर्दछ । गौतम बुद्धको जन्मस्थल लुम्बिनी देखि ३५ किलोमिटर उत्तर पूर्वमा अवस्थित देवदह ऐतिहासिक एवं बुद्धको मावलीस्थलको रूपमा प्रशिद्ध रहेको छ । नेपाल सरकारको २०७१ बैशाख २५ गतेको निर्णय अनुसार साविकका देवदह र केरवानी गा.वि.स. मिलेर देवदह नगरपालिका संचालनमा आएकोमा नेपाल सरकारको मिति २०७३।११।२७ मा प्रकाशित राजपत्रअनुसार साविक सिक्टहन गा.वि.स. थप भइ हालको देवदह नगरपालिका बनेको हो ।
गैडहवा गाउ“पालिका रूपन्देही जिल्लाको पश्चिम भागमा अवस्थित छ । यो गा.पा.को नाम वातावरणीय र प्राकृतिकरूपले अत्यन्त मनोरम गैडहवा गा.पा. वडा नं. ४ विष्णुपुरामा रहेको गैडहवा तालको नामबाट राखिएको छ । साविक ४ वटा गा.वि.स.हरू साडी, जोगडा, विष्णुपुरा र सूर्यपुरा मिलाएर बनेको यो गा.पा.को क्षेत्रफल ९६.६९ वर्ग किलोमिटर, जनसंख्या ४७५६५ (पुरूष २३७३० र महिला २३८३५) रहेको छ । यो गाउ“पालिकामा जम्मा ९ वडा रहेको छ । यस गा.पा.को. पूर्वमा शुद्धोधन र मायादेवी गा.पा., पश्चिममा कपिलवस्तु जिल्ला, उत्तरमा कन्चन गा.पा.र सैनामैना न.पा. तथा दक्षिणमा लुम्बिनी सांस्कृतिक न.पा. पर्दछन् । यस गा.पा.को ९२५ हेक्टर क्षेत्रफल जमीनमा वनजंगल रहेकोमा ८१३.७६ हेक्टर वन समुदायबाट व्यवस्थापन छ ।
प्रदेश ५ अन्तर्गत कपिलवस्तु जिल्लाको सदरमुकाम अवस्थित कपिलवस्तु नगरपालिका २७ डिग्री ५४ मिनेट उत्तरी आक्षांश र ८३ डिग्री ०४ मिनेट पूर्वी देशान्तरमा अवस्थित रहेको छ । २०३९ सालमा तौलिहवा गाउ“ पंचायतको नामबाट स्थापना भएको यस नगरपालिका साविकको बरगदवा, मालपारा, पिपरी र कपिलवस्तु आदर्श गाउ“ पञ्चायतको पुरै भूभाग तथा गोटिहवा, गोबरी र तिलौराकोट गाउ“ पञ्चायतको केही भूभाग समेटिएको थियो । साविकमा १४ वडा रहेको यस नगरपालिका नेपाल सरकारको मिति २०७१÷०७÷२१ को निर्णयानुसार साविकको गोटीहावा गा.पं. र तिलौराकोट गा.पं. को पुरै भाग समेटी १९ वडा कायम गरिएको थियो । स्थानीय तहको पुनर्संरचनास“गै साविकको धरमपनिया, दोहनी, जहदी, निग्लिहवा र सौराहा गा.वि.स. समावेश भएका छन् । हाल कपिलवस्तु नगरपालिका १२ वार्ड कायम भई १३६.९१ वर्ग कि. मि. क्षेत्रफल ओगटेको छ ।
मोरंगको रतुवामाई नगरपालिका जिल्लाको दक्षिण पूर्वी भागमा पर्दछ । यो नगरपालिकाको सबै भूभागसम्म परेको तराईको क्षेत्रमा अवस्थित छ । मोरंगको सिजुवा, वरडंगा (१,४,५,७), गोविन्दपुर(१,३,४,७), झुर्किया, महादेवा र इटहरा लगायतका क्षेत्रलाई मिलाएर यो नगरपालिका स्थापना गरिएको हो । यस भेगमा अघि धेरै पहिलादेखि मानिसहरूको बसोबास भएको देखिन्छ । अघि मोरंग भेगमा झाडीका रूपमा रह“दा पनि यस भेगका खोला किनाराहरूमा स्थानीय आदिवासीहरूको बसोबास थियो । यस नगरपालिका भित्रका विभिन्न भागमा अहिले पनि त्यस्तो पुरानो बसोबासको केन्द्रका अवशेषहरू पाउन सकिन्छ । रतुवा र बक्राहा खोलाको बीच तथा मोरंगको दक्षिणपूर्वी भागमा यो नगरपालिका अवस्थित छ ।
महागढीमाई नगरपालिका बारा जिल्लामा रहेको पा“च वटा नगरपालिकामध्ये एक हो । जो साबिकका महागढीमाई नगरपालिका, बरियारपुर, गंजभवानीपुर, बबुआइन, दहियार, तेलकुवा, पत्रहट्टी, मधुरीजब्दी, कवहीजब्दी, पिप्राबिर्ता, प्रशुरामपुर (१), मझरीया (८), महेशपुर (१) गा.वि.स.हरू मिलेर बनेको छ । यस नगरपालिकाको स्थापना वि.सं. २०७३ सालमा भएको हो । यस नगरपालिकाको पूर्वमा करैयामाई गाउ“पालिका र पचरौता गाउ“पालिका, पश्चिममा कलैया उप–महानगरपालिका, उत्तरमा करैयामाई गाउ“पालिका र दक्षिणमा देवताल र स्वर्ण गाउ“पालिका रहेको छ । ५५.३२ वर्ग मि.मि क्षेत्रफल रहेको यस नगरपालिकामा बहुजातिको बसोबास रहेको पाइन्छ ।
अब कुन हिसाव मागेका छन्, त्यो कल रेकर्ड सार्वजनिक भएपछि थाहा हुन्छ । विभिन्न किसिमका अपशब्द प्रयोग गरेर गाली पनि गरेका छन्, मार्छु, काट्छु लगायतका कुराहरू भनेका छन् । त्यसैले पुस ७ गतेको कल रेकर्ड सार्वजनिक हुनुपर्छ ।
जिल्लाकै सबभन्दा बढी पर्यटनको आकर्षणको केन्द्र बराहक्षेत्र नगरपालिका नै हो । बराहक्षेत्र आफैमा एउटा धार्मिक, ऐतिहासिक, पूरातात्विक चीजले भरिपूर्ण छ । यसका आसपासमा विभिन्न जातजाति, समुदायको भेषभूषा झल्किने खालको पाइन्छ ।
खुला सिमानाले दुई देशबीचको सम्बन्ध नागरिकस्तर धेरै मजबुत बनाएको छ । बिहेबारी हुँदै आएको छ । यहाँबाट रोजगारका लागि पनि जान सहज छ ।
म आफ्नो कार्यकालभित्र यो वडालाई एउटा नमूना वडाको रूपमा बनाएर देखाउँछु । निर्वाचनका बेला गरेका प्रतिबद्धताहरू पूरा गर्ने नै मेरो मूल उद्देश्य हो । हामीले विभिन्न किसिमका योजनाहरू छनौट गरेका छौं र सोहीअनुसार काम कारबाही अगाडि बढाइरहेका छौं ।
जनताले हामीलाई काम गर्नका लागि पठाएका हुन्, त्यसैले अप्ठ्याराहरूलाई हामीले अवसरको रूपमा लिँदै अगाडि बढिरहेका छौं । खासै अप्ठ्याराहरू छैनन् । काम गर्ने इच्छा शक्ति भएपनि कुनै किसिमको समस्या हुँदैन ।
सिंँचाइको प्रबन्ध मिलाइदियो भने मलखाद्य पनि अनुदानमा दिन्छौं । किसानका जीवनस्तर जबसम्म उकास्न सकिदैन, तबसम्म समग्ररूपमा गाउँपालिकाले विकासको हुन सक्दैन । किनभने यहाँका करिब ८५ प्रतिशत जनता कृषिमै आधारित छन् ।
पशुबली रोक्नुपर्छ भन्नेहरूले यो गढीमाई मेला हुने पशुबलीलाई मात्र हेर्ने गरेका छन् । तर, काठमाडौंमै हेर्ने हो भने दिनहुँ हजारौंको पशुबली दिइरहेका हुन्छन् ।
मोरङ जिल्लाको सदरमुकाम विराटनगरबाट करिव २५ किलोमिटर पूर्व दक्षिण क्षेत्रमा अवस्थित रंगेली नगरपालिकालाई नेपाल सरकारको मिति २०७१।०१।२५ गतेको निणर्यानुसार रंगेली, आमगाछी र टकुवा समावेश गरी रंगेली नगरपालिकाको रूपमा घोषणा भई तत्पश्चात नेपाल सरकारको मिति २०७३।११।२७ को पुर्नसंरचनाको निर्णयानुसार साविक रंगेली, आमगाछी, बविया विर्ता र दर्बेशा गा.वि.सहरू समायोजन भई रंगेली नगरपालिकाको रूपमा कार्यान्वयन एक नगरपालिका हो ।
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ बमोजिम कायम स्थानीय तहमध्ये प्रदेश नं. २ धनुषा जिल्लाअन्र्तगत विदेह नगरपालिका २०७३ घोषणा गरिएको हो । प्राचीन मिथिला राज्यको राजा मिथिको वंशमा जन्मेका राजा शिरध्वज जनकको अर्को नाम राजा विदेह पनि हो । मिथिलाको राजधानी जनकपुर थियो । तिनै राजा विदेहको नामबाट यस विदेह नगरपालिकाको नामाकरण विदेह नगरपालिका गरिएको हो ।
संघ, प्रदेश र स्थानीय तहबीच नङ र मासुको जस्तो सम्बन्ध हुनुपर्नेमा त्यसमा कतै चुकेको महसुश हामीलाई पनि भएको छ तर हामीले सकेसम्म सहमतिमै आएर काम गरिरहेका छौं । प्रदेशबाट जस्तो सहयोग पाईन्छ भनेर अपेक्षा गरेका थियौं त्यस्तो सहयोग पाएका छैनौं, न्यूनतम् सहयोग त भइरहेकै छ ।
मुलुक अहिले नयाँ संरचनामा जाँदा एकैचोटि सबै कुरा पूरा हुँदैन । विस्तारै जनताका चाहना र अपेक्षाहरू पूरा हुने हो । जनताका हरेक अपेक्षा एकैचोटि पूरा हुन अप्ठ्यारो नै छ । सबै कुरा एकैचोटि पूरा होस् भन्ने जनताको चाहना राम्रै हो तर, काम गर्दा समय लाग्छ नै ।
हामी लोकसेवाको परीक्षा पास गरेर कर्मचारीको रूपमा आएका होइनौं । हामी कुनै जागिर खानका लागि होइन, समाजसेवा गर्ने भावले राजनीतिमा लागेका थियौं । पहिला पनि हामीले आफ्नै खर्चबाट जनताको सेवामा खटेका थियौं ।
सिंहदरबार गाउँमा भनाई मात्र हो । खसवादतन्त्र जबसम्म रहन्छ, तबसम्म सिंहदरबार गाउँमा कहिल्यै पनि जान सक्दैन । संविधानले हामीलाई धेरै अधिकारहरू दिएको छ तर, हामीले त्यसको उपयोग गर्न पाएका छैनौं ।
सिंहदरबार गाउँमा भनेर सुरू जसरी कुराहरू गरियो, जुन हैसियत राखेर स्थानीय तहहरू खडा गरियो, त्यो अनुसारको अहिलेसम्म भइसकेको छैन । २२ वटा अधिकार जुन स्थानीय तहलाई दिने भनिएको थियो, ती अधिकारहरूलाई पनि केन्द्रले कुण्ठित गरेको छ । जस्तै, संविधानको धारा ५७ मा अनुसूचि ८ ले दिएको अधिकारलाई पूर्णरूपेण प्रयोग गर्न सकिएन ।
यहाँका जनजीवन मुख्यरूपमा कृषिमा नै आधारित छ । ७० प्रतिशत कृषिमा, त्यसपछि औद्योगिक क्षेत्रहरू पनि छन् । हामीले सबभन्दा बढी प्राथमिकतामा कृषिलाई राखेका छौं । त्यसैगरी, शिक्षा, स्वास्थ्य, बाटोघाटो लगायतलाई पनि प्राथमिकतामा राखेका छौं । हामीले गाउँ–गाउँमा बाटो निर्माण, गाउँदेखि अर्को गाउँ जोड्नका लागि कालोपत्रे, मैनरोड, लिंकरोड लगायत विस्तार भइरहेको छ ।
संविधानले दिएका कतिपय अधिकारहरू अहिले पनि केन्द्रीय मानसिकताले दिन खोजिरहेको छैन । स्थानीय निकाय सञ्चालनका लागि पनि हामीसँग सबभन्दा अभाव कर्मचारीको नै छ । साथसाथै केही नियम र कानूनहरूको पनि अभाव देखिएको छ । यसले गर्दा हामीले सोचेअनुसारको काम गर्न सकिरहेका छैनौं ।
यहाँ एउटा पनि एम्बुलेन्स थिएन । यी सब कुरालाई मध्यनजर गर्दै हामीले बाटोघाटो बनाउने, कृषिमा उत्पादन बढाउनका लागि विभिन्न कार्यक्रमहरू ल्याउने, शिक्षामा सुधार गर्ने, स्वास्थ्य क्षेत्रमा काम गर्ने लगायतका प्रतिबद्धताहरू हामीले गरेका थियौं । अहिलेसम्म हामीले दलितहरूका लागि ३८ वटा घर बनाएर हस्तान्तरण गर्न लागेका छौं ।