सबै दलहरू निर्वाचन जस्तो पर्वमा उत्साहपूर्वक सहभागी हुन पाउने वातावरण सरकारले बनाउनुपर्छ । अहिले हामी निर्वाचनको तयारी गरौं कि यसको विरूद्धमा आन्दोलन गरौं भन्नेमा अल्झिरहेको अवस्था छ । हामी पनि उत्साहपूर्वक निर्वाचनमा लाग्ने वातावरण सरकारले त बनाउनुपर्छ । त्यसका लागि हामी दबाब सिर्जना गर्छौं ।

यदि हामी मधेश आन्दोलनका इमान्दार कार्यकर्ता हौं भने मधेशी शक्तिहरू मिल्नैपर्छ । बाँकी दलहरू हाम्रा यात्राका साथीहरू मात्रै हुन् । तर गन्तव्यसम्म पुग्नका लागि लोसपा र जसपा मात्रै होइन, बाँकी रहेका साना–साना शक्तिहरूलाई पनि मूलधारमा ल्याउनुपर्छ । मधेशलाई समग्ररूपमा अधिकार सम्पन्न बनाउनका लागि सम्पूर्ण मधेशवादी शक्तिहरू एकजुट हुनैपर्छ ।

जति पनि निर्णय भएका छन्, चार जना शीर्ष नेताहरूले मात्रै गर्नुभएको छ । ती चार शीर्ष नेताहरूले अरूलाई कुनै मूल्यांकन नै नगर्ने व्यवहार देखियो । वार्ड अध्यक्षदेखि राष्ट्रियसभासम्मको टिकट बिक्री भएको प्रमाणहरू सार्वजनिक भइसकेका छन् । अहिले लोसपामा कस्तो स्थिति छ भने नेताहरूको स्वार्थ कहाँ हुन्छ, त्यसमै केन्द्रित छ । जनता, मधेश, देश, पार्टी, कार्यकर्ताको हितलाई नकारेर नेताहरूलाई केमा फाइदा हुन्छ भन्ने कुरामा

भर्खर हाम्रो दल निर्वाचन आयोगमा दर्ता भएको छ, केन्द्रीय समिति गठन भएको छ । अब हामी प्रदेश, जिल्ला, पालिका हुँदै वडासम्म संगठन विस्तारमा जुट्छौं । अहोरात्र हामी खटिरहेका छौं । निर्वाचनको उम्मेद्वारी दिने समयभन्दा पहिले सकभर हामी सबै तहमा संगठन विस्तार गरिसक्छौं । तर हाम्रो दलको बुझाइ के हो भने स्थानीय तहको निर्वाचन निर्दलीय हुनुपर्छ ।

जसपाभित्र कुनै पक्ष वा विपक्ष नै छैन । केन्द्रीय समितिको बैठक नबसेको हो र ? जतिबेला पनि केन्द्रीय समितिको बैठक बसिँदैन नि । हुन सक्छ केही साथीहरुलाई कुनै एजेण्डामा छलफल गरौं भन्ने लागेको होला । आवश्यकताअनुसार बैठक बस्छ र बस्नैपर्छ । अध्यक्षलाई अहिले आवश्यकता महसुस नभएको हुनसक्छ ।

जनमत पार्टी भनेको जनताको पार्टी हो । हामी सबै किसानकै छोराछोरी हौं । किसानको दुःख हामीले भोगेकोले समस्या समाधानका लागि हामीले खोजीनीति गरेका छौं । हामीले २०६९ सालमा ‘मधेश स्वराज’ भन्ने पुस्तक प्रकाशित गरेका थियौं, त्यसमा बीउ र खाद आपूर्ति, बाली क्षतिपूर्ति वा सिंचाइका लागि आन्दोलन गर्नुछ भनेर त्यतिबेलै लेखेका छौं ।

सीके राउतका कार्यकर्ताहरू आन्दोलन गर्छ भने उता केपी ओलीजीको युवा संघ पनि साथ दिइरहेको छ । के छ सम्बन्ध वा साँठगाँठ ? सीके राउतजीले भन्नुभयो कि आठ जिल्लाको मधेश प्रदेश कसरी हुन्छ, अनि एमालेका कार्यकर्ताहरू पनि त्यहीं कुरा कराउन थाले ।

आगामी चुनावमा जनताले उनीहरूलाई राम्रोसँग पाठ सिकाउँछ । अब जनमत पार्टी आउँछ, देश र मधेशको नेतृत्व गर्छ । डा.सीके राउतको पार्टीले वैज्ञानिक कृषिक्रान्ति गरेर देशलाई समृद्धिको बाटोमा लग्छ । हामी बोलेर मात्रै होइन, गरेर पनि देखाउँछौं ।

मधेशको नामप्रति हाम्रो पूर्ण सन्तुष्टि छ । मधेश आन्दोलनको माग पनि यही थियो । मधेश आन्दोलनका बेला मधेशका सबै कार्यालयहरू र भित्ता–भित्तामा मधेश सरकार लेखिएको थियो । सबैको चाहना मधेश प्रदेश नै थियो । त्यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रियरूपमा मधेशको पहिचान दिन्छ । मधेशीको जुन चाहना थियो, यो नामले पूरा भएको छ ।

२०४० सालदेखि नै मधेशले आफ्नो राजनीतिक अधिकारका लागि अगाडि बढ्दै आएको छ । त्यति बेला मान्छेले आफूलाई मधेशी भन्न पनि डराउँथे । त्यो बेला मधेशी शब्द नै सम्वेदनशील थियो । राज्यले मधेशी भनेर हेप्ने, काठमाडौंमा मधेशी भनेर हेप्ने तर म मधेशी हुँ भन्न नपाउने, यस्तो किसिमको वातावरणबाट आन्दोलनको सुरूवात भयो । २०४० सालमा हर्कबहादुर गुरूङको प्रतिवेदनको विरोधमा आन्दोलन सुरू भएको हो ।

जसपाले त्यसरी नै योजना बनाएको थियो । आखिर गौर नरसंहार उहाँहरुले नै गरेको भन्ने कुरा स्वीकार नै गरिसक्नुभयो । त्यसैलाई पुनरावृत्ति गर्ने भनेर जसपाले योजना बनाएको थियो । किसानमाथि दमन गर्ने, हत्या गराउने र आन्दोलन निस्तेज होस् भन्ने योजनाका साथ गौरमा कार्यक्रम गरिएको थियो । जुन असफल भयो ।

उपेन्द्र यादवको धोकाधडीका कारण आज मधेश आन्दोलनका मुद्दाहरु पूरा हुन सकेन । महन्थ ठाकुर नेतृत्वको पार्टी जतिबेला छोटो अवधि (१८ दिन) का लागि भएपनि सरकारमा बस्दा महत्वपूर्ण कामहरु भएको थियो । मधेश आन्दोलनका बेला लगाइएका झुठा मुद्दाहरु खारेज भयो, नागरिकता अध्यादेश जारी भएको थियो, रेशम चौधरीको मुद्दाबारे छलफल सुरु भएको थियो, संविधान संशोधनका लागि कार्यदल बनेको थियो । तर अहिले हेर्नुस्, उपेन्द्र यादवजीको पार्टी पहिला पनि डेढ वर्ष सरकारमा रह्यो र अहिले पनि छ ।

कहीं बन्द हडताल छैन । म आफ्नै गृहजिल्ला रौतहटभरि घुमें, मैले एक जना पनि आन्दोलनकारी भेटिन । सामाजिक सञ्जालमा हल्ला मात्रै गरेका छन्, तर यथार्थमा बन्द हडताल केही पनि छैन । बन्द कहाँ छ भनेर त हामी खोजिरहेका छौं ।

हामी प्रयास गर्दागर्दै पनि नेतृत्ववर्गले जसरी सोच्नुपर्ने हो, त्यस्तो देखिएन । जसले गर्दा अहिले कांग्रेसका लागि यस्तो अवस्था भएको हो ।

हामी आफ्नो जीवनको यत्रो समय पार्टी निर्माणका लागि दियौं । हामीले आफ्नो व्यक्ति लाभ नसोचेर मधेशको मुक्ति होस् भनेर हामी राज्यसत्तासँग लड्यौं । तर उपलब्धि के त ? उपलब्धि भनेको आफ्ना आसेपासेलाई प्राथमिकता दिने, जातीयरुपमा उन्माद फैलाउने, गुटबन्दी गर्ने र सिट बेचबिखन गर्ने जस्ता कुराहरुका विरुद्ध हामी संघर्ष गर्नैपर्छ । पार्टीको यस्ता निर्णयविरुद्धमा हामी संघर्ष गर्छौं ।

जनमत पार्टी भनेको किसान, मजदूर, युवा, विद्यार्थीहरुको भावनाअनुसार चल्ने पार्टी हो । पहिलादेखि नै हामीले भ्रष्टाचार, बेरोजगार, कृषिका समस्याहरु उठाउँदै आएका छौं । किसानलाई अहिले पनि स्टेकहोल्डर मानिएको छैन । जबकि यो देश किसानमाथि आश्रित छ ।

उपमेयरका पनि धेरै अधिकारहरू छन् । पद मात्रै लिएर हुँदैन । मधेशमा अहिले भन्ने गरिन्छ कि उपमेयर त चुपमेयर हुन्छ । त्यो कुरामा म विश्वास गर्दिन । काम गर्ने मान्छेलाई कसैले पनि रोक्न सक्दैन ।

एउटा रणनीतिक योजनाअनुरूप नै आफ्ना विरोधी पक्षका मत विभाजन गर्नका लागि आफ्नै भित्रका दुई जना समर्थकलाई उम्मेद्वार बनाउनुभएको थियो । त्यसमा पनि क्याटेगोरकली एउटा मधेशी (विमलेन्द्र निधि) र अर्को नेवार (प्रकाशमान सिंह) समुदायबाट उम्मेदवारी दर्ता गराउनुभयो ।

हामीले अन्य दललाई गाली गरेर वा आलोचना गरेर आफूलाई असल देखाउन खोज्दैनौं । अन्य दलप्रति हाम्रो आत्मीय सम्मान हुन्छ । मधेश मात्र होइन पूरा देशले हृदयेश त्रिपाठी जस्तो एउटा सक्षम र सुझबुझ भएका नेतृत्वको प्रतिक्षामा थियो । किनभने उहाँ टुट्नु हुन्छ तर झुक्नु हुन्न ।

जतिबेला निर्वाचन आयोगले निर्वाचनको घोषणा गर्छ, त्यसपछि हामी पनि जनताको बीचमा जाने हो । हामी पनि त्यसका लागि सचेत छौं, त्यसका लागि काम गरिरहेका छौं, जनमत सिर्जना गरिरहेका छौं । हाम्रा आदरणीय सबै नेताहरू जनताको बीचमा हुनुहुन्छ । त्यसैले हामी उत्तिकै प्रतिस्पर्धी ढंगले अगाडि गइरहेका छौं । 

विमलेन्द्र निधि जित्न नसक्ने मुख्य कारण उहाँले शेरबहादुर देउवालाई आफ्नो साथमा लिन सक्नुभएन । उहाँले लामो समय शेरबहादुरलाई सहयोग गर्नुभो । शेरबहादुर देउवालाई सभापति बनाउने, प्रधानमन्त्री बनाउने, राइट ह्याण्ड भएर बस्नुभयो तर शेरबहादुरले त्यो कुरा बुझ्नुभएन ।

लोसपाका श्रद्धेय अध्यक्ष महन्थ ठाकुरजीको जुन योगदान, त्याग र सिद्धान्त छ, त्यो अन्य कसैमा पनि देखिएन । उहाँ जहिले पनि मधेश र देशको लागि एउटा चिन्तित रहनुभएको मैले देखें । उहाँले मुद्दालाई थाँती राखेर राजनीति गर्नुभन्दा सम्बोधन गराउन जहिले पनि प्रयासरत् हुनुहुन्छ ।

मधेशका जनताले बुझिसकेका छन् कि एमाले मधेश विरोधी होइन भनेर । केही देशी विदेशी प्रतिक्रियावादी शक्तिहरूले एमालेका विरूद्धमा भ्रम फैलाएका थिए कि एमाले मधेशविरोधी हो । तर जनताले आज हेरिसकेका छन्, समग्र राष्ट्रिय एकता, मधेशीको विकास र समृद्धिको मुद्दा एमालेले नै पूरा गर्न सक्छ ।

तराईको प्रभावशाली प्रतिनिधि विमल दाइ भएकोले शेरबहादुरजीले सकभर व्यवस्थापन गर्नुपर्छ । समग्रमा हेर्दा प्रदेश २ को आठवटा जिल्लामध्ये एउटा जिल्ला प्रभावित भएको अवस्था छ । विमल दाई शेरबहादुरजीको सबैभन्दा अन्तरंग सहयोगीको रूपमा भएको नाताले पनि उहाँ छुट्टिदा नैतिकरूपमा शेरबहादुरजी कमजोर हुनुहोला ।

उपेन्द्र यादवजी एउटा–दुई जातिको समीकरण बनाएर आफूलाई शुभचिन्तक देखाएर लामो समयदेखि राजनीति गरिरहनुभएको छ । त्यसको विकल्पमा महन्थ ठाकुर र राजेन्द्र महतोजीहरू पनि अर्को प्रतिस्पर्धी जातिलाई आफ्नो संगठनमा हुल्ने कामहरू गरिरहनुभएको छ । यो पनि एउटा मुख्य मुद्दा हो जसले पार्टीको जनाधारलाई प्रयोग गर्छ । यदि सीके राउतजी निरपेक्ष राजनीतिक मुद्दामा मात्रै अगाडि जानुभएको छ भने यी कुराहरूलाई बिर्सिन हुँदैन जस्तो लाग्छ ।

ट्रेन्डिङ