विचार र मुद्दा मिल्ने विद्यार्थी संगठनहरुबीच चुनावी मोर्चाबन्दी हुनुपर्छ भनेर मैले पहल सुरु गरिसकेको छु । जसपाको समाजवादी विद्यार्थी संघका अध्यक्ष रमेश यादवजीसँग पनि मेरो कुरा भइरहेको छ । जनमत विद्यार्थी संघका साथीसँग पनि सम्वाद थालेका छौं । हामी छलफलमा छौं ।
कुनै पनि मन्त्रालय आफैमा खराब हुँदैन । देश चलाउने एउटा टुल्स हो मन्त्रालय । हामीले पाएको खानेपानीमै राम्रो काम गर्न सक्छौं । काम गर्न चाह्यो भने जुनसुकै मन्त्रालयमा बसेर गर्न सकिन्छ । हामीले गरेका प्रतिबद्धताहरुलाई पनि पछि निरन्तरता दिन्छौं ।
मधेशका सबै दलहरु र माओवादी एक ठाउँमा आउनुपर्छ । यदि त्यो किसिमको वातावरण बन्यो भने राष्ट्रपतिका लागि महन्थ ठाकुर सबैभन्दा उत्कृष्ट उम्मेद्वार हुनुहुन्छ । यसमा कांग्रेसलाई पनि आपत्ति हुँदैन ।
चुनावका बेला पनि मैले स्वराजी साथहिरुसँग प्रतिबद्धता गरेको थिएँ कि पछि हामी पार्टी गठन गर्छौं । त्यो प्रतिबद्धता पूरा गर्नका लागि अहिले हामी नयाँ पार्टी गठनको प्रक्रियामा छौं । अब हामी क्रान्तिकारी स्वराजीहरुलाई संगठित गरेर नयाँ पार्टीको घोषणा गर्दैछौं ।
हरेक क्षेत्रमा जनताको सहभागिता र प्रत्यक्ष निगरानीमा हामी काम गर्छौं । जनताले सुशासनको वातावरण महसुस गर्न सकोस् भनेर हामीले जनता राज ल्याउन नितान्त आवश्यकता छ । त्यसका लागि हामी लागिपरेका छौं ।
हाम्रो पार्टीले मधेश प्रदेशमा पाँच वर्षसम्म नै सरकार चलायो तर एक जना पनि क्याबिनेट मिनिष्टर महिलालाई दिएको छैन । त्यो त्रुटिपूर्ण निर्णय थियो । उत्पीडित, शोषित, पीडितहरुका लागि आवाज उठाउने जसपा नै हो । आगामी दिनमा जसपाले योग्य, शिक्षित महिलालाई अवसर दिनुपर्छ ।
केही प्राविधिक कुराहरुले गर्दा हाम्रो सिट संख्यामा कमी आएको हो । नेतृत्वपक्तिले समयमै गर्नुपर्ने कामहरु गर्न नसकेकोले समस्या आएको हो । यो समस्या हामी छिट्टै समाधान गर्छौं । अहिले सरकार गठनको प्राक्रिया टुंगिएपछि हामी मधेश प्रदेशमा संगठनलाई विस्तार गर्दै सशक्त बनाउँदै जानेछौं । मधेश प्रदेशमा हामी नेतृत्वविहीन भएकोले पनि यस्तो अवस्था आयो ।
विगत केही वर्षमा एमालेलाई मधेश विरोधी भनेर भ्रमात्मक प्रचार गािरएको थियो । तर अब ती भ्रमहरु हट्दै गएको छ । एमाले कहिल्यै पनि मधेश विरोधी काम गरेको छैन । मधेशको विकास, समृद्धि र अधिकारका कुरालाई एमालेले जहिले पनि प्राथमिकतामा राख्दै आएको छ ।
जनमत पार्टी जनताको लागि काम गर्ने भएकोले प्रतिपक्षमा बसेर समस्याको समाधान हुँदैन । यदि प्रतिपक्षमै बसेर समस्याको समाधान हुन्थ्यो भने विगत १० वर्षदेखि हामी सडकमै छौं । विभिन्न चरणका आन्दोलनहरु पनि गरेका छौं । त्यसैले, जनताको समस्या समाधान गर्न हामी सरकारमा जानैपर्छ ।
वर्तमान समयमा हेर्ने हो भने रेशम चौधरीको रिहाइका लागि कांग्रेसकै सरकारले अध्यादेश ल्याएर प्रक्रिया अगाडि बढाएको छ । विगतमा रेशम चौधरी निर्दोश छन् भन्ने एमालेका नेताहरु पनि अहिले अध्यादेशको विरोध गरिरहेका छन् ।
रेशम चौधरीलाई छुटाउनु नै छ भने सरकारले सकारात्मक पहलहरु गर्नुपर्छ । त्यसकारण अदालती प्रक्रियामा गइसकेको कुरालाई अदालतबाटै यसको छिनोफानो भयो भने सबैलाई विश्वास हुन्छ । जो दोषीहरु छन्, तिनीहरुका लागि पनि यो अध्यादेश ल्याइएको हो भनेर हल्ला छन् ।
जसपाले मधेश प्रदेश सरकारको नेतृत्व नै गर्न पाउँदैन भन्ने छैन । हामीभन्दा कम सिट ल्याएका साना–साना दलहरुले मुख्यमन्त्रीको दाबी गर्दै हिंडेका छन् । त्यसैले, मधेश प्रदेशको अंकगणित हेर्दा जसपाले नेतृत्व पाउँदैन भनेर भन्न सकिन्नँ ।
जनमत पार्टीलाई प्राप्त जनादेशको विश्लेषण गर्दा जनमतकै नेतृत्वमा सरकार बनाउन भनिएको छ । अन्य दलहरु जो हामीभन्दा बढी मत पाएका छन्, तिनीहरु प्राविधिकरुपमा जनतालाई भ्रमित गरी विभिन्न गठबन्धन गरेर हामीभन्दा बढी मत पाएका छन् । त्यसैले मधेश प्रदेशका जनताले जनमत पार्टीको नेतृत्वमा सरकार बनाउन मतादेश दिएको हो ।
मधेश प्रदेश सरकारको नेतृत्व गर्ने यहाँका मतदाताले दिएको मतादेश हो । अन्य दलहरु गठबन्धन गरेर जाँदा पनि बहुमत ल्याउन सकेन तर जनमत पार्टी एक्लै चुनाव लड्दा राम्रो समर्थन दिएका छन् । त्यो आधारमा मधेश प्रदेशमा जनमत पार्टी सबभन्दा ठूलो पार्टी हो भनौं । जनताले हामीलाई समर्थन दिएपछि हाम्रै नेतृत्वमा सरकार बनाउन पहल गर्ने हाम्रो दायित्व पनि हो । त्यो आधारमा हामीले पहल थालेका हौं ।
जनमत पार्टीको मुद्दा र जनपक्षीय कार्यबाट नै जनताले विश्वस्त भए । आक्रोशको मत अन्य दलहरुलाई पनि जान सक्थ्यो नि, तर जनमत पार्टीप्रति यहाँ जनताले विश्वास गरे । यहाँ ठूला–ठूला गठबन्धनहरु थिए तर यहाँका जनताले जनमत पार्टीलाई विश्वास गरे ।
उपेन्द्र यादवको पराजय र डा.सीके राउतको विजय हुँदा पनि मधेशको मुद्दा संघीय संसदमा अझ आक्रामक रुपमा उठ्ने सम्भावना बढेको छ । उपेन्द्रजी अब आन्दोलनको राजनीतितर्फ फर्किनुहुन्छ । किनभने उहाँले दुईटा ठूलो धक्का बेहोर्नुप¥यो ।
हामी कुनै पार्टी वा उम्मेद्वारको विरुद्धमा लागेको होइनौं, गलत तत्वको विरोध गरेका हौं । जसले जनताको मत लिएर विगतमा काम गरेनन्, जितेर गएपछि जनताको बीचमा नआउनेहरुको बारेमा मात्रै भण्डाफोर गरेका हौं ।
सप्तरी २ मा त्रिपक्षीय भीडन्तकै अवस्था छ । यहाँ दुई जना राष्ट्रिय अध्यक्ष हुनुहुन्छ भने एक जना सत्तारुढ गठबन्धनको तर्फबाट बलिया उम्मेद्वार हुनुहुन्छ । जसले गर्दा सप्तरी २ को चुनावी प्रतिस्पर्धालाई रोचक नै मान्नुपर्छ ।
जितेको उपेन्द्र यादवले मधेशलाई जति गुण लगाउँछ, त्योभन्दा बढी हारेको उपेन्द्र यादवले लगाउँछ । उपेन्द्र यादवले एउटा मास मोभमेन्टको लिडरसिप लिन सक्नुहुन्छ । अहिले उहाँले जुन संविधान संशोधनको कुरा गर्नुभयो, त्यसलाई अझ प्रभावशाली ढंगले अगाडि बढाउनुहुन्छ । त्यसकारणले संसदमा सीके राउत गएपनि राम्रो हो, जयप्रकाश ठाकुर गएपनि राम्रो हो ।
लोकतन्त्रमा दलीय व्यवस्थाको विकल्प हुँदैन । तर, दलहरु विशेष कालखण्डमा एउटा मिशन लिएर स्थापना भएको हुन्छ । त्यो बेला मिशनरी दल हुन्छ । त्यस्ता दलहरु सत्ता सञ्चालनको भूमिका पुग्छ । त्यसमा योग्य र पढेलेखेका व्यक्तिहरु राज्यसत्ता सञ्चालनको भूमिकामा पुग्छन् । त्यसकारणले स्वतन्त्रहरुको उम्मेद्वारी भनेको एक प्रकारको विद्रोह हो ।
जनता भनेको सर्वोपरि हो । यो अधिकार जनतामै छोडिदिउँ । अहिले यहाँ जति पनि उम्मेद्वारहरु छन्, त्यसमा सबैभन्दा बढी पढेलेखेका, योग्य र पाँच वर्षको अनुभव भएको उम्मेद्वार हुँ । जमीनका मुद्दाहरु संसदमा उठाउन सक्ने क्षमता भएकोले र अरुभन्दा फरक तरिकाले काम गरेकोले जनताले पुनः मलाई जिताउँछन् भन्नेमा विश्वस्त छु ।
निर्वाचनमा जतिपनि उम्मेद्वारहरु छन्, सबैलाई म सम्मान गर्छु । अब जनताले निर्णय गर्नुपर्ने हो र गर्छन् । जनताले सही निर्णय गर्छन् भन्नेमा म विश्वस्त छु । म आदरणीय मतदाताहरुलाई अनुरोध गर्न चाहन्छु कि तपाइँहरु प्रलोभनमा नपर्नुस् । आफ्नो मत स्वच्छ मनले अन्तर्आत्माको आवाज सुनेर मत हाल्नुस् ।
धेशविरोधी पार्टीहरुसँग ती पार्टीहरुले गठबन्धन गरिरहेका छन् । मधेशी जनतालाई भ्रममा पारिरहेका छन् । जनमत पार्टी मधेश र मधेशीको सम्मानका लागि एक्लै उभिएको छ ।