हामी चाहन्छौं कि कुनै पनि बहुमतको सरकार नबनोस्, अल्पमत वा स्वतन्त्रहरुको हातमा यदि संसदको सुरक्षा रह्यो भने संसद सुचारुरुपले अगाडि चल्छ । त्यसैले स्वतन्त्रहरु राम्रो संख्यामा जितेर गयो भने संसद सुरक्षित रहन्छ । त्यसले हाम्रो अभियानलो बहुदलीयतालाई कुनै आघात पुगेको छैन । बरु संसद नै सुरक्षित रहन्छ ।
निश्चितरुपमा मधेशमा एउटा सशक्त आन्दोलनको आवश्यकता छ । यो चुनाव–सुनावले मधेशले केही पनि पाउनेवाला छैन । यसअघि पनि मधेशी जनताले मत दिएर सदनमा पु¥याएका थिए । आठ वटा जिल्लाको मधेश प्रदेशमा सरकार नै बनाउने अवसर पाएका थिए । तर त्यसको उपलब्धि के भयो ?
मधेशी जनताले चाहिरहेका छन् कि मधेशी शक्तिहरु एक ठाउँमा आउनुपर्छ । त्यो भावनाको कदर गर्दै देश र मधेशको मुद्दा सम्बोधन गराउन हाम्रो अध्यक्ष डा.सीके राउतले जसपा र लोसपाका अध्यक्षहरु समक्ष गएर आफ्ना कुरा राख्नुभो । तर उहाँहरुबाट कुनै ठोस कदम चालिएको पाइएन । त्यसकारण, कुनै ठोस सम्वाद पनि भइरहेको छैन ।
विश्वभरिका हिन्दूहरुको आस्थाको केन्द्र नेपाल थियो । नेपाल सुरुदेखि नै शान्त मुलुक थियो र यहाँ कुनै पनि किसिमको विदेशीको चलखेल थिएन । नेपाल भनेको देव भूमि हो, जहाँ भगवान जन्मिनुभएको ठाउँ हो । वेद र ग्रन्थहरुको अध्ययन र अनुसन्धान नेपालमै भएको हो ।
आफ्नै देशका नागरिकलाई अनागरिक बनाइराख्ने षड्यन्त्रको रुपमा हामीले हेरिरहेका छौं । लाखौं जन्मसिद्धका सन्तानहरु अहिले नागरिकता नपाएर पीडामा छन् । उनीहरुले नागरिकता नहुँदा कुनै पनि काम गर्न सकिरहनुभएको छैन । यहाँ राष्ट्रवादको नाममा आफ्नै देशको नागरिकलाई अनागरिक बनाइराख्नु भनेको ठूलो पाप हो ।
मधेशको मुद्दा समाधान गर्नका लागि, जनजातिको मुद्दा समाधान गर्नका लागि गठन भएका पार्टीहरू एक ठाउँमा बस्नुपर्छ । एक ठाउँमा बसे मात्र मुद्दा मजबुत हुन्छ । मजबुतीका साथ हामी मुद्दा उठाउन सक्छौँ । संविधान संशोधनलगायत माग मुद्दाहरू सम्बोधन हुन सक्छ । यसका लागि एक ठाउँमा आउनै पर्छ ।
मधेशी गठबन्धन बन्नुपर्छ भन्ने चाहना स्वाभाविक र आवश्यकता पनि हो । हामीले त पार्टी नै एकता गरी जसपा निर्माण गरेका थियौं । तर यो बीचमा केही कारणवश जसपाबाट हाम्रा नेताहरु अलग पार्टी नै बनाउनुभयो । निश्चितरुपमा हाम्रा माग र मुद्दाहरु एउटै छ । यो चुनावमा पनि यदि चुनावी सहकार्य वा गठबन्धन भयो भने झन राम्रो हुन्छ ।
दलको विकल्प त दल नै हुन्छ । तर दुर्भाग्यको कुरा कुन दललाई राम्रो भन्ने ? अहिले बडो विडम्बनापूर्ण स्थिति छ । जनताका अगाडि विकल्प भएन । यो समुद्र मन्थनरुपी जुन निर्वाचन भइरहेको छ, यसबाट विकल्पको खोजी गर्ने अवसर पनि जनताले पाएका छन् ।
कुनै पनि हालतमा मुख्यमन्त्रीविरुद्ध हाम्रो उम्मेदवारी हुन्छ । यो चुनाव मात्र होइन भ्रष्टाचारविरुद्धको अभियान हो । संघीयतालाई बलियो बनाउने अभियान हो । पहिचानको लडाईलाई अगाडि बढाउने अभियान हो । मुख्यमन्त्री राउतको कारणले मधेश आन्दोलन पनि बदनाम भएको छ ।
यसअघि सरकारमा हुँदा एमालेले नागरिकता विधेयक किन पारित गराउन सकेन त ? त्यतिखेर पारित गराउन सक्नुपर्दथ्यो नि ? अहिले झुठो प्रोपोगाण्डा मच्चाएर जनतालाई भ्रमित गर्ने काम भइरहेको छ । एमाले दुई थरिको राजनीति गर्ने सोचमा छ । तराई तिर जाँदा नागरिकता बनाइदिन्छौँ । अनि यतातिर आउँदा भारतीयलाई नागरिकतामा रोक लगायौँ भनेर भ्रमित गर्ने काम गर्दै आएको छ ।
राष्ट्रपति मधेश र नागरिकता विहिन नेपालको जनताको राष्ट्रपति नै हुनुहुन्न भन्ने मानसिकता आम जनतामा दरिलोसंग प्रवेश गर्यो । एउटा पक्षले राष्ट्रपति हाम्रा बिरोधी हुन् भन्ने महशूस गर्यो भने अर्कोले राष्ट्रपति हाम्रो र हाम्रो मात्र हुन् भनेर खुशी मनाए । आखिर दुबैतिरबाट उनी एकपक्षीय हुन् भन्ने कुरा नै प्रमाणित भयो ।
मधेशी शक्तिहरुबीच गठबन्धनका लागि हामी खुला छौं । त्यसका लागि हाम्रा नेतृत्वले मधेशी शक्तिहरुसँग वार्ता र सम्वाद जारी राख्नुभएको छ । अर्कोतिर सांसद रेशमलाल चौधरीको नागरिक उन्मुक्ति पार्टीसँग पनि चुनावी सहकार्य वा तालमेलका लागि प्रक्रिया अगाडि बढाएका छौं ।
मधेश सरकार भ्रष्ट भएको हो भने त्यसको छानबिन हुनुपर्छ । प्रमाणित गरोस् । हामीले भ्रष्टाचार भएको देखेका छौनौँ । हामीले कानुनसम्मत काम भएको कुरा देखिरहेका छौँ । भ्रष्टाचार गरका छौँ कि छैनौँ भन्ने कुरा छुट्याउन सकेका छैनौँ । सम्बन्धित निकायले छानबिन गरोस् ।
मधेशसँग कसले कस्तो व्यवहार गरेको छ भन्ने कुरा कसैसँग लुकेको छैन । अब भारतीयहरुले नागरिकता पाउँछन् भनेर कम्युनिष्टहरुले एउटा प्रोपोगण्डा गरिरहेका छन् । उनीहरुले झुठ्ठा राष्ट्रवादका खोक्रो नारा लगाएर मधेशलाई दबाउने काम गर्न खोजेका थिए । अब त्यो चल्दैन ।
नेपाल सरकारले ९४ प्रतिशत सनातन धर्म मान्नेहरूको देश हुँदाहुँदै पनि कुनै सुविधा दिएको छैन । नयाँ नेपालको नामका केबल हिन्दू समाजलाई टार्गेट गरियो । हिन्दू समाजको मनोबल कमजोर पार्ने काम मात्र भयो । त्यही भएर नेपालीहरूले नेपाललाई पुनः हिन्दू राष्ट्र बनाउन सकिएन भने बेधर्मीहरूले अस्तित्व नाश हुन्छ ।
सिक्किमीकरण भनेको भारतका मानिसहरू सिक्किममा बसेर भारतमा मिसाएको होइन । सिक्किमका आदिवासी रैथानेहरूले संसदबाट निर्णय गरेर भारतमा बिलय गराएका हुन् । त्यसकारणले सिक्किमीकरण भनेर हौवा फैलाइएको छ । त्यसकारणले भावनात्मक कुरा गरेर केही चुतर मान्छेहरूले आमनागरिकमा आक्रोश फैलाइदिने काम गरेका छन् । त्यस्तो सिक्किमीकरणको कुनै सम्भावना छैन ।
बाबुराममा स्थिरता देखिएन । माओवादी पनि परित्याग गर्नुभयो । नयाँ शक्ति खोल्नुभयो । जनता समाजवादी पार्टीमा आउनुभयो । यहाँ पनि बाधा उत्पन्न गर्न थाल्नुभयो । कि त उहाँका नजिक रहेका साथीहरूले जहिले पनि विचलित गरिरहेको हुनुपर्छ । त्यही विचलनको कारण होला, उहाँ छुट्टिएर जानुभयो ।
मधेश प्रदेशको मेरूदण्ड भनेको कृषि हो । यसमा सरकारले राम्ररी लगानी गरेको भए विकसित प्रदेशको रूपमा आउँथ्यो । कृषिमा जुन रूपमा लगानी हुनुपर्ने थियो, त्यो किसिमले भएको छैन । त्यस्तै, पर्यटनको अपार सम्भावना छ ।
मधेश आन्दोलनपछि आएका पार्टी जुन आफूलाई राष्ट्रिय पार्टी भनेर भन्ने गर्छन् । ती दलका नेताहरूलाई सोध्नुस्, संविधान संशोधन भयो त ? त्यति मात्र होइन नागरिकता समस्या, सेना सामूहिक प्रवेशलगायतका मागहरू किन पूरा हुन सकेनन् ? यिनीहरू मन्त्री बन्ने काम मात्र गर्छन् । पटक पटक यही मुद्दा लिएर उनीहरू सरकारमा गएका छन् ।
प्रदेशको शान्ति सुरक्षाको जिम्मा हामीलाई छ, तर हामीसँग प्रहरी नै छैन । प्रदेशका जनताहरू आफ्नो पीडा र समस्याहरू प्रदेश सरकार समक्ष राख्छन् तर हामी केही गर्न सकिरहेका छैनौं । प्रदेश सरकारले शान्ति सुरक्षा, सुशासन कायम गर्न सकेन भन्ने आरोप हामीमाथि लागिरहेको छ । संघीयताको मूल मर्मलाई संघले आत्मसात गरिरहेको स्थिति छैन ।
तपाईँहरू आसेपासेको कुरामा नलाग्नुस् । उनीहरूले सुनाएको कुराको पछि नलाग्नुस् । उनीहरूले सुनाउने कुरामा मख्ख नपर्नुस् । जनस्तरमा संगठनमा काम गर्ने हामी हौँ । त्यसकारण म भन्छु । तपाईँहरूको अवस्था राम्रो छैन । पार्टी मिलाउनुस् । जसपा लोसपा मिल्नुस् । कांग्रेससँग कुनै हालतमा गठबन्धन नगर्नुस् । बरू एमालेसँग गर्नुस् । एमाले मधेश विरोधी भए पनि गठबन्धन गर्दा उसको मान्छे भोट दिन्छन् ।
डा.सीके राउत निश्चितरुपमा चुनाव लड्नुहुन्छ । उहाँ प्रतिनिधिसभाका लागि नै उम्मेद्वारी दिनुहुन्छ । तर कहाँबाट दिने त्यो अहिले नै निर्णय भइसकेको छैन । उहाँ चुनाव नलड्ने मनसायमा हुनुहुन्थ्यो तर हाम्रा पार्टीका नेता कार्यकर्ताहरुको दबाबका कारण चुनाव लड्ने निष्कर्षमा पुग्नुभएको हो ।
डा. भट्टराई संघीय परिषद्को अध्यक्ष हुनुहुन्छ । यदि उपेन्द्रजी यस्तो गर्नुभएको छ भने कुन दिन उहाँहरू बस्नुभयो ? कुन बैठकमा उपेन्द्रजीले एक्लै निर्णय गर्नुभयो ? उपेन्द्रजीले एक्लै निर्णय गर्नुभयो, हामीहरूलाई राख्नु भएन भनेर उहाँहरूले भन्नुभएको छैन । यदि कुनै निर्णय भएको छ भने तीनै जना दोषी हो ।
मधेश प्रदेशमा माओवादी केन्द्रलाई अलि कति सुदृढ गर्नुपर्ने छ । पार्टीभित्रका अन्तर्विरोधहरूलाई नेतृत्वले समायोजन गर्नुपर्ने अवस्था छ । नेताहरू आ–आफ्नै हिसावले हिंड्ने प्रवृत्तिलाई निरूत्साहित गर्नुपर्ने छ । हाम्रा पार्टीका नेतृत्वपंक्तिमा रहेका नेताहरूले यी कुराहरूलाई ध्यान पु¥याएर दोस्रो तहका नेताहरूलाई सन्तुलित गर्ने, एकआपसमा सामञ्जस्यता ल्याउनुपर्ने स्थितिको सिर्जना गर्नुपर्ने पार्टीलाई चुनौती छ ।