जसपाले मधेश प्रदेश सरकारको नेतृत्व नै गर्न पाउँदैन भन्ने छैन । हामीभन्दा कम सिट ल्याएका साना–साना दलहरुले मुख्यमन्त्रीको दाबी गर्दै हिंडेका छन् । त्यसैले, मधेश प्रदेशको अंकगणित हेर्दा जसपाले नेतृत्व पाउँदैन भनेर भन्न सकिन्नँ ।
जनमत पार्टीलाई प्राप्त जनादेशको विश्लेषण गर्दा जनमतकै नेतृत्वमा सरकार बनाउन भनिएको छ । अन्य दलहरु जो हामीभन्दा बढी मत पाएका छन्, तिनीहरु प्राविधिकरुपमा जनतालाई भ्रमित गरी विभिन्न गठबन्धन गरेर हामीभन्दा बढी मत पाएका छन् । त्यसैले मधेश प्रदेशका जनताले जनमत पार्टीको नेतृत्वमा सरकार बनाउन मतादेश दिएको हो ।
मधेश प्रदेश सरकारको नेतृत्व गर्ने यहाँका मतदाताले दिएको मतादेश हो । अन्य दलहरु गठबन्धन गरेर जाँदा पनि बहुमत ल्याउन सकेन तर जनमत पार्टी एक्लै चुनाव लड्दा राम्रो समर्थन दिएका छन् । त्यो आधारमा मधेश प्रदेशमा जनमत पार्टी सबभन्दा ठूलो पार्टी हो भनौं । जनताले हामीलाई समर्थन दिएपछि हाम्रै नेतृत्वमा सरकार बनाउन पहल गर्ने हाम्रो दायित्व पनि हो । त्यो आधारमा हामीले पहल थालेका हौं ।
जनमत पार्टीको मुद्दा र जनपक्षीय कार्यबाट नै जनताले विश्वस्त भए । आक्रोशको मत अन्य दलहरुलाई पनि जान सक्थ्यो नि, तर जनमत पार्टीप्रति यहाँ जनताले विश्वास गरे । यहाँ ठूला–ठूला गठबन्धनहरु थिए तर यहाँका जनताले जनमत पार्टीलाई विश्वास गरे ।
उपेन्द्र यादवको पराजय र डा.सीके राउतको विजय हुँदा पनि मधेशको मुद्दा संघीय संसदमा अझ आक्रामक रुपमा उठ्ने सम्भावना बढेको छ । उपेन्द्रजी अब आन्दोलनको राजनीतितर्फ फर्किनुहुन्छ । किनभने उहाँले दुईटा ठूलो धक्का बेहोर्नुप¥यो ।
हामी कुनै पार्टी वा उम्मेद्वारको विरुद्धमा लागेको होइनौं, गलत तत्वको विरोध गरेका हौं । जसले जनताको मत लिएर विगतमा काम गरेनन्, जितेर गएपछि जनताको बीचमा नआउनेहरुको बारेमा मात्रै भण्डाफोर गरेका हौं ।
सप्तरी २ मा त्रिपक्षीय भीडन्तकै अवस्था छ । यहाँ दुई जना राष्ट्रिय अध्यक्ष हुनुहुन्छ भने एक जना सत्तारुढ गठबन्धनको तर्फबाट बलिया उम्मेद्वार हुनुहुन्छ । जसले गर्दा सप्तरी २ को चुनावी प्रतिस्पर्धालाई रोचक नै मान्नुपर्छ ।
जितेको उपेन्द्र यादवले मधेशलाई जति गुण लगाउँछ, त्योभन्दा बढी हारेको उपेन्द्र यादवले लगाउँछ । उपेन्द्र यादवले एउटा मास मोभमेन्टको लिडरसिप लिन सक्नुहुन्छ । अहिले उहाँले जुन संविधान संशोधनको कुरा गर्नुभयो, त्यसलाई अझ प्रभावशाली ढंगले अगाडि बढाउनुहुन्छ । त्यसकारणले संसदमा सीके राउत गएपनि राम्रो हो, जयप्रकाश ठाकुर गएपनि राम्रो हो ।
लोकतन्त्रमा दलीय व्यवस्थाको विकल्प हुँदैन । तर, दलहरु विशेष कालखण्डमा एउटा मिशन लिएर स्थापना भएको हुन्छ । त्यो बेला मिशनरी दल हुन्छ । त्यस्ता दलहरु सत्ता सञ्चालनको भूमिका पुग्छ । त्यसमा योग्य र पढेलेखेका व्यक्तिहरु राज्यसत्ता सञ्चालनको भूमिकामा पुग्छन् । त्यसकारणले स्वतन्त्रहरुको उम्मेद्वारी भनेको एक प्रकारको विद्रोह हो ।
जनता भनेको सर्वोपरि हो । यो अधिकार जनतामै छोडिदिउँ । अहिले यहाँ जति पनि उम्मेद्वारहरु छन्, त्यसमा सबैभन्दा बढी पढेलेखेका, योग्य र पाँच वर्षको अनुभव भएको उम्मेद्वार हुँ । जमीनका मुद्दाहरु संसदमा उठाउन सक्ने क्षमता भएकोले र अरुभन्दा फरक तरिकाले काम गरेकोले जनताले पुनः मलाई जिताउँछन् भन्नेमा विश्वस्त छु ।
निर्वाचनमा जतिपनि उम्मेद्वारहरु छन्, सबैलाई म सम्मान गर्छु । अब जनताले निर्णय गर्नुपर्ने हो र गर्छन् । जनताले सही निर्णय गर्छन् भन्नेमा म विश्वस्त छु । म आदरणीय मतदाताहरुलाई अनुरोध गर्न चाहन्छु कि तपाइँहरु प्रलोभनमा नपर्नुस् । आफ्नो मत स्वच्छ मनले अन्तर्आत्माको आवाज सुनेर मत हाल्नुस् ।
धेशविरोधी पार्टीहरुसँग ती पार्टीहरुले गठबन्धन गरिरहेका छन् । मधेशी जनतालाई भ्रममा पारिरहेका छन् । जनमत पार्टी मधेश र मधेशीको सम्मानका लागि एक्लै उभिएको छ ।
मेरो दाबी छ यदि म सीके राउतभन्दा बढी मत ल्याएन भने राजनीतिबाट सन्यास लिन्छु । जनमत पार्टी बनाउन मधेशभरिका सबै युवाहरुको योगदान छ । तर इमान्दार नेता कार्यकर्ताहरुलाई टिक्नै दिँदैन । डा.सीके राउतजी एउटा मुद्दामा अडिग रहने नेता होइन ।
हामी चाहन्छौं कि कुनै पनि बहुमतको सरकार नबनोस्, अल्पमत वा स्वतन्त्रहरुको हातमा यदि संसदको सुरक्षा रह्यो भने संसद सुचारुरुपले अगाडि चल्छ । त्यसैले स्वतन्त्रहरु राम्रो संख्यामा जितेर गयो भने संसद सुरक्षित रहन्छ । त्यसले हाम्रो अभियानलो बहुदलीयतालाई कुनै आघात पुगेको छैन । बरु संसद नै सुरक्षित रहन्छ ।
निश्चितरुपमा मधेशमा एउटा सशक्त आन्दोलनको आवश्यकता छ । यो चुनाव–सुनावले मधेशले केही पनि पाउनेवाला छैन । यसअघि पनि मधेशी जनताले मत दिएर सदनमा पु¥याएका थिए । आठ वटा जिल्लाको मधेश प्रदेशमा सरकार नै बनाउने अवसर पाएका थिए । तर त्यसको उपलब्धि के भयो ?
मधेशी जनताले चाहिरहेका छन् कि मधेशी शक्तिहरु एक ठाउँमा आउनुपर्छ । त्यो भावनाको कदर गर्दै देश र मधेशको मुद्दा सम्बोधन गराउन हाम्रो अध्यक्ष डा.सीके राउतले जसपा र लोसपाका अध्यक्षहरु समक्ष गएर आफ्ना कुरा राख्नुभो । तर उहाँहरुबाट कुनै ठोस कदम चालिएको पाइएन । त्यसकारण, कुनै ठोस सम्वाद पनि भइरहेको छैन ।
विश्वभरिका हिन्दूहरुको आस्थाको केन्द्र नेपाल थियो । नेपाल सुरुदेखि नै शान्त मुलुक थियो र यहाँ कुनै पनि किसिमको विदेशीको चलखेल थिएन । नेपाल भनेको देव भूमि हो, जहाँ भगवान जन्मिनुभएको ठाउँ हो । वेद र ग्रन्थहरुको अध्ययन र अनुसन्धान नेपालमै भएको हो ।
आफ्नै देशका नागरिकलाई अनागरिक बनाइराख्ने षड्यन्त्रको रुपमा हामीले हेरिरहेका छौं । लाखौं जन्मसिद्धका सन्तानहरु अहिले नागरिकता नपाएर पीडामा छन् । उनीहरुले नागरिकता नहुँदा कुनै पनि काम गर्न सकिरहनुभएको छैन । यहाँ राष्ट्रवादको नाममा आफ्नै देशको नागरिकलाई अनागरिक बनाइराख्नु भनेको ठूलो पाप हो ।
मधेशको मुद्दा समाधान गर्नका लागि, जनजातिको मुद्दा समाधान गर्नका लागि गठन भएका पार्टीहरू एक ठाउँमा बस्नुपर्छ । एक ठाउँमा बसे मात्र मुद्दा मजबुत हुन्छ । मजबुतीका साथ हामी मुद्दा उठाउन सक्छौँ । संविधान संशोधनलगायत माग मुद्दाहरू सम्बोधन हुन सक्छ । यसका लागि एक ठाउँमा आउनै पर्छ ।
मधेशी गठबन्धन बन्नुपर्छ भन्ने चाहना स्वाभाविक र आवश्यकता पनि हो । हामीले त पार्टी नै एकता गरी जसपा निर्माण गरेका थियौं । तर यो बीचमा केही कारणवश जसपाबाट हाम्रा नेताहरु अलग पार्टी नै बनाउनुभयो । निश्चितरुपमा हाम्रा माग र मुद्दाहरु एउटै छ । यो चुनावमा पनि यदि चुनावी सहकार्य वा गठबन्धन भयो भने झन राम्रो हुन्छ ।
दलको विकल्प त दल नै हुन्छ । तर दुर्भाग्यको कुरा कुन दललाई राम्रो भन्ने ? अहिले बडो विडम्बनापूर्ण स्थिति छ । जनताका अगाडि विकल्प भएन । यो समुद्र मन्थनरुपी जुन निर्वाचन भइरहेको छ, यसबाट विकल्पको खोजी गर्ने अवसर पनि जनताले पाएका छन् ।
कुनै पनि हालतमा मुख्यमन्त्रीविरुद्ध हाम्रो उम्मेदवारी हुन्छ । यो चुनाव मात्र होइन भ्रष्टाचारविरुद्धको अभियान हो । संघीयतालाई बलियो बनाउने अभियान हो । पहिचानको लडाईलाई अगाडि बढाउने अभियान हो । मुख्यमन्त्री राउतको कारणले मधेश आन्दोलन पनि बदनाम भएको छ ।
यसअघि सरकारमा हुँदा एमालेले नागरिकता विधेयक किन पारित गराउन सकेन त ? त्यतिखेर पारित गराउन सक्नुपर्दथ्यो नि ? अहिले झुठो प्रोपोगाण्डा मच्चाएर जनतालाई भ्रमित गर्ने काम भइरहेको छ । एमाले दुई थरिको राजनीति गर्ने सोचमा छ । तराई तिर जाँदा नागरिकता बनाइदिन्छौँ । अनि यतातिर आउँदा भारतीयलाई नागरिकतामा रोक लगायौँ भनेर भ्रमित गर्ने काम गर्दै आएको छ ।
राष्ट्रपति मधेश र नागरिकता विहिन नेपालको जनताको राष्ट्रपति नै हुनुहुन्न भन्ने मानसिकता आम जनतामा दरिलोसंग प्रवेश गर्यो । एउटा पक्षले राष्ट्रपति हाम्रा बिरोधी हुन् भन्ने महशूस गर्यो भने अर्कोले राष्ट्रपति हाम्रो र हाम्रो मात्र हुन् भनेर खुशी मनाए । आखिर दुबैतिरबाट उनी एकपक्षीय हुन् भन्ने कुरा नै प्रमाणित भयो ।