प्रतिनिधिसभा निर्वाचन–२०७४ को परिणामको पूर्वदेखि पश्चिमसम्मको नक्सा हेर्यौं भने, एउटा विचित्रको तस्वीर सामुन्ने आउँछ। काठमाडौं उपत्यकालाई अलग गरेर हेर्दा पूर्वी पहाडपछि एकैचोटि मध्य पहाडको रसुवामा फेला पर्ने कांग्रेसको चुनाव चिन्ह ‘रुख’ त्यसपछि एकैचोटि सुदुरपश्चिमको डडेलधुरामा देखापर्छ। बाँकी जताततै कि सूर्य देखिन्छ, कि गोलाकारभित्रको हँसिया–हथौडा भेटिन्छ।