राजपा फुट्छ भन्ने कसैले सोच्नु दिवास्वप्न जस्तै हो । फुट्नका लागि ६ वटा राजनीतिक दल मिलेर राजपा बनेको होइन । राजपा मधेशी जनता मात्रै होइन, यो देशमै शोषित, पीडित, उत्पीडित, उपेक्षित समुदाय वर्गको आत्मसम्मान रक्षाका लागि निर्माण भएको पार्टी हो । राजपा कुनै पनि हालतमा फुट्दैन । नेकपा नेतृत्वको सरकारले ल्याएको अध्यादेशबाट राजपा वा समाजवादीलाई हानी हुँदैन, बरु नेकपा नै फुट्ने कगारमा पुगिसकेको छ ।
प्रधानमन्त्री एउटा सक्रिय व्यक्ति त हुनुहुन्छ तर उहाँको स्वास्थ्य अवस्था पनि अत्यन्त कमजोर छ । एक त उहाँ आफ्नै रोगका कारण जोखिममा हुनुहुन्छ र यो कोरोनाबाट अझ उहाँ जोगिनुपर्ने अवस्था छ । त्यसले गर्दा प्रधानमन्त्री पूरै निर्भरता उहाँका कलिग मिनिस्टरहरुप्रति छ । कलिग मिनिस्टरहरु डेलिभरी गर्न सक्ने एक्टरको रुपमा प्रस्तुत गर्नुभन्दा पनि उनीहरु पोष्टर ब्वाइज जस्तो भएका छन् ।
हामीले प्रदेश सरकार र संघीय सरकारसँग पनि आशा राखेका थियौं कि यस्ता केही कार्यक्रमहरु घोषणा गर्नेछ । औषधि र खाद्यान्न वस्तुले मात्र पुग्दैन । हेर्नुस्, जनताले विभिन्न प्रताडनाबाट प्रताडित छन् । मान्छे अहिले डिप्रेशनबाट पनि जुधिरहेका छन् । त्यो आधारमा अहिले हामी विभिन्न आयाममा संघर्ष गरिरहेका छौं । यस्तो अवस्थामा एउटा अभिभावकको रुपमा राष्ट्रलाई सम्बोधन गरोस्, जनतालाई हिम्मत बढाउने काम गरोस् भनेर पर्खेर बसेका थियौं ।
यदि नेपाली सेनालाई सामान खरिद–बिक्रीमा लगाइयो भने नागरिक शासनमा प्रश्न उठ्छ । नागरिक शासनले काम गर्न सकेन त्यसपछि नेपाली सेनालाई गुहार्न थाल्यो भन्ने कुरा आउँछ । अहिले यो विषयमा लामो बहस गर्ने बेला होइन । राज्य असफल भयो भन्ने कुरा यसले नै देखाउँछ ।
हामीले मन्त्रालयबाट विभिन्न संघसंस्थाहरुबाट बोलाएर राहत प्याकेजहरु नेपालभरि १० लाख मान्छेलाई बाँड्ने भनेर सुरुवात गरिसकेका छौं । पूर्णरुपमा हाम्रो काम सुरु भइसकेको छ । गरिब, निमुखा र बेरोजगार भएका जनताहरुलाई एक दिन पनि भोको सुत्न नदिने हाम्रो मिशन हो ।
प्रदेश सरकारले अहिलेसम्म कहीं कतै कुनै किसिमको तयारी गरेको हामीलाई जानकारी वा पत्राचार गरेको छैन । प्रदेश सरकारको सक्रियता हामीले देखेका छैनौं । म एउटा नगरपालिकाको प्रखुम भएकोले हामीसँग कुनै किसिमको सहकार्य वा प्रदेश सरकारको कुनै कार्यक्रम रहेको भन्ने जानकारी दिएको छैन । प्रदेश सरकारको तयारी कता हो त्यो पनि हामीलाई थाहा भएन । तर, हामीलाई प्रदेशबाट कुनै किसिमको तयारी वा समन्वय वा सहयोग प्राप्त भएको छैन ।
प्रदेश २ मा कम्युनिष्ट ३२ र कांग्रेस १९ जना छन् । कम्युनिष्ट र कांग्रेस मिलाएर हामी ५१ पुग्छौं । अहिले राजपा र समाजवादी मिलेर ५५ जना छन् । सत्तापक्षकै साथीहरूले भन्नुहुन्छ कि तपाइँहरू अविश्वासको प्रस्ताव ल्याउनुस् हामी फ्लोर क्रस गर्न तयार छौं । तर, हामी अहिले त्यो पक्षमा छैनौं ।
यो सरकारले नामाकरण र राजधानी टुंगो लगाउँला भन्ने पत्यार लागेको छैन । यो सरकारले नाम र राजधानीको विषयमा अब केही गर्लान् भनेर कसैलाई विश्वास छैन । अब मधेश प्रदेशमा नेकपा पनि मिलेर आउँछ । मधेश प्रदेशको प्रस्तावक नेकपा नै भयो भने आश्चर्य नमान्नु होला ।
जो नेतृत्वमा छन्, उसको आचरणमा सुधार हुन सकेको छैन । जस्तै, प्रधानमन्त्री एउटा गुटको मात्रै नेता जस्तो देखिनुभएको छ । त्यस्तै, मन्त्रीहरू पनि गुट चलाउनमै व्यस्त छन्, भ्रष्टाचार गर्ने, पैसा मात्र कमाउन लाग्ने जस्ता कुराहरूले गर्दा यस्तो बहुमतको सरकार हु“दा पनि जनताले अनुभूति गर्न पाएका छैनन् ।
अहिले नेताहरूको व्यवस्थापनको विषयमा मात्रै बढी ध्यानाकर्षण भएको देखिन्छ । तर विचार, नीति, विधि, सिद्धान्तहरूको सवालमा प्रवेश नगरिकन एकताका बारे बाहिर–बाहिर हल्ला मात्रै भइरहेका छन् ।
प्रदेश २ मा हाम्रै पार्टीको मुख्यमन्त्री भएपनि समानुपातिक समावेशिता जुन मधेश आन्दोलनबाट आएको हो । यसमा मुख्यमन्त्रीजीले अग्रसरता लिएर सुनिश्चित गर्न सक्नुप-यो । मुख्य समस्या हाम्रो निर्वाचन पद्धति नै हो । प्रत्यक्ष निर्वाचन पद्धतिबाट महिलाहरु निर्वाचित भएर आउन सकिरहेका छैनन् ।
राजपाकै शर्तअनुसार समाजवादी सरकारबाट बाहिरिएको हो । हामी सरकारमा हुँदा राजपाका नेताहरूले सरकारबाट बाहिर नआएसम्म वार्ताको प्रक्रिया अगाडि बढ्दैन भन्दै आएका थिए । त्यहीं आशयका साथ नै समाजवादी सरकारबाट बाहिरियो ।
राजपाले उपसभामुख पाउने सम्भावना छ । राजपा फरक दल हो । उहाँहरूसँग यो प्रसंगमा कुराहरू चलेको छ । राजपालाई हामीले प्रतिपक्षी दलभन्दा पनि फरक दलको रूपमा मानेका छौं । अहिले जसरी सहकार्य भएको छ, त्यसलाई मूर्तरूप दिइयो र केही केही विषयमा सहकार्य हुने स्थिति बन्यो भने सत्ता साझेदार पनि बन्न सक्छ ।
प्रदेशका सबै जिल्लामा पाँच-पाँच वटा पर्यटकीय सम्भावनाहरूको तालिका बनाएर प्रचार प्रसार गर्ने तयारीमा छौं । पहिला आफैमा के क्षमता छ, महत्व के हो भन्ने बुझ्नु आवश्यक छ । हामीले प्रदेश २ अध्यात्मकको राजधानी हो भनेर ब्रान्डिङ्ग गरिरहेका छौं ।
यदि कसैमा कमीकमजोरी छ भने त्यसलाई परिवर्तन गरौं । तर सरकार परिवर्तन तर्फ नलागौं । नेकपाको सरकार प्रदेश २ मा आयो भने यो प्रदेशको मौलिकता समाप्त हुन्छ । समाजवादी पार्टी केही सच्चिन जरूरी छ ।
अख्तियार जस्तो संवैधानिक निकायले ‘पिक एण्ड चूज’ गर्न पाउँदैन, सेलेक्टिभ जस्टिस गर्न पाउँदैन । कोही पनि व्यक्ति कानूनभन्दा माथि छैन । भ्रष्टाचार भनेको यो मुलुकका लागि क्यान्सर हो । यसले मुलुकको लोकतान्त्रिक स्थिरतालाई पनि ध्वस्त गर्छ । त्यसैले, भ्रष्टाचार गर्ने जोसुकै हुन्, ती सबै व्यक्ति राष्ट्रका शत्रु हुन् ।
राष्ट्रियसभा निर्वाचनको समयमा दुवै पक्षबीच भेटघाट र छलफल भएको थियो । तर, अहिले यही अवस्थामा सरकारमा जाने कुरा जनभावनाको घोर विपरीत हुन्छ र राजपाले आफ्नो जनाधार गुमाउँछ । यो समाजवादी पार्टीले बुझिसकेको छ र त्यही गल्ती राजपाले पनि गर्नु हुँदैन ।
राजनीतिमा असम्भव भन्ने कुनै चीज हुँदैन । कतिबेला कोसँग सहकार्य हुन्छ वा टुट्छ त्यसको निश्चित हुँदैन । तर, राजपा नेपाल पनि मधेश आन्दोलनको एउटा अहम् हिस्सा हो र आन्दोलनको भावनाविपरीत काम गर्दैन भन्ने हामीलाई लागेको छ ।
एकातिर अधिकारलाई संकुचित गर्दै जाने, प्रतिपक्षीलाई दबाउँदै जाने, न्यायपूर्वक ढंगबाट मुद्दाहरू नचलाउने, कानूनीरूपमा खड्गप्रसादजीले सबै अधिकार आफू मातहत राख्न खोज्ने लगायतका कुराहरूले प्रष्ट संकेत गर्दैछ कि मुलुकमा पुनः द्वन्द्व निम्त्याउन खोजिँदैछ ।
प्रदेश २ मा नेकपा र राजपाको सरकार बन्ने चर्चा त वास्तवमा चलेकै हो । दोस्रो कुरो नेकपा र राजपा मिल्यो भने सरकार बनाउन बहुमत पनि पुग्छ । त्यसकारणले प्रदेश २ मा नेकपा र राजपाको सरकार बनाउने सम्पूर्ण आधार छन् । अब यो मूर्तरूप कहिले लिन्छ, कौतुहुल त छ“दैछ ।
राजपा र समाजवादीबीच एकीकरण हुने कुरामा विश्वास गर्न सकिँदैन । एकीकरणको चर्चा नाटक मात्र हो ।
यो आईसीपी सञ्चालनले गर्दा नेपाल र भारतबीचको सम्बन्धमा एउटा माइलस्टोन साबित हुनेछ । दुवै देशका लागि यो एउटा गौरवको क्षण हो । यसबाट नेपाल र भारतका व्यवसायीले कम लागत, बढी मुनाफा कमाउने हो । लागत बढी लाग्ने भएपछि व्यवसायीहरूलाई धेरै तनाव हुन्थ्यो, त्यो अब कम हुने भएको छ ।
मधेशका दलहरू राजपा र समाजवादी दुवैलाई जनस्तरमा कमजोर बनाउने प्रधानमन्त्रीको सिधा रणनीति हो । समाजवादी पार्टी झण्डै–झण्डै फुटको संघारमा थियो तर, सरकारबाट बाहिरिए पछि जोगिन सफल भयो । दुवै दलमा अहिले पनि विवाद देखिन्छ र त्यो विवाद सत्ताधारी पार्टीबाट नै सिर्जना गराइँदैछ ।
राजपा र नेकपाको अनमेलको गठबन्धन हो । राजपा र नेकपाको विचार, सिद्धान्त, एजेन्डा केही पनि मिल्दैन । त्यसैले, उनीहरूको गठबन्धन प्रतिकूल छ, यो नै हाम्रो लागि सकारात्मक कुरा हो ।