11/11/2018

संविधानप्रति यसरी नै असन्तुष्टि राहिरहँदा यसको लामो भविष्य देखिँदैन । किनभने अहिलेसम्म नेपालमा छ वटा संविधान बनेको छ र यो सातौं संविधानको रूपमा आएको छ । त्यसैलै भन्न सकिँदैन कि यसको अवस्था त्यस्तै नहोला ।

11/11/2018

हामी सरकारमा रहिरहेको अवस्थामा आन्दोलनलाई सरकारी दृष्टिकोणबाट नै हेर्नुपर्छ । तर हाम्रा मुद्दाहरूका बारेमा जसरी उहाँहरूले बढाइरहनुभएको छ त्यो हिजोदेखिकै हाम्रो मागै हो नि । मागको सन्दर्भमा हाम्रो विमति हुने कुरो भएन नि ।

11/2/2018

संविधान संशोधनका लागि काँग्रेसले किन आवाज उठाउने ? यो त सरकार र मधेशी दलबीचको सहमति हो नि । हामी संशोधनको पक्षमा उभिन जहिले पनि तयार छौं तर, त्यो प्रस्ताव त सरकारले ल्याउनुप¥यो । प्रस्ताव ल्याउनका लागि त मधेशी दलले केपी ओलीलाई मत दिएका छन्, हामीलाई त मत दिएको छैन नि । त्यसकारण, संशोधनको प्रस्ताव पहिला सरकारले ल्याउनुप¥यो ।

10/26/2018

प्रदेश प्रहरी ऐन कार्यान्वयनमा जानबाट हामीलाई कसैले रोक्न सक्दैन । यदि केन्द्रलाई अप्ठ्यारो पर्छ भने सर्वोच्च अदालतमा गए हुन्छ । को हतारिएको छ, कसले विलम्ब गरेको छ भन्ने कुरा यो संविधानको व्याख्याको रूपमा त सर्वोच्च अदालतले गर्छ नि ।

10/26/2018

मोदीको पटक–पटकको नेपाल भ्रमणले सम्बन्धलाई बनाउन ठूलो महत्व राख्छ । दुई देशबीच जसरी विशिष्ट सम्बन्ध छ, यस्तो सम्बन्ध विश्वमै कहीं छैन । त्यसमा ठूलो सहयोग पुगेको छ । यस्ता खालका भ्रमणहरू भइराख्नुपर्छ ।

10/12/2018

अब मुलुकै छुट्याउने र विभाजन गर्ने खालको कुनै समूह छ भने हाम्रो राजनीतिक वार्ता टोलीले त्यसलाई समेट्न नसक्ला । हामीलाई दिएको अधिकारभन्दा बाहिर रहला ।

10/12/2018

मन्त्रिपरिषद्ले दिएको ‘टिओआर’ पनि हामीले हेरेका छौं । त्यसले गर्दा हामीलाई अलिकति आशा पलाएको छ । तर, आश गर्नु तर भर नपर्नु भनेजस्तै छौं । हामीमाथि लगाइएको मुद्दाहरू फिर्ता भइसकेको छैन ।

10/5/2018

कसरी विश्वास गर्न सकिन्छ कि निजी पुँजीका भुक्खाहरू, द्रव्यपिचासहरू विकास निर्माण वा समाजवादको दिशामा उन्मुख हुनसक्छ ।

10/5/2018

‘संघीय समाजवादी शिक्षा प्रणाली समृद्ध राष्ट्र निर्माणको मूल आधार, संघीय समाजवादी क्रान्तिको समाजवादी विद्यार्थी फोरम नेपालको ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन’ भन्ने मूल नाराका साथ हामी महाधिवेशनमा होमिएका छौं ।

9/28/2018

तुरून्तका तुरून्त त संविधान संशोधन हुँदैन । हामीले पनि कुनै टाइमबोन्ड बनाएका छैनौं । तर, हामीले संशोधनका लागि दबाब दिँदै आएका छौं ।

9/28/2018

ईपीजीका सदस्यहरू विद्धान हुनुहुन्छ तर उहाँहरू बोर्डरको विज्ञ हुनुहुन्न । उहाँहरूले बोर्डरको जनताको पीडा हेर्नुभएको छैन । उहाँहरूको सम्बन्ध मधेश र बिहारसँग होइन, काठमाडौं र दिल्लीसँग रहेको छ ।

9/21/2018

फोरम नेपाल सरकारमै सहभागी भइसकेको र उसले संविधान दिवसको विरोध गर्ने अवस्था नैतिकताको आधारमा रहेन र समर्थन पनि गर्न सकेन । प्रकारान्तरले यो विरोधप्रतिकै झुकाव  ।

9/18/2018

एकदमै ढाँट्ने काम गरिरहेका छन् र यदि साँच्चै मधेशको विषयलाई सम्बोधन गर्ने हो भने प्रतिनिधत्वको मुद्दाको सन्दर्भमा एउटा ड्राफ्ट बनाउनुपर्छ । संघीयताको सिमाकनको सन्दर्भमा संघीय आयोग बनाउनुपर्छ । भाषा र नागरिकताको सन्दर्भमा कुरा संसदमा आइसकेको छ । मधेशको पहिचान र लोकतान्त्रिक आन्दोलनको मुख्य विषय भनेको संघीयताको सिमाकनको विषय हो ।

9/18/2018

संविधान संशोधनप्रति सरकारको गम्भीरता त देखिन्छ तर गम्भीरताले मात्रै हुँदैन । जसरी प्रधानमन्त्री भन्नुहुन्छ कि आवश्यक्ता र औचित्यको आधारमा संशोधन गर्छौं, तर बोलेर हुँदैन । त्यसका लागि दुवै पक्षको एउटा टीम बन्नुप¥यो, टीमले काम गर्छ । टीमले आवश्यक्ता र औचित्य महसुस गराउँछ । यो तयारी अहिलेसम्म देखिएको छैन । यो तयारी सुरू नभइकन कहिलेसम्म संशोधन हुन्छ भन्ने कुरा भन्न अहिले गाह्रो छ । तर, आश्वासनको कारण हामीले अहिले प्रतिक्षा गरिरहेका छौं ।

9/18/2018

हामीले त पवित्र उद्देश्य राखेर सम्बन्ध सुधारको आयामको खोजी गरेका हौं । त्यसमा दुवै समूहले एउटै पक्ष भएर प्रतिवेदन तयार पारेका छौं । त्यसले गर्दा नेपाल र भारतको दृष्टिकोणको भिन्नता प्रतिवेदनमा देखिदैन । यो हाम्रो सामूहिक प्रयास हो । हामीले समेटेका सबै विषलाई सरकारले स्वीकार गर्ला भनेर पनि अपेक्षा नगरौं तर दुई देशले चाहेको उद्देश्य अनुकुल प्रतिवेदन तयार भएको हुनाले त्यसको सान्दर्भिकतामा दुवै राष्ट्रका प्रमुखहरूले ध्यान देलान् भन्ने हाम्रो अपेक्षा हो ।

9/18/2018

हामीले घोषणा गरेको ५० लाख दिने कुरामा कसैको खल्तीबाट दिने विषय होइन । सो रकम प्रादेशिक सरकारको ढुकुटीबाट दिइनेछ । सो रकम दिनका लागि प्रादेशिक सरकारको निर्णय हुनुपर्छ । सरकारमा रहेका दुई दल मात्रै होइन अन्य दलहरूसँग पनि आवश्यक समन्वय गरेर यो निर्णय गर्नुपर्नेछ । किनभने प्रदेश सरकारको ढुकुटीबाट सो रकम दिइने भएकोले सबै पक्षसँग विस्तृतरूपमा छलफल गरेर त्यो ५० लाख निकासा गरिनेछ ।

9/18/2018

स्वाभाविक रूपमा उहाँको छविमा अहिले फरक परेको छ । विगतमा उहाँ एउटा पार्टीको अध्यक्ष हुनुहुन्थ्यो, आफ्नै प्लेटफर्म थियो । देशको चौथो ठूलो पार्टीको रूपमा उहाँ स्थापित गराउनुभएको थियो । तर, अहिले कांँग्रेसमा हुँदा संसदीय दलको उपनेता र प्रतिनिधिसभा सदस्यबाहेक अन्य कुनै पहिचान छैन । राष्ट्रिय राजनीतिमा उहाँको जुन योगदान थियो, संविधान जारी गर्ने बेलामा उहाँले जे भूमिका निर्वाह गर्नु भएको थियो त्यसको प्रशंसा त हुँदै आएको छ तर, कांँग्रेसले उहाँको योगदान र भूमिकालाई मूल्यांकन गर्न सकेको छैन ।

9/18/2018

राजपा नेपालभित्र संस्थागत बैठकहरूको धेरै अभाव छ । पछिल्लो धेरै दिनदेखि पार्टीभित्र केन्द्रीय समिति, पदाधिकारीहरूको बैठक हुन सकेको छैन । अध्यक्षमण्डलको मात्र बैठक हुने गरेको छ । केन्द्रमा केन्द्रीय सरकारलाई एउटा औचित्यहीन समर्थन रहेको छ जसलाई हामीले संविधान संशोधनको दायित्व दिएका थियौं । तर, ओलीजीले संविधान संशोधनको ‘स’ पनि सुरू गर्नु भएको छैन ।

9/18/2018

संशोधनका लागि त पहिलो कुरा के संशोधन गर्ने, एजेन्डामा सहमति हुनुप¥यो पहिला । अहिलेसम्म के विषयमा संशोधन गर्ने भन्ने विषय नै सहमति जुटिसकेको छैन । सैद्धान्तिकरूपले संविधान संशोधन गर्न सकिन्छ । संविधान भनेको अपरिवर्तनीय दस्तावेज होइन । त्यसकारणले यो जुनसुकै समयमा संशोधन हुनसक्छ ।

9/18/2018

शान्तिपूर्ण आन्दोलन संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले गरेको थियो । थमन विक भन्दा अगाडि अमित कापड, वीरेन्द्र मिश्र, रोहन चौधरीको मृत्यु कसरी भयो त्यो सन्दर्भमा पनि कुरा उठाऔं न । हामी शान्तिपूर्ण आन्दोलनमा विश्वास गर्ने मान्छे हो । जहाँ थमन विक घाइते भएर ३५ वटा टाँका लगाइएको भनिएको ठाउँमा एक थोपा पनि रगत देखिदैंन, यो प्रहरीको प्रतिवेदनले भन्छ ।

9/18/2018

हामी राजनीतिक आन्दोलनकारी हौं र त्यसैअनुसार हामी आफ्नो नीति अपनाउँछौं । राजनीति गर्ने मानिसहरू र आन्दोलनकारीहरूको अगाडि चुनौतीहरू पनि हुन्छन् । यी सबै कुराहरूलाई ध्यानमा राखेर नै आन्दोलनकारीहरू आफ्नो मुद्दा अगाडि बढाइरहेका हुन्छन् । त्यसैले, यी सब कुरा हाम्रा लागि कुनै नयाँ कुरा होइन । यसलाई हामी सामना गर्न तयार छौं । तर, राज्यले मधेशीलाई कुनै ठाउँमा सुरक्षा फौजसँग लडाउन खोजिरहेको छ, कुनै ठाउँमा अदालतसँग पनि लडाउन खोजिरहेको छ ।

9/18/2018

केही बोल्नुभन्दा गरेर देखाउनु राम्रो हो । राजपाले बाहिरबाट बोलिरहेको छ तर हामी भित्रबाट गरिरहेका छौं । अब हामी बोल्ने अवस्थामा छैनौं किनकि हामी सरकारमा छौं, हामीले गर्नुपर्छ । हाम्रो पार्टीका अध्यक्ष नै उपप्रधानमन्त्रीजस्तो गरिमामय पदमा बस्नुभएको छ, उहाँले प्रतिपक्षजस्तो भाषण गर्न मिल्दैन । उहाँले बोल्नुभन्दा पनि गरेर देखाउनुपर्छ । हाम्रो पार्टीले राजबन्दीहरूको रिहाई र झुठा मुद्दा फिर्ता गराउँछ ।

9/18/2018

संविधान संशोधनको एजेन्डा अहिले पनि कांग्रेसले बोकेको छ । यदि हामीले संशोधनको मुद्दा नलिएको भए हिजोका दिनमा किन हामी संशोधन प्रस्ताव दर्ता गराउँथ्यो त ? कसरी त्यो संशोधन विधेयक तात्कालीन संसदमा पेश भयो । त्यसैले संविधान संशोधन हाम्रो मुद्दा त छँदैछ नि । हामीले मधेशकेन्द्रित दलहरूसँग मिलेर बनाएको मुद्दा हो । अहिले कांग्रेससँग संविधान संशोधन गर्ने क्षमता छैन ।

9/18/2018

अब मधेशमा कहीं न कहीं ठूलो ‘रिएक्सन’ हुन्छ । त्यो ‘रिएक्सन’बाट अर्को रूप लिन्छ । प्रदेश २ कै कुरा गर्ने हो भने सिडियोले त्यहाँका मुख्यमन्त्रीको कुरा टेर्दैन । जिल्लाका हरेक निकाय केन्द्रको मातहतमा छन् भनेपछि संघीयता कहाँ छ ? बरू तत्कालिक रूपमा धेरै जनाले जागिर पाएका छन्, स्वार्थ सिद्धि गर्न सक्छन् ।

9/18/2018

संविधान संशोधनको एजेन्डा मधेशकेन्द्रित दलहरूले उठाएको हो । त्यहीं मुद्दामा सहमति गरेर आज फोरम संघीय सरकारमा पनि छ । सरकारमा बसेर फोरमले किन संविधान संशोधनबारे आफ्नो प्रस्तुति देखाउन सकेको छैन । यदि सत्तारूढ दलहरूले संशोधन विधेयक संसदमा ल्याए भने कांँग्रेसले त्यसमा विचार गर्छ । हाम्रा पार्टीका सभापतिज्यूले संसदमा पनि भनिसक्नुभएकै छ कि समर्थन गर्छौं । यस्तो अवस्थामा यो सरकारको जिम्मेवारी हो ।



ट्रेन्डिङ