० जनमत पार्टीले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पाएको मतादेशको संकेत के हो ?
— जनमत पार्टी भनेको जनताको बीचबाट जनताकै मत लिएर स्थापित भएको पार्टी हो । यो चुनावबाट जनमत पार्टीलाई जनताले दिएको मतादेशलाई हृदयदेखि नै हामी कदर गर्दै धन्यवाद ज्ञापन गर्न चाहन्छौं । हामीले आफ्नो घोषणापत्र अनुसार कार्यभार पूरा गर्नेछौं ।
० यो चुनावमा जनमत पार्टीले सप्तरी जिल्लाा राम्रो प्रदर्शन ग¥यो, त्यो किसिमले अन्य जिल्लामा देखिएन नि ?
— नेपालको इतिहासमा आजसम्म मधेशको राजनीति सप्तरी जिल्लाबाट नै बिगुल फुकिन्छ । सप्तरी जिल्ला दिने जनादेश समग्र देशभरि नै फैलिन्छ । यो चुनाव हाम्रो लागि पहिलो चुनाव हो । जनमत पार्टीले सप्तरीबाट बिगुल फुकिसकेको छ । सप्तरीका जनताको सो जनादेशलाई हामी सम्मान गर्दै आगामी दिनका लागि मधेशका हरेक जिल्लामा पु¥याउने छौं । हामी केही ठाउँमा जितेपछि एकदमै खुशी र अन्य ठाउँमा अपेक्षित परिणाम नआएपछि दुःखी हुने अवस्था छैन । हामी जुन मुद्दा लिएर मैदानमा आएका छौं, त्यो मुद्दालाई पूरा गराउन लाग्नेछौं । आगामी दिनमा देशकै सबभन्दा ठूलो पार्टी जनमत पार्टी बन्ने आशा र विश्वासका साथ काम गर्नेछौं । आज सप्तरी जिल्लामा हामीलाई जुन जनादेश प्राप्त भएको छ, त्यहीं जनादेश हरेक जिल्लाबाट प्राप्त हुनेछ ।
आगामी चुनावबाट मधेशका हरेक जिल्लाबाट जनमत पार्टीलाई जनादेश आउँछ नै । यो चुनावमा अन्य पार्टीहरुले पैसाको चलखेल गरेका होलान् । होइन भने मधेशमा डा.सकिे राउत र जनमत पार्टीप्रति जुन लहर थियो, त्यसमा ह्रास भएको हामीले महसुस गरेका छौं । तर, जनता र हाम्रा कार्यकर्ताका बीचमा नैतिकरुपले कतै पनि हामी तल खस्केका छैनौं । हिजोसम्म हाम्रो केही थिएन तर आजा धेरै ठूलो उत्साह छ । स्थानीय तहको चुनावमा पनि सप्तरी जिल्लामा दुई पालिकामा हामी विजयी भएकै हौं र यसपालिको चुनावमा पनि एउटा प्रतिनिधिसभा र प्रदेशसभामा विजय हासिल गरेकै छौं । अहिलो समानुपातिक मत गणना बाँकी नै छ । जनताले अवश्य नै जनमत पार्टीलाई विश्वास गारेको अवस्था छ । त्यसकारण अहिले नै आत्तिहाल्ने स्थिति छैन ।
० मधेश प्रदेशसभामा जनमत पार्टीको भूमिका कस्तो रहनेछ ?
— प्रदेशसभामा हामीले संघीयताको संरक्षण र त्यसबाट जनतालाई प्राप्त हुने उपलब्धिबारे विशेष जोड दिनेछौं । विगतका सरकारले जसरी संघीयताको दुरुपयोग ग¥यो, कार्यकर्ता पाल्ने, भर्ति केन्द्र बनायो त्यसबाट हामीले उन्मुक्ति दिएर मधेश प्रदेशको विकास, समृद्धि, रोजगारी, भ्रष्टाचार उन्मूलन लगायतमा हामी काम गर्नेछौं ।
० मधेश प्रदेशका बहालवाला अर्थमन्त्रीलाई दोब्बरभन्दा बढी मतले पराजित गर्नुभयो । तपाइँले त्यस्ता के–के आश्वासना दिनुभएको हो ?
— सही कुरो हो, मधेश प्रदेशका बहालवाला मन्त्रीलाई दोब्बरभन्दा पनि बढी मतले पराजित गरें । त्यो मेरो जीत होइन, जनताको जीत हो । यो क्षेत्रबाट जितेर गएर सांसद लगातार पाँच वर्षसम्म प्रदेशको मन्त्री हुनुभयो तर जनपक्षीय काम भएन भनेर जनगुनासो छ । यो प्रदेशको सरकारले जनताको आवश्यकताभन्दा पनि आफ्नो पार्टीका कार्यकर्ता पाल्ने, भ्रष्टाचार गर्ने, सुशासन कायम गराउन नसक्ने जस्ता कार्यहरु मात्रै भएको जनताले महसुस गरे । त्यसबाट जनतामा जुन आक्रोश थियो, त्यो आक्रोश जनताले ब्यालेटमार्फत् अभिव्यक्त गरेका हुन् । अहिले यहाँका जनताले मलाई जुन जनादेश दिएको छ, जुन विश्वास गरेको छ, त्यसमा पूर्णरुपमा समर्पित भएर हामी काम गर्नेछौं ।
० भनेपछि, यस क्षेत्रका निवर्तमान सांसदप्रतिको निराशाको मत जनमत पार्टीतिर आएको हो ?
— ती सांसदहरुप्रति यहाँका जनताको आक्रोश त छँदैथियो । तर जनमत पार्टीको मुद्दा र जनपक्षीय कार्यबाट नै जनताले विश्वस्त भए । आक्रोशको मत अन्य दलहरुलाई पनि जान सक्थ्यो नि, तर जनमत पार्टीप्रति यहाँ जनताले विश्वास गरे । यहाँ ठूला–ठूला गठबन्धनहरु थिए तर यहाँका जनताले जनमत पार्टीलाई विश्वास गरे । हामीले गठबन्धनका उम्मेद्वारहरुलाई १० हजारभन्दा बढी मतले पराजित गरेका छौं । यो जनताको विश्वास हो, यसमा हामी कुनै किसिमको सम्झौता गर्दैनौं । जनताको अब एउटै आशाको केन्द्र जनमत पार्टी र डा.सीके राउत नै हो । जनमत पार्टी र डा.सीके राउतप्रतिको आशा र विश्वासका कारण जनताले प्रचण्ड बहुमतका सात सप्तरी जिल्लामा हामीलाई जिताएका छन् ।
० मुख्यरुपमा जनमत पार्टीमाथि जुन विश्वास जाग्यो, तपाइँहरुको प्रतिबद्धताहरु के–के छन् ?
— खासगरी जनताको जनजीविकासँग जोडिएका सवालहरुलाई जनमत पार्टीले सुरुदेखि नै उठाउँदै आएको छ । यहाँ सामान्य समस्याहरुदेखि लिएर राष्ट्रिय मुद्दाहरु पनि जनमत पार्टी आफ्नो अवधारणा प्रष्ट पार्दै आएको छ । यहाँ भ्रष्टाचार, बेरोजगारी, किसानका समस्या, स्वास्थ्या, शिक्षा लगायतका विषयमा समाधान गर्ने आश्वासन दिएका छौं । यहाँका जनताका मूलभूत समस्याहरुको जरैदेखि समाधान गर्ने हामीले प्रतिबद्धता जनाएका छौं । त्यहीं विश्वासका साथ जनताले हामीलाई मतदान गरेका छन् । त्यहीं हिसावमा हामी आगामी दिनमा काम गर्नेछौं ।
० अहिले जनमत पार्टीको प्रतिनिधित्व संघीय संसद र प्रदेशसभामा भयो । जनमत पार्टीले उठाउँदै आएका सवालहरु अब समाधान हुनेछ ?
— हामीले जनताका बीच पूरा हुन नसक्ने कुनै सपना बाँडेका होइनौं । जनताको जनजीविकासँग जोडिएका समस्याहरुको समाधानका लागि रोडम्याप बनाएका छौं । विगतमा जनमत पार्टीले भ्रष्टाचार विरोधी आन्दोलन, किसानका समस्या समाधानका लागि आन्दोलन गरेको छ । जनमत पार्टीमा एकसेएक विद्वान र विज्ञहरु छन् । हामीलाई जनताले जुन मतादेश दिएको त्यो हैसियत अवश्य नै पूरा गर्ने प्रयास मात्र होइन, रिजल्ट दिनेछौं । मधेशको शिक्षा, स्वास्थ्य, कृषि, विकासका पूर्वाधारहरुमा सुधार ल्याउनेछौं भनेर प्रतिबद्धता जनाएका हौं । सम्पूर्ण समस्याहरु समाधानका लागि हामीले आफ्नो ठाउँबाट इमान्दारीपूर्वक भरपूर प्रयास गर्नेछौं । आगामी पाँच वर्षपछि हामीमाथि कसैले औंला उठाउने ठाउँ रहन दिँदैनौं । हामीले पाएको मतादेशको पूर्णरुपमा सदुपयोग गर्नेछौं । आगामी चुनावमा जनताले यसको मूल्यांकन गर्ने नै छ ।
तपाईको प्रतिक्रिया