उपेन्द्र यादवले गरे अंगदान गर्ने घोषणा

स्वास्थ्य शैली

3/15/2019

भक्तपुर, ३० फागुन । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले मरणोपरान्त अङ्ग दान गर्ने घोषणा गरेका छन् ।

बिहीबार विश्व मिर्गौला दिवसका अवसरमा ‘मिर्गौला स्वास्थ्य : जहाँसुकै जोसुकैको लागि’ भन्ने नाराका साथ शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर र आरोग्य प्रतिष्ठान पुुल्चोक ललितपुरको संयुक्त आयोजनामा भक्तपुरमा भएको दशाँै नेपाल प्रत्यारोपण खेलकूद प्रतियोगितामा उपप्रधानमन्त्री यादवले अङ्ग दान गर्ने घोषणा गरेका हुन् ।

सोही कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री डा.सुरेन्द्रकुमार यादव र नेपालका लागि कोरियाली राजदूत पार्क योङले पनि मरणोपरान्त अङ्ग दान गर्ने घोषणा गरेका छन् ।

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ