स्वास्थ्य संस्थामा सेवा लिने महिलाको संख्यामा वृद्धि

स्वास्थ्य शैली

11/4/2018

बाँके, १७ कार्तिक । बाँकेको डुडुवागाँउपालिकामा पछिल्लो एक वर्षमा प्रजनन स्वास्थ्यका क्षेत्रमा उल्लेखनीय सुधार देखिएको छ ।

प्रजनन, परिवार नियोजनको साधन प्रयोग, नवजात शिशु मृत्यु, पाँच वर्ष मुनिको बालमृत्यु, कम्तीमा चार पटक गर्भ जाँच गराउने महिला, दक्ष प्रसूतिकर्मीबाट प्रसू्ति गराउने महिला, स्वास्थ्य संस्थामा प्रसूति गराउने महिला, तथा पूर्ण रुपमा सबै प्रकारका खोप लगाउने बालबालिकाको प्रतिशतमा प्रगति देखिएको होलिया स्वास्थ्य चौकीका इन्चार्ज प्रेम सोमाईले बताए ।

२०७४/७५ को आर्थिक सर्वेक्षणका अनुसार परिवार नियोजनको साधन प्रयोग दरमा गत वर्षको भन्दा तीन प्रतिशतले वृद्धि भएको छ ।

जाजरकोटबाट सरुवा भएर होलिया स्वास्थ्य चौकीमा आएकि अनमी सिमा घर्ति मगर खानले प्रजनन स्वास्थ्य, आमा सुरक्षा कार्यक्रमका कारण पछिल्लो वर्षमा यस क्षेत्रमा सुधार आएको बताउँछिन् ।

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ