चलचित्र नगरीको परिकल्पनातिर अग्रसर हुँदै प्रदेश २ : अध्यक्ष मोरबैता

कला/संस्कृति

7/9/2021

० प्रदेश दुईको चलचित्र तथा लोक संचारको अध्यक्ष बन्न पाउ“दा कस्तो अनुभव गरिराखनु भएको छ ?

— धेरै खुशी छु र जिम्मेबारी पनि त्यतिकै मेरो कांधमा आएको छ ।

० जिम्मेबारी पाउनु भएको कति समय भयो ?

— अध्यक्षको रुपमा तीन महिना अगाडी मन्त्री परिषद्को निर्णयबाट काम गर्ने अवसर प्राप्त भएको हो । अहिले ३ जना सदस्य पनि मन्त्री परिषद्को बैठकबाट निर्णय भएर नियुक्त भएपछि काम काज गर्न सहज हु“दै गएको छ । अशोक दत्त र बिएन पटेल मैथिली कला क्षेत्रको निकै पुरानो र अनुभवि हुनुहुन्छ । त्यस्तै पुष्पाजी पनि निकै मिहेनती कलाकार भएको हुनाले सबैबाट सहयोग पाइरहेको छु । यहि असार १० गतेदेखि मात्र बोर्डको खाता संचालन आएको हुनाले यसपाली खासै काम गर्न सकेन भाद्रदेखि विभिन्न योजनाहरुको काम अगाडी बढाउ“छु ।

० तपाई केन्द्रको अध्यक्ष समेत भइसकेको हुनाले अब प्रदेशमा पहिलो चोटी अध्यक्ष जस्तो पदको जिम्मेवारी पाउ“दा कतिको सहज र सहयोग पाइराख्नु भएको छ ?

— हेर्नुस, म पहिला नै भनि सकेको छु कि मेरो का“धमा ठूलो जिम्मेवारी आएको छ । आफ्नो पदलाई कामको रुपमा हेर्छु । नेपाल चलचित्र विकास वोर्डको अध्यक्षमा २०६९ देखि २०७१ सम्म म मात्र आफ्नो कार्यकाल पूरा गरेको छु । बा“की कुनै अध्यक्ष छ महिना त कुनै ८ महिना मात्र पदमा बसेको इतिहास सम्पूर्ण कलाकार मित्रलाई थाहा भएकै हो । प्रदेश २ मा पनि म आफनो कार्यकाल अवधिमा बोर्डलाई सिस्टममा ल्याएर योजनावद्ध तरीकाले पूर्ण इमान्दारीताको साथ काम गर्नेछु । ताकी म पछि आउने अर्को अध्यक्षलाई काम गर्न एकदम सहज होस् । अहिले म मन्त्रालयदेखि कला क्षेत्रस“ग सम्बन्धित अग्रजहरुस“ग निरन्तर सरसल्लाह र छलफलमै हुन्छु ।

० अहिले कुन कुन योजना बनाउ“दै हुनुहुन्छ ?

— योजनाहरु त धेरै छन् तर तत्काल हामीले कलाकार संचय कोषको व्यवस्था, प्रदेशमा रहेका सम्पूर्ण कलाकारहरुको तथ्यांक संकलन, चलचित्र निर्मातालाई प्रोत्साहन गर्न अनुदानको व्यवस्था र एउटा चलचित्र नगरीको योजना रहेको छ ।

० अनुदान कुन हिसाबले कस्तो निर्मातालाई दिनु हुन्छ ?

— हेर्नुस, आफनो कलासंस्कृति भेषभुषा झल्किने, आफनो भाषाभाषीको फिल्म निरन्तर बनाउने निर्मातालाई प्रोत्साहन स्वरुप ३०–४० प्रतिशत कुल लगानी हिसावले दिने योजना रहेको छ । त्यस्तै जो सधैंभरि कला क्षेत्रमा काम गरिरहन्छ अन्य कुनै व्यवसाय छैन भने त्यस्तो कलाकारलाई नियमपूर्वक हेरेर केही संचय कोषको वयवस्था गर्छ । तथ्यांक संकलन भनेको व्यवस्थित गर्नु हो । कुन कलाकारको कुन बिधा हो । सबैलाई बिधा अनुसार जोडेर एक ठाउ“मा ल्याउने लक्ष्य छ । जसले गर्दा कुन बिधामा कति जना कलाकार छन् । कसका लागि के गर्न सक्छांै । भनेर काम गर्न पनि सजिलो हुन्छ । अर्का योजना अनलाई मार्फत संसारभरि हाम्रो भाषाभाषीको फिल्म चलाउन सजिलो होस् भनेर योजना अगाडि ल्याएका छौं । नेपालमा सधैं बन्द हडतालको कारण समयमा सिनेमा हलहरुमा दर्शक पुग्न सक्दैन । अनलाइनमार्फत टिकट काटेर फिल्म हेर्न चलन पनि आइसकेको हुनाले हामी यसलाई पनि प्राथमिकताका साथ अगाडि बढाएका छौं । अर्का रहेको छ चलचित्र नगरी । फिल्म बनाउ“दा सम्पूर्ण उपकरण एकै ठाउ“मा पाउ“दैन । कुनै सामान काठमाडौं, कुनै सामान पटना, कुनै सामान विराटनगरबाट ल्याउनुपरेको छ । कति सामान ल्याउ“दा ल्याउ“दै गाडिमै टुटफुट भएको पनि अनेकौं उदाहरण छन् । चलचित्र नगरी बनाउ“दा क्यामेरा, लेन्स, लाईट, मेकअपमेन, भान्से, गाडी घोडा, पोसाकदेखि समुन्द्रको सिन, हिमालको सिन, बाढी पहिरो, जंगल, रेल, हाथी, घोडा, कुकुर बा“दर जस्तासम्पूर्ण सुबिधा एकै ठाउ“मा भइदियो भने कसैलाई तनाब पनि हु“दैन । आफ्नो सेडयूल अनुसार समयमै फिल्मको छायांकन सम्पन्न हुन्छ र खर्चदेखि समयको पनि बचत हुन्छ ।

० कसरी सम्भव हुन्छ त यस्तो ठूलो योजनाहरु ?

— सबैजनाको साथ रहयो भने अवस्य सम्भव हुन्छ । समुन्द्रको रुपमा सप्तकोशी नदी छ । ताजमहलको रुपमा जानकी मन्दिर छ । हिमाल, पहाड, झरना सबै सम्भव हुन्छ । आर्ट डायरेक्टरको काम हो । हामीले चलचित्रस“ग सम्बन्धित विज्ञहरुस“ग निरन्तर छलफलमा छोैं ।

० चलचित्र बोर्डको अफिस जनकपुरको कुन ठाउ“मा रहेको छ ?

— पहिलो चोटी चलचित्र बोर्ड स्थापना भएकोले धेरै कलाकार मित्रलाई अफिस खोज्न अली गाह्रो भइरहेको हामीलाई पनि जानकारी भएको छ । वकील मोहलाको पुरानो लोकसेवा आयोगको भवनमा हाम्रो रहेको छ ।

प्रस्तोता : कमल मण्डल

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ