काठमाडौं, ५ चैत । नेपाल सुपर लिग (एनएसएल) को गुडविल एम्बेसडर भारतीय अभिनेता बनेका छन् । यस फ्रेन्चाइज फुटबल प्रतियोगिता एनएसएलको एम्बेसडर अभिनेता सोहेल खान बनेका हुन् ।
आयोजक नेपाल स्पोर्टस् म्यानेजमेन्टले प्रतियोगिताको ब्रान्ड एम्बेसडर बनेको जनाएको हो ।
वैशाख ११ देखि २५ गतेसम्म चल्ने प्रतियोगीतामा सात फ्रेन्चाइज टिमले सहभागिता जनाउनेछन् ।
जसमा काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, विराटनगर सिटी फुटबल क्लब, धनगढी एफसी, एफसी चितवन, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसीको सहभागिता रहनेछ ।
प्रतियोगिताको उद्दघाटन खेलमा अभिनेता खान नेपाल आउने आयोजकले जनाएको छ ।
तपाईको प्रतिक्रिया