पूर्वउपराष्ट्रपति झाको शल्यक्रिया सफल

कला/संस्कृति

3/25/2021

काठमाडौं, १२ चैत । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा पूर्वउपराष्ट्रपति परमानन्द झाको पित्तथैलीको सफल शल्यक्रिया गरिएको छ ।

ल्याप्रोस्कोपी विधिबाट शल्यक्रिया गरी पूर्वउपराष्ट्रपति झाको पित्तथैलीको पथरिया निकालिएको काठमाडौं मेडिकल कलेजले जनाएको छ ।

पथरीको समस्याले सताएपछि चिकित्सकको सल्लाह अनुसार शल्यक्रिया गराउन पूर्व उपराष्ट्रपति झा केएमसी भर्ना भएका थिए ।

केएमसीका बरिष्ठ सर्जन प्रा.डा.सुमन श्रेष्ठ, डा.प्रविन थापा, डा.युगल लिम्बू, डा.विशाल थापा लगायत चिकित्सकहरुको टोलीले सफलतापूर्वक शल्यक्रिया गरेर पित्त थैलीसहित त्यहाँ भएको पथरिया निकालेको हो ।

शल्यक्रिया पश्चात झाको स्वास्थ्य अवस्था सामान्य रहेको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । दाहालका अनुसार झालाई शुक्रबार डिस्चार्ज गर्ने तयारी गरिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ