काठमाडौं, २१ जेठ । भारतीय गायन रियालिटी सो सारेगमपमा नेपाली बाल प्रतिभाले धमाका मच्चाएका छन् । नेपाली बाल गायक आयुष केसी र प्रितम आचार्य सारेगमपको फाइनलमा प्रवेश गरेका हुन् । फाइनलमा ६ जना प्रतिस्पर्धीबीच गायन प्रतिस्पर्धा हुनेछ ।
आयुष भक्तपुरका हुन भने प्रितम इटहरीका हुन् । जी टिभीमार्फत प्रत्येक हप्ताको शनिबार र आइतबार सारेगमप प्रसारण हुने गर्दछ। यहाँ भारतका चर्चित गायक तथा संगीतकार निर्णायकको भूमिकामा छन् ।
आयुषले यसहप्ता ‘तुम मिले’ भन्ने गीत गाएका थिए भने प्रितमले ‘तडप तडप के इस दिलसे’ भन्ने गीत गाएका थिए ।
तपाईको प्रतिक्रिया