वीरगन्ज, ३१ साउन । वीरगन्जमा फिल्म महोत्सव हुने भएको छ । असोज १ देखि वीरगन्जमा फिल्म महोत्सव को आयोजना हुने भएको हो ।
चलचित्र निर्माता संघले आयोजना गर्न लागेको फिल्म महोत्सवमा नेपाल र बलिउडका फिल्मकर्मीहरू सहभागी हुनेछन् ।
चलचित्र विकास बोर्ड र नेपाल उद्योग वाणिज्य महासंघको सह–आयोजनामा हुन लागेको महोत्सव आगामी असोज ३ सम्म चल्नेछ ।
‘तराई, पहाड र हिमालको उत्सव, नेपाली फिल्मको स्वर्णिम महोत्सव’ नारासहित महोत्सव हुन लागेको चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले बताए ।
उनका अनुसार नेपाली फिल्म र तराईका दर्शकसँग रहेको दुरी घटाउने प्रयासस्वरुप वीरगन्जमा महोत्सवको आयोजना गर्न लागिएको हो ।
तपाईको प्रतिक्रिया