सिरहा, १५ साउन । सिरहा गोलबजारका नवयुगल जोडी शान्ति सदा र गुरुशरण सदाको नयाँ नेपाली गीत ‘सुन न दिलको कुरा’ नामक म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
प्रिती चौधरी र सुजित मगरद्वारा मोडलिंग गरिएको उक्त म्युजिक भिडियो छिन्नमस्ता फिल्मस् युट्युब च्यानलमार्फत मंगलबार सार्वजनिक गरिएको हो ।
गुरुशरण सदाद्धारा रचित यस गीतलाई विशाल निरौलाले संगितबद्ध गरेका छन् भने म्युजिक भिडियोको निर्देशन राजु राजदेव चौधरीले गरेका छन् ।
प्रेमभावमा सृजित यस गीतको म्युजिक भिडियोमा मिस सिरहाका सेकेन्ड रनरअप प्रिती चौधरीले र सुजित मगरले युगलजोडीको रुपमा मोडलिङ्ग गरेका छन् ।
डानसिंग विटमा रहेको यस गीतलाई धरा नबजार, बुढा सुवा मन्दिर र विराटनगरका विभिन्न स्थानमा छायांकन गरिएको म्युजिक भिडियोलाई सन्तोष गुरुङ्गले कोरियोग्राफि गरेका छन् ।
प्रेमभावले समेटिएको यस म्युजिक भिडियोले युवा युवातीलाई मनछुने सकिने भिडियोका निर्देशक राजुदेव चौधरीले बताए ।
मैथिलीभाषी एवम् तराई–मधेशका नवयुगल गायन जोडी शान्ति सदा र गुरुशरण सदाको चौथो नेपाली म्युजिक भिडियो रहेको गायिका शान्ति सदाले बताइन् ।
तपाईको प्रतिक्रिया