काठमाडौंं, २९ मंसिर । सञ्चारकर्मी चन्द्रमणी गौतम ‘बिरिसु लोक संगीत सम्मान–२०७८’ बाट सम्मानित भएका छन् ।
‘कला र संस्कृतिको पहिचान, कलाकर्मीको सम्मान’ भन्ने मूल नाराका साथ बिरिसु मिडियाले आयोजना गरेको स्टार म्युजिक एण्ड फिल्मस अवार्ड–२०७८ मा सञ्चारकर्मी गौतमलाई सम्मान गरिएको हो ।
अवार्ड ४९ बिधामा बाडिएको हो । कार्यक्रम काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै बागमती प्रदेशका उप–सभामुख राधिका तामाङले सुदुरपश्चिम सम्मका गीतसंगीतलाई अवार्डमा समेटिनु राम्रो कुरा भएको बताइन् ।
“यो पहिलो म्युजिक अवार्ड कार्यक्रममा अवार्ड प्राप्त गर्नु हुने सबैलाई बधाई एवं शुभकामना । सुदुरपश्चिम सम्मका गीतसंगीतलाई अवार्डमा समेटिनु राम्रो कुरा हो ।“ उनले भनिन ।
तपाईको प्रतिक्रिया