गायक आत्यिनारायण मिथिला रत्नबाट सम्मानित

कला/संस्कृति

काठमाडौं, १२ मंसिर । भारतका पूर्वप्रधानमन्त्री तथा भारत रत्न अटलविहारी बाजपेयीको सम्मानमा स्थापित ‘मिथिला रत्न’बाट बलिउड गायक आदित्यनारायण झा सम्मानित भएका छन् ।

भारतमा अटल ‘मिथिला रत्न‘ सम्मानको परम्परा सन् २०१६बाट सुरु भएको हो । यसको चौथो संस्करणमा बलिउड गायक झासहित भारतका चर्चित टेलिभिजन पत्रकार रजत शर्मालाई सम्मान गरिएको हो ।

त्यस अवसरमा भारतीय लोकसभाका सभामुख ओम विरला, भारतीय राज्यसभामा पूर्व सदस्य प्रभात झा, बिहार दरभंगाका सांसद गोपालजी ठाकुर, भारतयि सुप्रसिद्ध गायक उदितनारायण झा, बलिउडकी पाश्र्व गायिका पलक मुच्छलसहितको उपस्थिति थियो ।

यसैबीच बलिउड गायक आदित्यनारायण झाले सामाजिक सञ्जालमा विश्वका विभिन्न भागमा रहेका मिथिलाका साथीहरू र अन्य धेरै कुशल मैथिलहरूका साथमा यो प्रतिष्ठित मिथिला रत्नबाट सम्मानित हुन पाउँदा गौरवान्वित भएको बताएका छन् ।

उनले भनेका छन्, ‘भारतीय लोकसभाका सभामुख ओम बिरला, भारतीय संसदका साथै मित्रहरु उपेन्द्र महतो (नेपाल) र रतन झा (अमेरिका) संगै चर्चित पत्रकार रजत शर्मा र बलिउडका प्रतिष्ठित गायक उदितनारायण झालाई भेट्न पाउनु आफनो लागि स्मरणीय रहेको छ ।’

मिथिला समृद्ध सांस्कृतिक र पुरातन प्रमुख केन्द्र भए पनि मेरो जन्मभूमि मिथिला आज अव्यवस्थित क्षेत्र र आर्थिक रूपमा निकै पिछडिएको गायक झाले भनेका छन् ।

अटल मिथिला पाउन्डेसनका संस्थापक प्रदीप कुमार झा र उनका साथीहरु (निर्मल प्रकाश र पंकज झाद्वारा अत्यन्तै कुशलतापूर्वक आयोजना गरिएको कार्यक्रमले ‘ग्लोबल मैथिल’ र ‘फ्रेन्ड्स अफ मिथिला’को विशाल उपलब्धि र सम्भावनालाई प्रकाश पारेको पनि गायक झाले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

पूर्वप्रधानमन्त्री बाजपेयीको मिथिला र मैथिली भाषाको लागि अतुलनीय योगदानको लागि उनले कृतज्ञता पनि प्रकट गरेका छन् ।

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ