डा.गोपाल ठाकुरको भोजपुरी गीत संग्रहको लोकार्पण

कला/संस्कृति

काठमाडौं, ११ फागुन । भोजपुरी लेखक डा. गोपाल ठाकुरको भोजपुरी भाषामा लेखिएको ‘जनता के गीत गावत रहेम’ गीत संग्रहको लोकार्पण गरिएको छ ।

काठमाडौंमा एक कार्यक्रबीच नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले उक्त गीति संग्रहको लोकार्पण गरेका हुन् ।

पुस्तकको लोकार्पण गर्दै अध्यक्ष प्रचण्डले गीत संग्रहमा श्रमजीवी वर्ग र उनीहरुको विचारलाई केन्द्रीत गरेर लेखिएका गीतहरु समावेश गरिएको आफूले पाएको बताए ।

पुस्तकमा २०३९ सालदेखि अहिलेसम्म लेखिएका ६१ वटा गीतहरु समावेश गरिएको छ । अधिकांश गीतहरु लोक लयमा आधारित रहेको र केही गीतहरु आफूले संगीत राखेर रेकर्ड गर्ने तयारी भइरहेको ठाकुरले बताए ।

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ