मुस्लिम र हिन्दू समुदायको मानिसहरु सदियौंदेखि आपसी मेलमिलाप गरी बसिरहेका छन् । मधेशका जिल्लाहरुमा संघनरुपमा मुस्लिमहरुको बसोवास छ ।
आफ्नो परम्परा, चाडपर्व बाहेकको अवस्थामा धेरै हदसम्मा हिन्दू–मुसलमान छुट्टयाउन मुस्किल हुन्छ तर राज्यले यस्तो मिलेको समाजलाई बेलाबखतमा चिरा पर्ने खालको सुनियोजित षड्यन्त्र गरिदैछ ।
खासगरि मधेश र मधेशी मुद्दामा एकजुट हुने बेला राज्यले धार्मिक हत्कण्डा अपनाउछ । २०६२÷६३ सालमा होस्, २०७२ मा होस या अहिले मधेश स्वतन्त्रताको आन्दोलन किन नहोस् ।
अहिले पनि घना मुस्लिम आवादी भएका जिल्लाहरु रौतहट, कपिलवस्तु दुबै जिल्लाहरुमा कलशयात्रामा र मुर्ती विसर्जनमा सानातिना दंगा गराई नश्लवादी मिडियाद्वारा खुब प्रचारवाजी गराइयो । आरोप प्रत्यारोप भारतीय हिन्दू संगठनलाई लगायो ।
नेपालीहरु भारतीयहरुको केही गर्न नसकेको अवस्थामा मधेशीहरुलाई भिडाउने षड्यन्त्र शासकहरुले गर्दैछन् । नेपालमा कट्टरपन्थी हिन्दूवादी संगठनहरु छन्, प्रायसबैको प्रमुख नेपाली पहाडीहरु नै छन् ।
यदि भारतीय संगठनहरु मधेशी मुसलमानहरुको सम्पदामा तोडफोड गर्छन् भने, त्यो नेपाली शासन र शासकहरुले गराउने गर्दछन् । किनकि परराष्ट्र नीति तिनै शासकहरुसँग छ । उनीहरुलाई सीमारेखाभित्र आउने इजाजत शासकले नै दिन्छन् होला ।
इतिहास साक्षी छ, यी नेपाली शासकहरुको नाईके पृथ्वीनारायण शाहलाई युद्ध कला र हातहतियार सिकाउने र बनाउने कार्य मुस्लिमहरुले गरेका हुन् । तर जब राष्ट्रियता र पहिचानको सवालमा तिनै मुसलमानहरुलाई भारतीय भनियो, यी शासकहरुले मुसल्टा, पाकिस्तानी नानाथरिका अपमानित शब्दहरु मुसलमानहरुलाई प्रयोग नगरेका होइनन् ।
अहिले बेरोजगारी, भूमिहीनता, अशिक्षा सबैमा मुस्लिम अगाडी छन्, कारण नागरिकता । अहिले पनि हजारौं लाखौं मुसलमानहरु नागरिकताविहीन छन् ।
राज्यले मुसलमानहरुलाई विस्थापन गर्न जातीय नरसंघार गरिने घटना अहिले होइन । ईराकमा १२ नेपाली मारिदा, नेपालगन्ज दंगा र जातीय घटनाक्रम देखिँदा सुनयोजित देखिन्छन् ।
यद्यपि केही मुसलमानहरुका ठेकेदारहरुले खुब ढाका टोपी ओडेर नेपाली बन्ने प्रयत्न गरिनुभयो तर भैंसीलाई धोएर गाई बनाउन सकिँदैन । सम्पूर्ण मधेशवासीहरुले राज्यद्वारा हुने षड्यन्त्रलाई पहिचान गरिनु पर्छ ।
अन्यथा हिन्दू, मुस्लिम कसैको भलो हुँदैन । भलो मात्र नेपाली शासकहरुको हुन्छ, एक एकलाई सखाप पार्छ सबै मुकदर्शक हुन्छन् । त्यसकारण एकताको विकल्प छैन ।
तपाईको प्रतिक्रिया