मुलुकलाई एउटा वैकल्पिक शक्ति चाहिएको छ । नेपालमा नेपाली जनतालाई एउटा विकल्प चाहिएको छ । किनकि पूराना पार्टीहरु कम्युनिष्ट र कांग्रेसले जनताका आकांक्षाअनुसार काम गर्नुपर्ने हो, त्योअनुसार काम गरेन, लोकतान्त्रिक आन्दोलनका कार्यभार पूरा गर्न सकेन । जनताका अधिकार, पहिचान लगायतका जुन सवालहरु थियो, त्यसलाई पूरा गर्न सकेन । नेपाललाई समृद्धितर्फ लैजानुपर्ने थियो, त्यो कार्यभार पूरा गरेन । कुनै पनि कार्य पूरा नगरेपछि जनताले विकल्प खोजेको हो ।
कांग्रेस र कम्युनिष्टले पटक–पटक प्रतिगमन गरे । नश्लवादी शासक जहिले पनि प्रतिगमनबाहेक अरु केही गरेकै छैन । यो देशमा सात वटा संविधान बन्यो, तैपनि नेपाली जनताले अधिकार र पहिचान पाएनन् । समृद्धि, प्रगतिको कुरै छैन । शासन प्रणालीको कुरा गर्ने हो निरंकुश राणा शासन हुँदै अहिले हामी गणतन्त्रमा आइसक्यौं । तर नेपाली जनता अहिले पनि शासन प्रणालीको शासनमा हिमाल, पहाड, तराई–मधेशका जनता आफ्नो अनुभूति गर्न सकेन । त्यसैले विकल्प चाहिएको हो ।
जनता समाजवादी पार्टी यो मुलुकलाई विकल्प दिन निर्माण भएको हो । विकल्प दिने क्रममा यो देशका परिवर्तनकारी पार्टी, संगठन र समूहहरुलाई एकीकृत गर्ने अभियानमा लागेका छौं । त्यसैक्रममा नेकपा एकीकृत माक्र्सवादी पार्टीसँग एकता गरेका छौं । यो क्रम आगामी दिनमा पनि जारी रहनेछ र यो देशलाई चाहिएको वैकल्पिक शक्ति दिन सक्नुपर्छ ।
प्रगतिगमनबाट मुलुकलाई मुक्ति दिलाउनुपर्छ । एउटा प्रतिगमन भए पो भन्ने हो । २०१७ सालमा प्रगतिगमन राजाबाट भयो । त्यसपछि २०५९÷६० तिर राजा ज्ञानेन्द्रबाट प्रतिगमन भयो । त्यसपछि जनता लडे–मरे, हामी सात दल गठबन्धन ग¥यौं, माओवादी समेत आयो । हामी सबै मिलेर देशलाई अब अग्रगमनतर्फ लाने रे, अब नयाँ नेपाल बनाउने रे, अब यो देश सबैको हुने रे ।
यो देश कुनै एउटा नश्लको देश होइन । यो बहुल राष्ट्रिय राज्य हो, यो सबैको देश हो । संविधान र शासनमा सबैको अपनत्व हुनुपर्छ, त्यसका लागि हामी सबै मिलेर आन्दोलन ग¥यौं । सयौं सहादत पनि भए । तर जब जनताका लागि संविधान बनाउने सवाल आयो, त्यतिबेला फेरि प्रतिगमन भइहाल्यो । अग्रगमनका लागि लड्ने सात दलमध्ये माओवादी प्रतिगमनतर्फ गयो ।
कांग्रेस–एमाले यथास्थितिवादी, अनि हामी अग्रगमनवादीहरु एक ठाउँमा थियौं । त्यहाँबाट पनि छोडेर प्रचण्डजी हिंडिहाल्नुभयो र प्रतिगमनकारी संविधान बनाइहाले । कतिपय सवालमा अति प्रतिगमनतर्फ गएको छ । जुन कुरा आन्दोलनमा स्वीकारिएको थियो, सबैलाई रद्दीको टोकडीमा फाले र नश्लवादी संविधान बनाए । पटक–पटक संविधान बनेर असफल हुने कारण के त ? भनेपछि नश्लवादी संविधान बनाउँदो रहेछ ।
एउटा नश्लका लागि २००४ सालमा राणाहरुले संविधान बनाए । राजा महेन्द्रले संविधान बनाए आफ्नो नशलका लागि । त्यसपछि एउटा संविधान बने त्यो पनि एउटा नश्लका लागि । शासन प्रणाली पनि त्यस्तै आउँदै गए । एउटा नश्लको मात्र यो देश होइन । नेपाल भनेको नेपालीको हो । सम्पूर्ण नेपाली बनेपछि एउटा नेपाल बनेको हो ।
त्यसैले सबैको साझा फुलबारी बन्न सकेन नेपाल । जहिले पनि शासन र संविधान एउटा नश्लका लागि बनाइन्छ । नश्लवादीबाट मुक्ति दिलाउन जनता समाजवादी पार्टीको निर्माण भएको हो । बहुल राष्ट्रिय राज्य हो नेपाल, त्यसको स्थापना गराउने हो । नश्लीय राष्ट्रवाद नेपाललाई काम लाग्दैन ।
नश्लीय राष्ट्रवादले नेपालको समृद्धि हुन सक्दैन । त्यसैले नेपालीको राष्ट्रवाद चाहियो । जनता समाजवादी पार्टीको लक्ष्य भनेको नेपाल सबै नेपालीको बनोस् । सबैको अधिकार, पहिचानको सवाल स्थापित हो । शासन प्रणाली र संविधानमा सबैको अपनत्व र प्रभुत्व होस् । त्यसका लागि जनता समाजवादी पार्टीको निर्माण भएको छ । यो अभियानमा हामी अगाडि बढेका छौं ।
आगामी दिनमा अधिकार, पहिचान चाहने जमात, संगठन, समूहसँग हामी एकता गर्दै जान्छौं र यो देशलाई विकल्प दिन्छौं हामी । जनता विकल्पको खोजीमा छन् । त्यो विकल्प जनता समाजवादी पार्टीले दिन सक्नुपर्छ । त्यसका लागि हाम्रो पार्टीको आन्तरिक प्रक्रिया, गतिविधिहरु अझ गतिका साथ अगाडि बढाउनुपर्छ । हाम्रा समायोजनका कार्यक्रमहरु अगाडि बढाउनुपर्छ ।
प्रतिगमनमाथि प्रतिगमन गरिएको केपी ओलीबाट त्यसलाई हटाउनुपर्छ । केपी ओलीले प्रतिगमनमाथि पनि प्रतिगमन गरेका हुन् । एउटा यिनीहरु संविधान बनाउने बेलामा प्रतिगमन गरे । जनताप्रति कांग्रेस, कम्युनिष्ट सबै मिलेर गरेका हुन् । सबैका लागि संविधान बनाइदिएन । आन्दोलनका एजेन्डाअनुसार संविधान बनाइदिएन । यतिबेला पनि प्रतिमन गरियो । त्यो प्रतिगमनले पनि नपुगेर यो देशको प्रधानमन्त्री भनाउँदा केपी ओलीले फेरि प्रतिगमन गरिहाले ।
संविधानमा लेख्दै नलेखेको कुरा, हुँदै नभएको कुरा त्यसको प्रयोग गरिहाले । जनताको निर्वाचित संसदलाई विघटन गरिहाले । प्रतिगमन गर्न केपी ओली महाबहादुर छन् । यो प्रतिगमनका विरुद्धमा पनि हामी लड्नुपर्ने ।
त्यसैले हाम्रो काँधमा दोहोरो जिम्मेवारी आएको छ । एक प्रतिगमनको विरुद्धमा, लोकतन्त्रको रक्षाका लागि हामी संघर्ष गर्नुपर्छ । लोकतान्त्रिक मूल्य र मान्यताको रक्षा हुन सकिएन भने हामी जुन सपना देखेका छौं, त्यो पूरा हुन सक्दैन ।
त्यसैले लोकतान्त्रिक मूल्य र मान्यताका लागि, प्रतिगमनको विरुद्धमा संघर्ष गर्ने, लड्ने जनता समाजवादी पार्टीको कर्तव्य र दायित्व हो । सँगसँगै यो देशलाई नश्लीय राष्ट्रवाद, शासन र संविधानबाट बहुल राष्ट्रिय राज्य निर्माण गर्ने दायित्व पनि हाम्रै हो । त्यो अभियानमा पनि हामी जुट्ने हो । त्यसैले यी सबै कामका लागि हामी एकताबद्ध भएर हिंडौं । हाम्रो लक्ष्य कुनै पनि हालतमा प्राप्त गर्नुपर्छ ।
(जसपा नेपाल र नेकपा एकीकृत मार्क्सवादीबीच एकीकरण घोषणा कार्यक्रममा जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले गरेको सम्बोधनको सम्पादित अंश)
तपाईको प्रतिक्रिया