मधेशमा आतंककारी डाक्टर ? (निजी विचार)

विचार/दृष्टिकोण

ई.कौशल गोपालवंशी

विदेशीको प्रयोगशाला बन्दै छ मधेश । मधेशमा विभिन्न विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरेर रिसर्चको काम गर्दै गरेको देखिन्छ । हुन त मधेशमा रहेको धेरै तथ्य बाहिर नआएकोले यहाँ ग्रामीण स्तरको रिसर्चको एकदम आवश्यकता देखिन्छ ।

यसै सिलसिलामा बाहिरबाट आफूलाई वैज्ञानिकको उपाधी लिएर आएको एक जना व्यक्तिको रिसर्चका कारण कतिपय युवामा मानसिक परिवर्तन भएको देखिएको छ । यी रिसर्चरको रिसर्च क्षेत्र युवा पिढी रहेको देखिन्छ । यसले युवा पिढिलाई भौतिक भन्दा काल्पनिक संसारको सपना देखाएर उनीहरुको मनोविज्ञानसँग खेलवाड गर्दै देखिन्छ ।

शुरुआतमा यी रिसर्चरले सबैलाई काल्पनिक देशको नागरिक बनाइदिने ठूलो सपना देखाउनु भको थियो । यिनले वर्तमान भन्दा छुट्टै नयाँ संसारको सपना देखाउने कार्यको शुरूवात मधेशी युवाहरू जो बाहिर प्राविधिक अध्ययनको सिलसिला गएको विद्यार्थी वर्गलाई निशाना बनायो । हुन त बिद्यार्थी अर्थात किशोर (teenager) लाई वास्तविक भन्दा यस्तै काल्पनिक सपना देखाउने मान्छे मन पर्छ ।

शायद यहि भएर होला यिनको रिसर्चमा तिनै युवा सामिल भए । तर समय बित्दै जाँदा ती युवाहरू काल्पनिकलाई वास्तविकतामा हेर्न खोज्न थाल्यो, तर वास्तविक त काल्पनिकभन्दा धेरै फरक भएकोले ती युवाहरुले साथ छोड्दै गरेको देख्दा यिनले फेरि रिसर्चरको तरिका बदलियो र काल्पनिक संसारलाई छोडेर वास्तविकताको संसार आएको देख्दा झन् सबै सार्थकहरुले हामीलाई भ्रममा राखेको भनेर यिनलाई छोड्न थाल्यो र अन्तमा करिव १०–१५% मात्र पुराना सार्थकहरु बाँकी रहयो । यहाँसम्म रिसर्चरको रिसर्च उनका सार्थक र भर्खरका युवामा मात्र सीमित थियो । 

तर जब यिनले आफ्ना रिसर्च आमजनतातिर बढायो तब यिनको आतंक देखिन थालियो । यिनका अनुयायीले सामाजिक संजालमा प्रयोग गरेको शब्दहरुले नै आतंकको शुरूवात गरेको छ । आफू मात्र जान्ने अनि बाँकीको सबैलाई मुर्ख जसरी गरिएको व्यवहारले नै यिनी र यिनका सार्थकलाई कति चोटि आतंककारीको रुपमा गिरफ्तार गरिएको थियो । 

घट्दै गरेको सार्थक देखेर यिनले जसरी पनि आफूलाई बलियो सावित गर्न हदैसम्मको निच हर्कत गरेको देखिन्छ । यिनले आफ्नो आतंक जसरी पनि फैलाउन खोजेको देखिन्छ । यिनले आतंक फैलाएर नै जनमत बटुल्न खोज्दै गरेको देखिन्छ । कहिले कुनै कमजोर कर्मचारीलाई निशाना बनाउँछ भने कहिले किसानको घरमा भएको भैंसी गोरु बाख्रा खोलेर सडकमा आतंक फैलाएको देखिन्छ । 

यिनले फैलाउने आतंकमा प्राय रोबर्टको प्रयोग गरेको देखिन्छ । यिनका रोबर्ट र अबुझ जनावर बिचको तालमेल पनि मिलेकै देखिन्छ जसले सडक सडकमा जनावर र रोबर्टको आतंकले आमजनता त्रसित छन् ।

यसरी रोबर्टले सधैं जनतालाई त्रसित बनाउने काम गर्दै गरेको देखिन्छ । जसरी युद्ध हुँदा गोली खानलाई रोबर्ट अगाडि राखेर सेनाहरु पछाडि बसेर सुरक्षित हुन्छ त्यसरी नै यी रिसर्चरले ठाउँ–ठाउँमा रोबर्टलाई राखेर आतंक फैलाउँदै छ ताकी कुनै घटना भएपनि क्षति चाहि रोबर्टलाई हुने अनि आफू सुरक्षित हुने व्यवस्था मिलाएको हो । यसरी रिसर्चरको ज्ञान दिनप्रति दिन मधेशीका लागि आशिर्वादभन्दा अभिषाप बन्दै गएको देखिन्छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ