होली अर्थात “प्रेम र सदभाव” को पर्व

विचार/दृष्टिकोण

ललित कुमार यादव

वैदिक सनातन धर्मालम्बी अर्थात हिन्दुहरुका महत्वपूर्ण चाँड पर्वहरु मध्ये होली एक महत्वपूर्ण पर्व हो। खासगरी नेपाल र भारतमा बिशेष महत्वका साथ होली मनाउने चलन रहेको पाइन्छ। होली बसन्तको चाँड , रंङ्खहरुको पर्व , प्रेमको उत्सव आदि नामले परिचित रहेको छ । तराइमा फगुवा वा फागु पनि भन्ने गरिन्छ । तराइमा होली र मिथिला परिक्रमा को सम्बन्ध जोडीएको छ । मिथिला परिक्रमाको समापन जनकपुर अन्तगृह परिक्रमा समापन पश्चात हुन्छ । जनकपुर अन्तरगृह परिक्रमा पुर्णिमाको दिन घुम्ने गरिन्छ । पुर्णिमाको भोली पल्ट मात्र तराईमा होली मनाउने चलन रहेको छ । पहाडी जिल्लाहरुमा फाल्गुण पुर्णिमाकै दिन होली मनाउने चलन रहेको छ ।

हरेक हिन्दु चाँड पर्व कुनै न कुनै पौराणिक कथासँग जोडिएको छ । होली महोत्सव को उत्पत्ति महाभारतमा फेला पार्न सकिन्छ, भारतीय प्रसिद्ध महाकाव्य। पौराणिक कथा अनुसार राजा हिरण्यकाश्यप एकदम अहंकारी व्यक्ति थिए र मानिसहरूलाई भगवान विष्णुको पूजा गर्न दिदैन थिए। यद्यपि राजकुमार प्रहलाद विष्णुको प्रख्यात भक्त थिए र आफ्ना बाबुको खुलमखुल्ला विरोध गरे। यसले अहंकारी हिरण्यकाश्यपलाई रीस उठायो। त्यस बेला राजाले आफ्नी बहिनी होलिकालाई पूर्णिमाको रात राजकुमार जलाउन आदेश दिए।होलिका सँग आगोमा पनि नजल्ने वरदान प्राप्त एउटा वस्त्र थियो । भगवान विष्णुको आशीर्वादमा प्रह्लाद बाच्यो जबकि होलिका जल्यो। जब राजकुमार आगोबाट बाहिर निस्के, मानिसहरूले उनलाई भलाइ र नम्रताको प्रशंसा व्यक्त गर्न रंगीन पानीले छर्किए। दुष्ठमाथि सदाचारको बिजय भएको स्मरण गर्न होली मनाउने चलन रहेको छ । होलीले प्रेम र सदभाव कायम राख्न बिशेष जोड दिने गरेको छ ।

होलीको धेरै महत्वहरु रहेको छ । मूख्यत यो वसन्तको शुरुवातको रुपमा मनाउने गरिन्छ । १७ औं शताब्दीका साहित्यहरुमा होलीलाई कृषी उत्सवको रुपमा पहिचान गरेको पाइन्छ । होलीले जाडोको अन्त्य, वसन्तको आगमन, विच्छेदित सम्बन्धहरुलाई नविकरण गर्ने, द्वन्द्वको अन्त्य गर्ने, आफुलाइ भावनात्मक अशुद्धताबाट छुटाउने र प्रेमपुर्ण सम्बन्धको शुरुवात गर्ने दिनको संकेत गर्दछ । होलीले प्रेम र सदभावको सन्देश प्रबाह गर्ने गर्छ ।

होलीमा परिवार, आफन्त, छिमेकी र इष्ट मित्र हरु भेला हुने , एक अर्काकोमा जाने , खानपिन गर्ने , रंङ्ख अबिर लगाउने र रमाइलो गर्ने चलन छ । ठुलोले सानोलाइ रंङ्ख अबिर लगाएर स्नेह प्रकट गर्दै अशिर्वाद दिने र सानोले ठुलोलाइ रंङ्ख अबिर लगाएर सम्मान प्रकट गर्दै अशिर्वाद लिने गर्छ । होलीमा उच निच , ठुलो सानो , धनी गरिब आदि कुनै किसिमको भेदभाव नराखी सबै जना एकअर्कासँग गला मिल्ने र एकअर्का प्रति सदभाव दर्शाउदै रंङ्ख र अबिर लगाउने गर्छ । यसलाइ सामाजिक सदभाव कायम गर्ने अवसर प्राप्त भएको दिनको रुपमा लिन सक्नु पर्छ ।

तराइमा होलीको बिशेष महत्व रहदै आएको छ । पहिले पहिले तराइमा बिशेष किसिमले होली मनाउने गरिन्थ्यो । समुह बनाएर स्थानिय बाजागाजा सहित होरी गाउदै घर घर मा जाने र होली खेल्ने चलन थियो । होलीमा होरी अर्थात लोकगितको बिशेष महत्व हुन्छ । एक अर्कालाइ ब्यङ्ख गर्ने , जिस्किने, होरी गाउने र राधा कृष्ण को प्रेमको चर्चा गर्दै भजन गाउने आदि होली को मुख्य आकर्षणको रुपमा रहेको थियो र रहनु पनि पर्छ । तर आधुनिकताको विकास संगै बढदो शहरीकरण र घटदो युवा आकर्षण को कारण होरी मनाउने मौलिक चलन लोप हुने खतरामा रहेको छ । अहिले सम्म यो चलन ग्रामिण भेगमा कही कही कायमै रहेको छ । होली मनाउने नया नया विकृत शैली भित्रिने क्रम जारी रहेको छ

होली खानपिन सँग पनि जोडिएको पर्व हो । होलिमा नसालु पदार्थ सेवन गर्ने चलन बढ्दो क्रममा रहेको छ ।यसले होलीलाई विकृत बनाउदै लगेको छ।पछिल्लो समयमा यही चलनको नाममा होलीमा अत्याधिक रक्सी  , भाङ्ख र गाँजा जस्ता नसालु पदार्थ सेवन गरेर झैझगडा गर्ने, पूरानो रिसवी साधने जस्ता कारणले होलीको मौलिकता नै हराउने खतरा  बढदो छ । यसले होलीको परिचय नै फेरिएको छ। कुनै पनि चाँडपर्वको मौलिकता कायम रहन नसकेमा , त्यो पर्वको महत्व नै लोप हुन सक्ने खतरा रहन्‍छ। होलिमा खानपिन गर्ने हाम्रो परम्परा हो । तर आफु होसमै रहन नसक्ने गरि नशालु पदार्थको सेवन गर्नु हाम्रा कुनै चाँडपर्वले सिकाउदैन । होली मनाउन नशालु पदार्थ सेवन गर्नै पर्दैन । सेवन गर्नै परेमा सरकारले सेवन गर्न छुट दिएको नशालु पदार्थ सिमित मात्रामा सेवन गरेर होली मनाउन उपयूक्त हुन्छ । यसले होलीको आकर्षण र महत्व समेत जोगाइ राख्‍न र होलीलाइ विकृतीको पर्व बन्न बाट जोगाउन मद्दत पुग्नेछ ।अहिले होलीले दिने सन्देश ग्रहण गर्नु र होलीको महत्व बुझ्नु भन्दा होलीलाइ मादक पदार्थ सेवन गर्न छुट पाएको दिन जास्तो लिने गरेको पाइन्छ । जुन कार्य होलीले दिने सन्देश विपरित रहेको छ र बढदो क्रममा रहेको छ । यस्ता क्रियाकलाप हाम्रो धर्म र सँस्कृती विपरित मात्र होइन हाम्रो संस्कारको बरखिलापमा समेत रहेको छ ।

होलीमा रंङ्ख र अबिरको बिशेष प्रयोग हुने गर्छ । होलीलाइ रंङ्ख र अबिरको पर्व समेत भन्ने गरिन्छ । अहिले होलीको रङ्ख र अबिरमा बिभिन्न किसिमको रसायन मिसाउने गरिन्छ । यस्ता रसायनले मानव स्वास्थमा प्रतिकुल असर पार्न सक्छ । तसर्थ होली मनाउदा रङ्ख र अबिरको प्रयोगमा बिशेष ध्थान दिन जरुरी छ । साथै जबरजस्ती होइन की सहज र सौहार्दपुर्ण रुपमा मात्र रङ्ख र अबिर लगाउनु उचित हुन्छ । हामी साना साना केटा केटी हँदा पिचकारीमा रङ्ख भरेर होली खेलेको अझै सम्झिन्छु । त्यती बेलाको होलीको कुरै बेग्लै थियो ।अहिले होलीमा पिचकारी भन्दा लोला, रङ्ख र अबिर भन्दा पेन्ट र लुब्रीकेन्टस को प्रयोग बढनुको साथै गाला मिल्ने नाममा लुगाा च्यातने , टुटेको सम्बन्ध जोडनुको सट्टा प्रतिशोध साध्ने प्रबृती बढेको छ ।

हाम्रो हरेक परम्परा , सँस्कृती र चाँडपर्व मा विकृती र अश्लिलता हाबि हुन थालेको छ । होली पनि विकृत र अश्लिल बन्दै गएको छ । होली उदार हृदयका साथ मनाउने गरिन्छ । यसमा प्रेम, सदभाव, आदर्श, आदर र संस्कार का कुराहरु रहेको छ । अहिले होली मनाउने क्रममा विभिन्न अप्रिय घटनाहरु घटने गरेको पनि सामाचार आउँछ । होलीमा रङ्ख लगाउने र खानपिन लगायतको कार्यमा भए गरेको जबरजस्ती लगायतका विभिन्न विकृती र अश्लिलताले होलीको महत्वमा कमि ल्याउने काम गरेको छ । यसले होलीको उदेश्य र सन्देश लाइ समेत ओझेलमा पार्न खोज्दै छ ।

होली प्रेम र सदभाव को पर्व रहेको र यसलाइ प्रेम र सदभाव कै  पर्वको रुपमा कायम राख्नु पर्छ । यसको लागि होली मनाउने नाममा बढदै गएको विकृती र अश्लिलतामा रोक लगाउन सक्नु पर्छ । साथै होली मनाउने हाम्रो बाउ बाजेको विकृती र अश्लिलता रहित संस्कारको विकास गर्न जरुरी छ ।

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ