यसकारण आगामी चुनावमा स्वतन्त्र नै जित्नुपर्छ

विचार/दृष्टिकोण

गणेश कुमार मण्डल, संयोजक, मधेशी नागरिक समाज

हाम्रा अग्रजदेखि हाम्रो पुस्तासम्ममा जति नै प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रका लागि लडाइ लडे पनि ती सबै लडाइको एउटै उद्देश्य थियो नागरिक स्वतन्त्रता । जुन अहिलेसम्म आउँदाखेरी सिर्फ दलीय स्वतन्त्रतामा आएर अडकेको छ । नागरिक स्वतन्त्रता या ब्यक्तिगत स्वतन्त्रता अहिले नेपालमा छैन ।

राजनीतिक दलहरू र त्यसका मुठीभरका केही नेताहरूको कब्जामा मुलुक गुलाम विगत ३० वर्षदेखि छन् । संबैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रमा पनि त्यहीं नेता, लोकतन्त्र मा पनि त्यही नेता अहिले संघीय लोकतान्त्रिक गणतन्त्रमा पनि त्यही नेता संसारमा यस्तो केहि कतै छैन । व्यवस्था परिवर्तन हुने तर नेता परिवर्तन नहुने एउटै ब्यक्ति प्रजातन्त्रदेखि गणतान्त्रिक व्यवस्थासम्म पार्टी र देशको नेता रहिरहने जसले गर्दा देशमा व्यवस्था परिवर्तन भयो तर अवस्था परिवर्तन भएन ।

राजनीतिक दलहरुमा ती नेताहरूलाई पार्टीको नेतृत्व पङ्ग्तीबाट हटाउने तागत पार्टी भित्र भएका यूवाहरुमा भएन या सकिएन पार्टी भित्र भएका यूवाहरु पनि त्यही नेताको दास भएर बस्न बाध्य छन् । जसले गर्दा देशमा ती नेताहरूको शासन साता ३० वर्षसम्म निरन्तर चलिरहेको छ । पार्टीका यूवाहरुले आफ्नो पार्टीमा पुराना नेताहरूलाई परिवर्तन गर्न नसकिँदा ती नेताहरू आफ्नो पार्टीमा लागेका यूवाहरुलाई गुलाम बनाए – बनाए देशलाई नै गुलाम बनाएर आफ्नो अखण्ड साम्राज्य कायम गरे ।

यहि कारणले गर्दा देश लोकतान्त्रीकरण हुन सकेन देशमा दल र तिनका दुई चार जना नेता हाबी भयो । यिनिहरु चार पाँच जना नेता मिलियो भने देशका कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका सबै निकाय रातारात कब्जामा लिएर जस्तोसुकै निर्णय गर्न र गराउन लगाउँदा पनि कसैले चुइँसम्म बोल्न नसकिने अबस्था रहेकोछ ।

अब भन्नुस्, दुई चारजना नेताहरू मिलेर देशको सम्पूर्ण निकायहरू कब्जा गर्छ भने त्यो देशमा लोकतन्त्र छ ? नागरिक स्वतन्त्रता छ ? स्वतन्त्रताको कल्पनासम्म गर्न सकिन्छ ?? यसैले गर्दा अहिले राजनीतिक दलभन्दा बाहिर रहेका यूवाहरुले देश र पार्टी दुबैलाई कब्जा गरेर बसेका केहि मुट्ठीभरका मानिसबाट देश र पार्टी स्वतन्त्र गराउने उद्देश्यले देशैभरि विद्रोहको आवाज उठाइरहेका छन् ।

अहिले देशैभरि राजनीतिक दलभन्दा बाहिरका यूवाहरुले गरेको विद्रोह राजनीतिक दलमा लागेका यूवाहरुको स्वतन्त्रताका लागि हो त्यसपछि आम नागरिकको व्यक्तिगत स्वतन्त्रताका लागि हो । ब्यक्तिगत नागरिक स्वतन्त्रता बिना लोकतान्त्रिक ब्यबस्थाको कल्पनासम्म गर्न सकिदैन ।

त्यसैले अहिले देशमा चलिरहेको स्वतन्त्र उम्मेद्बारी अभियान जुन छ यसको मुख्य उदेश्य अहिले देशमा दल र तिनका केहि नेतामा अडकेको स्वतन्त्रतालाई विस्तार गरि हरेक नागरिक– नागरिकसम्म पुर्याउने हो जसले गर्दा लोकतन्त्र हरेक ब्यक्ति ब्यक्तिमा पुग्नेछ ।

त्यसैले स्वतन्त्र उम्मेद्बारी अभियान लोकतन्त्रलाई हरेक ब्यक्ति ब्यक्तिसम्म पुर्याउने अभियान हो । हरेक ब्यक्तिको स्वतन्त्रता नै लोकतान्त्रिक ब्यबस्थाको अधार भनेर हामी अगाडि बढिरहेका छौ र यहि लक्ष्यलाई प्राप्त गर्न देशैभरी स्वतन्त्र उमेदवार उठाउन लागेको सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई अबजत गराउन चाहन्छु ।

स्वतन्त्र उमेदवारलाई नै जिताउने किन ?

१) राजनीतिक दलमा लागेर गुलाम भएका यूवाहरुलाई स्वतन्त्रता दिलाउनका लागि ।

२) मुट्ठीभर केहि नेताबाट देश नै गुलाम भएको छ, यिनीहरूबाट देशलाई स्वतन्त्र गराउनका लागि ।

३) ६०–७० लाख यूवा बेरोजगार भएर बिदेशी भूमिमा बिदेशीको गुल्मी गरिरहेका छन् ४०–४५ डिग्रीको तापक्रममा त्यसबाट स्वतन्त्रताका लागि ।

४) भ्रष्टाचारको जरजरमा फसेको हाम्रो देश त्यसको प्रत्यक्ष मारमा परेका आम नागरिकलाई भ्रष्टाचारबाट स्वतन्त्रता दिलाउनका लागि ।

५) देश दलाल, बिचौलिया, एजेन्ट, ठेकेदार, माफिया, तस्कर र लुटेहराको कब्जा रहेको छ यिनीहरूबाट स्वतन्त्रता दिलाउनका लागि ।

६) बिदेशीहरुको नाङ्गो हस्तक्षेपबाट जोगाउनका लागि ।

७) जनताले निर्वाचित गरेर सदनमा पठाएको सांसद माथि दलीय हुवीप लगाएर सांसदको स्वतन्त्रता हरण गर्छ । सदनमा सांसदको स्वतन्त्रता दिलाउनका लागि । र

८) देशमा समानता, समाबेशीता, समाजिक न्याय, सुशासन र समृद्धि बिकासका लागि स्वतन्त्र उमेदवारलाई नै भोट दिनुपर्छ ।

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ