सनातन धर्म समाप्त पार्ने चक्रव्यू !

विचार/दृष्टिकोण

सुनिता साह क्रान्ति

विश्वकै पुरानो धर्म सनातन धर्म हो । यस धर्मका संस्थापक आदि शकंराचार्य र तपस्वी ऋषिमुनिहरु हुन् । मानव उत्पतिको आदि अनादिकालदेखि नै सम्पूर्ण धर्तीवासी मानवहरुले मान्ने गरेको मुल एउटै धर्म हिन्दु सनातन धर्म हो । यसलाई धर्मको पनि धर्म भन्न सकिन्छ । यस धर्मले सिकाएका मुख्य कुराहरु सत्यता, मानवता, सुन्दरता, सदाचार, भाइचारा, अहिंसा, परोपकार, सम्मान, मर्यादा, सुशासन, सभ्यता, आतिथ्य, देवत्व, नारी शक्तिको महत्त्व आदि कुराहरूको बारे ज्ञान गराएका छन् ।

यस धर्मप्रति आस्था राख्नेले पशुको निर्मम हत्या गर्दैनन् र देवीदेवता, गुरु, मातापिता र अन्य मानवजातिको अपमान गर्दैनन् । यदि कसैले राक्षसी प्रवृत्ति देखाएर हिन्दू सनातन धर्म गुरु, मठमन्दिर सनातन धर्मसँग जोडिएका विषयवस्तु माथि प्रहार गर्न खोज्छ भने उसको संहार गर्न पनि पछि पर्दैनन् । उदाहरण स्वरुप सृष्टिकर्ता ब्रम्हा, पालनकर्ता विष्णु, संहारकर्ता महादेव स्वंयमले वा विभिन्न रुप धारण गरेर अत्याचारीको संहार गरेर सनातनी देवीदेवता तथा मानव समुदायको रक्षा गरेको तथ्य आदि सनातन धर्म ग्रन्थमा उल्लेख छ।

विश्वको इतिहासले हजारौं वर्ष पहिले गरेको अनुसन्धानबाट सनातन धर्म नै सर्वप्रथम र सर्वश्रेष्ठ हो भन्ने ठहर गरेको छ । वैज्ञानिक अनुसन्धान र विश्व पुरातत्व विभागले अत्याधुनिक वैज्ञानिक उपकरण प्रयोग गरेर उत्खनन् गरेर तथा अनुसन्धान गरेर पत्ता लगाएका तथ्यलाई हेर्दा पनि सनातन हिन्दू धर्मकै अवशेष भगनावशेष र अस्तित्व सबैभन्दा प्राचीन रहेको तथ्यगत प्रमाण छ ।

सनातन धर्मको मूल्यमान्यता रहेको हजारौं वर्षपछि मात्र मोहमद पैगम्बरले एउटा छुट्टै जमात बनाएर सनातन धर्मको विपरीत क्रियाकलाप गर्ने किसिमको इस्लाम धर्म संस्थापना गरेका हुन् । जसले सनातन देवीदेवता नमानिकन एउटै अल्लाहलाई मान्नुपर्छ भन्ने विचार सहितको कुरान ग्रन्थको प्रचार प्रसार गरे । जसमा निर्ममतापूर्वक पशु हत्यालाई हलाल तथा कुरबानीको संज्ञा दिए ।

विवाह तथा सन्तान उत्पादनको सीमालाई स्वतन्त्र र फराकिलो बनाए । विश्वभरका देशहरूमा रहेका प्राचीन मठ, मन्दिर, देवल, देवी स्थान, शिलालेख, धार्मिक तिर्थस्थलहरु मुस्लिमहरुले नस्ट गरे साउदी अरबको शिवालयलाई लुकाएर मक्कामदिना बनाए ।

अफगानिस्तानको विश्वकै सबैभन्दा ठूलो बुद्ध मुर्ति भत्काए । पाकिस्तानका हिन्दू धर्मका देवीदेवताका मन्दिर नष्ट गरे । इजरायलमा रहेको देवस्थल नामनिशान मेटाई दिए । भारतको अयोध्ययामा रहेको राम मन्दिरको अस्तित्व मेटाउन मुस्लिमहरुले सयौंं वर्षसम्म झुठा मुद्दा लगाएर विवाद गरे ।

आफ्ना पुर्खाहरु सनातन धर्मका थिए भन्ने कुरा मुस्लिमहरुले बिर्सिए । इस्लाम धर्मका पछिल्ला पुस्ताहरुलाई हिन्दु धर्मप्रति आक्रमक बन्नुपर्छ भन्ने पाठ पढाइयो । केही मुस्लिमहरु सनातन धर्मप्रति लचिलो र भाइचाराको भावनामा यथावत् रहे । विश्वमा इस्लाम धर्मको उद्गम मानिने देश साउदी अरबमा मुस्लिम केन्द्र स्थापना गरियो । त्यसपछि कतार, बहराइन, इजरायल, कुवेत, अफगानिस्तान, पाकिस्तान लगायत धेरै मुलुकहरुलाई इस्लामिक देश घोषणा गरियो ।

यसरी विश्वका हिन्दू सनातन धर्मावलम्बीलाई मुस्लिम बनाउने कार्य भई रह्यो । हालसम्म इस्लाम धर्मको गणतव्य भनेको नै मुस्लिमहरुको जनसंख्या बढाउनु हो र हिन्दु माथि आक्रमण गर्नु हो । त्यसैगरी, जेससक्राइष्टले संस्थापना गरेका क्रिष्चियन धर्म, सनातन धर्म संस्थापना भएको हजारौं वर्ष पछि देखापरेको हो ।

युरोपेली रास्ट्रमा तीव्र गतिमा फैलिएर विश्वमा आफूलाई जनसंख्याको आधारमा प्रथम घोषणा गर्न पुग्यो । हिन्दू, बौद्ध तथा अन्य धर्मका मानिसहरुलाई विभिन्न प्रलोभन देखाएर तथा हिन्दु धर्मप्रति घृणा जगाएर आफ्नो धर्मको छाडापन र सजिलो अभ्यास गर्ने बदनियतपूर्वक कुराहरुको प्रचार प्रसार गरेर तीव्र गतिमा धर्म परिवर्तन गर्ने गराउने कार्य भइरहेको छ ।

हाल कुनै महामारी जस्तै तीव्र गतिमा क्रिश्चियन धर्ममा प्रवेश गराइरहेका छन् । यसका लागि नेपालको संसद भित्र नै क्रिश्चियनीहरुले डलरका खोला बगाइसकेका छन् । जसका कारण हिन्दु धर्मको पूर्ण बहुमत भएको संसदबाट पनि “बाइबल” को प्रचार प्रसार गर्न र बिजुलीको गतिभन्दा तेजले धर्म परिवर्तन गर्न हिन्दु राष्ट्र नेपाललाई धर्म निरपेक्षता मुलुक घोषणा गरिएको छ ।

परिणामस्वरूप किराँतीहरुले संवैधानिक राष्ट्रिय जनावर गाई काटेर सार्वजनिक स्थलमा महोत्सव गरी खान थाले । मुस्लिमहरुले पनि खुल्लेआम गाई काटेर खाने योजना बनाइसके । क्रिश्चियनहरुले हिन्दू धर्मका कुल देवीदेवता मान्नु हुँदैन भन्ने पथभ्रष्ट गराइसके । मठमन्दिरमा पुजाआजा गर्नु हुँदैन भन्ने भ्रम फैलाइसके ।

प्रहरी प्रशासन हिन्दु सनातनी अभियन्तालाई बिना कसुर अनैतिक रुपले दिनदहाडै पकडधकड गर्न थालिसके । डलरको खेति गर्ने नेताहरू क्रिश्चियनको इशारामा नाच्न, गाउन र बोल्न थालिसके । हिन्दू सनातन धर्ममाथि चौतर्फी हमला भइसकेको छ । ईद र मोहर्रममा कानूनले निषेध गरेका तलवार, भाला, बर्सी र अन्य धारिला हातहतियार प्रर्दशनमा मुस्लिमहरुलाई रोक्न लगाई हिन्दु सनातन धर्मको रक्षार्थ नेपालको राष्ट्रिय हतियार खुकुरी देखाउदा धर्म गुरुलाई पक्राउ गर्नु घोर निन्दनीय छ । राष्ट्रका लागि लज्जास्पद छ ।

यसरी सरकारबाट नै धर्म युद्धको बिजारोपण गरेको तथ्य स्पष्ट हुन्छ । यसरी धार्मिक द्वन्द्व फैलाउँदा नेपालको सनातनी अस्तित्व नै धर्म संकटमा पर्ने भएकोले समयमै सनातन धर्मका रक्षक जागरुक भएर एकजुट भई लड्नुपर्छ नेपाललाई विश्वकै एकमात्र हिन्दु राष्ट्र कायम गर्न र धर्म निरपेक्षतालाई हटाउन चारैतिरबाट जोडदारका साथ पहल गर्नुपर्छ ।

(सुनिता साह (क्रान्ति) तराई–मधेश महिला फाउन्डेशन नेपालका अध्यक्ष हुन् ।)

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ