काठमाडौं, १५ असोज । मनकामना केबुलकार र डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी ई–सेवाबीच टिकट खरिद बिक्री सम्बन्धी सम्झौता भएको छ ।
सम्झौतासँगै मनकामना दर्शन गर्न जाने भक्तजनले टिकट किन्न पहिला जस्तो लामो लाइनमा बस्नु नपर्ने र नगदरहित कारोबारमार्फत सेवा लिन सकिने कम्पनीले जनाएको छ ।
मनकामना केबुलकार हाल कोरोनाभाइरसका कारण सञ्चालन बन्द रहेको छ । केबुलकार सञ्चालन भएपछि भक्तजनहरुले यो सेवा प्रयोग गर्न सक्नेछन् । सरकारले धार्मिक मठमन्दिर खुल्ला गर्ने निर्णय गर्न साथ उच्च स्वास्थ्य सुरक्षाका साथ केबुलकार सेवा सञ्चालन गर्ने तयारी अवस्थामा रहेको छ ।
तपाईको प्रतिक्रिया