काठमाडौं, ७ पुस । कुनै पनि व्यक्ति तथा संस्थाको स्थानीय टेलिफोन नम्बर थाहा पाउन सकिने भएको छ ।
नेपाल टेलिकमको वेबसाइटबाट थाहा नभएका तर सम्पर्क गर्नुपर्ने टेलिफोन नम्बरहरु पत्ता लगाउन हालसम्म १९७ मा फोन गरेर सोध्नुपर्ने व्यवस्था रहेकोमा अब कम्पनीको वेबसाइटबाट पनि हेर्न मिल्ने गरी सुविधा उपलब्ध गराइएको छ ।
नेपाल टेलिकमको वेब पेजमार्फत यस प्रकारको पीएसटीएन टेलिफोन सोधपुछ प्रणाली सञ्चालनमा ल्याइएको हो ।
यसका लागि कम्पनीको वेबसाइट एनटिसी डट एनईटि डट एनपी स्लयास पीएसटिएनमा लगअन गर्नुपर्छ । त्यसपछि त्यँहा दिइएको टेलिफोन ईन्क्वायरीमा आफुलाई चाहिएको व्यक्ति वा संस्थाको नम्बर खोज्न सकिन्छ । व्यक्तिगत ग्राहकको हकमा व्यक्तिको नामको साथै ठेगाना र जिल्ला लेखेर नम्बर पत्ता लगाउन सकिन्छ ।
त्यसैगरी संस्थागत ग्राहकको हकमा कम्पनीको नाम, ठेगाना र जिल्ला अनुसार टेलिफोन नम्बर प्राप्त गर्न सकिन्छ । ग्राहकहरुलाई वैकल्पिक माध्यमबाट बिना झञ्झट जुनसुकै बेला सेवा उपलब्ध गराउन कम्पनीले यो सुविधा सुचारु गरेको हो ।
तपाईको प्रतिक्रिया