आइएमई जनरल इन्स्योरेन्सको घुम्ती सेवा

अर्थ/वाणिज्य

12/30/2019


काठमाडौं, १४ पुस । ग्राहकहरुलाई आवश्यकताअनुसार घरदैलोमा नै सेवा प्रदान गर्ने उद्देश्यले आइएमई जनरल इन्स्योरेन्स कम्पनीले घुम्ती सेवा सुरु गरेकोे छ ।

कम्पनीले आवश्यक सम्पुर्ण सामग्रीसहित मोबाइल भ्यानमार्फत घुम्ती बीमा सेवा सञ्चालनमा ल्याएको हो । कम्पनीका अनुसार बीमा समितिबाट मंसिर २४ गते जारी शाखारहित घुम्ती बिमा सेवासम्बन्धी मार्गदर्शन २०७६ जारी गरेपश्चात् घुम्ती सेवा सञ्चालनमा ल्याइएको हो ।

कम्पनीको प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले सोवाको समुद्धघाटन गर्दै काठमाडौं उपत्यकाभित्र कम्पनीको शाखा नरहेका विभिन्न स्थानहरुमा घरदैलोमा नै गएर यो सेवा प्रदान गरिने बताए ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ