आइएमई ‘भरोसा कोश’, आवेदकहरूलाई जनही ५० हजार

अर्थ/वाणिज्य

12/18/2020

काठमाडौं, ३ पुस । कोरोना भाइरस (कोभिड–१९) महामारीबाट विदेशमा मृत्यु भएका श्रमिकका आफन्तलाई सहयोग गर्ने उद्देश्यका साथ स्थापित आइएमई ‘भरोसा कोश’ को रकम वितरण शुरू भएको छ । कोशबाट आवेदकहरूलाई जनही ५० हजारका दरले सहयोग रकम प्रदान गरिएको हो ।

शुक्रबार राजधानी काठमाडौंमा आयोजित एक विशेष कार्यकमकावीच आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले संयूक्त रूपमा काठमाडौंमा उपलब्ध आवेदकहरूलाई चेक हस्तान्तरण गरि वितरण प्रारम्भ गरेका छन् ।

आइएमई पे वालेट मार्फत रकम भुक्तान लिन सक्ने व्यवस्था मिलाइएको कोशको सहयोग राशि पुस मसान्तसम्म हस्तान्तरण गरिसक्ने लक्ष्य लिइएको छ ।

चेक हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले कोभिड–१९ का कारण श्रमका लागि विदेश गएका धेरै नेपालीको मृत्यु भएको र आश्रित परिवारमा ठुलो पीडा थपिएको महसुस गरि त्यो पीडामा केहि सहयोग गर्न सकिन्छ कि भन्ने सोचका साथ भरोसा कोशको स्थापना गरिएको बताए ।

प्रबन्ध निर्देशक हेमराज ढकालले निजी क्षेत्रबाट स्थापित यस कोशले प्रभावित परिवारलाई केहि न केहि सहयोग पुग्ने उल्लेख गर्दै देश र आफ्नो समाज छाडेर परिवारको लालनपालनका लागि विदेशमा गएका श्रमिकको दुखद् निधन सम्बन्धित परिवारका लागि मात्र नभई राष्ट्र कै लागि अपुरणीय क्षति भएको बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ