आइएमई मोटर्सको नयाँ शाखा अब पोखरामा

अर्थ/वाणिज्य

12/7/2018

पोखरा, २१ मंसिर । आइएमई ग्रुपअन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि.द्वारा प्रवद्र्धित अशोक लेलैण्ड गाडीको नयाँ शाखा स्वागतनगर चाउथे,१४–पोखरामा स्थापना गरिएको छ ।

यो सुविधा सम्पन्न सेटअप भएको र यहाँबाट अशोक लेलैण्ड गाडीहरुका लागि सेल्स, सर्भिस र स्पेयर्स पार्टसहरु उपलब्ध हुने जानकारी गराइएको छ ।

उक्त थ्रि—एस (सेल्स, सर्भिस र स्पेयर्स) सेटअपको समुद्घाटन आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले संयुक्त रुपमा गरेका छन् ।

उद्घाटन काक्रममा प्रबन्ध निर्देशक ढकालले भने– “अशोक लेलैण्डमा गरेको लगानीले भविष्यमा राम्रो प्रतिफल दिने र एउटा भरपर्दो ब्राण्ड भएकोले यसमा लगानी गरेको जानकारी दिए ।

उनले अब पश्चिम क्षेत्रका ग्राहकहरुले ढुक्क भएर अशोक लेलैण्ड गाडीहरुमा लगानी गर्न अनुरोध गर्दै बिक्री पछिको सेवाका लागि जस्तोसुकै परिस्थितिमा पनि ग्राहकको साथमा रहने प्रतिबद्घता व्यक्त गरे ।

नेपालका लागि अशोक लेलैण्ड गाडीको एकमात्र अधिकृत बिक्रेता आइएमई मोटर्सले गण्डकी प्रदेशको केन्द्रमा अवस्थित शाखाको विस्तारले ग्राहकहरुलाई थ्रि—एस(सेल्स, सर्भिस र स्पेयर्स) साथ सम्पूर्ण सेवाहरुको पूर्ण सुविधा प्रदान गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

सोही समारोहका बीच आइएमई मोटर्सका निर्देशक सन्दिप अग्रवालले आफ्नो स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

उक्त कार्यक्रममा आइएमई मोटर्सका का.मु. प्रमुख कार्यकारी अधिकृत सुरज भट्टराई, पोखरा शाखा प्रबन्धक, खेमबहादुर क्षेत्री लगायत अशोक लेलैण्ड– भारतका भाइस प्रेसिडेन्ट इन्टरनेशनल ओपरेशन आइएमई ग्रुपका तर्फबाट उच्च पदस्थ अधिकारीहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ