आप्पोको नयाँ ‘कलर ओएस ११’ सार्वजनिक

अर्थ/वाणिज्य

9/16/2020

काठमाडौं, ३१ भाद्र । ओप्पोले नयाँ ‘कलर ओएस ११’ सार्वजनिक गरेको छ । यस स्मार्टफोनले यूआई कस्टमाइजेसनको सुविधा उपलब्ध गराउँछ ।

यो फोनमा ब्याट्रीलाई लामो समयसम्म टिकाउन सुपर पावर सेभिङ मोड छ । यसको प्रयोगबाट कम ब्याट्री भएको समयमा पनि छ वटा एप्लिकेसन चयन गरेर चलाउन सकिन्छ । ओप्पोको अनुसार यसमा प्रयोग कर्ताको गोपनीयतालाई सुरक्षित राख्न सुरक्षा फिचर्ससमेत छ । कलरओएस ११ ब्याट्च बाई ब्याट्च एप्रोथबाट सार्वजनिक गरिन्छ ।

यसको सुरुवात फाइन्ड एक्सटू सिरिज र रेनोथ्री सिरिजमार्फत हुने कम्पनीले जानकारी दिएको छ । पूर्णतः रोलआउट हुँदा यसले फाइन्ड, रेनो, एफ, के र ए सिरिजअन्तर्गतका २८ भन्दा बढी फोन मोडल समेट्ने कम्पनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ